भेजेजुएलाद्धारा ६ जना अमेरिकी बन्दीहरु मुक्त गर्ने घोषणा



प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार

भेजेजुएलाले ६ जना अमेरिकी बन्दीहरुलाई मुक्त गरेको छ । क्याराकसमा राष्ट्रपति निकोलस मादुरो र ट्रम्प प्रशासनका अधिकारीबीच भएको वार्तापछि ६ जना अमेरिकी बन्दीहरुलाई भेनेजुएलाले मुक्त गरेको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका विशेष दूत रिचार्ड ग्रेनेलले सामाजिक सञ्जाल मार्फत मुक्त हुनेको नाम घोषणा गरेका थिए ।

अमेरिकी बन्धक लाई मुक्त नगरे र अमेरिकाले निर्वासित गरेका भेनेजुएलाली अपराधीलाई स्वीकृति नदिए गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी भेनेजुएलालाई दिएको थियो ।

ट्रम्पले छुट्टै पोस्टमा यो कदमको सराहना गर्दै ग्रेनेलले भेनेजुएलाबाट ६ जना बन्धकलाई घर ल्याउँदै गरेको लेखेका छन ।

भेनेजुएलाको सरकारी मिडियाले ट्रम्पका दूतसँगको वार्ता सम्मानजनक रहेको उल्लेख गरेको छ । जनवरी महिनामा क्याराकसले भाडाका सैनिक समात्ने क्रममा ति ६ जना अमेरिकी नागरिकहरू पनि समातिएका थिए ।

मादुरोले गत महिना आफ्नो तेस्रो कार्यकालको लागि शपथ लिएका थिए । जुलाई २०२४ को चुनावको आधिकारिक नतिजालाई अन्तर्राष्ट्रिय समुदाय, विशेष गरी अमेरिकाले मान्यता दिएका छैनन ।

ग्रेनेलको भ्रमणले भेनेजुएलाको वैध नेता को हो भन्ने बारेमा अमेरिकी मान्यता नजनाएको ह्वाइट हाउसले बताएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School