भुटान भारत र चीनबीच रहेको ३८ हजार तीन सय ९४ वर्ग किलोमिटर क्षेत्रफल भएको सानो भूपरिवेष्टित देश हो। भुटानको स्थानीय नाम ड्र्युक युल (अर्थात् ल्यान्ड अफ थन्डर ड्रागन) हो। यो देशमा २० जिल्ला र दुई सय पाँच वटा गेवज (स्थानीय निकाय) रहेका छन्। ओल्डोमिटरको ४ जुनको तथ्यांकअनुसार कुल जनसंख्या सात लाख ९२ हजार १४ रहेको भुटानको साक्षरता ७२.१० प्रतिशत छ।
सन् २०२३ को तथ्यांकअनुसार भुटानको प्रतिव्यक्ति आय तीन हजार पाँच सय ४५ डलर रहेको छ भने यो देशले अहिले विश्वमा आफूलाई कार्बन उत्सर्जन नकारात्मक र कुल गार्हस्थ्य सुखीपन (ग्रस नेसनल ह्याप्पिनेस) भएको देशका रूपमा चिनाएको छ। कुल भूभागको ६० प्रतिशत जंगल हुनुपर्ने प्रावधान संविधानमै राखेको भुटानको वन क्षेत्र अहिले ७४ प्रतिशतभन्दा बढी छ।
विभिन्न सन्दर्भ सामग्री समीक्षा, नीति निर्मातासँगको छलफल र स्थलगत भ्रमणबाट यो देशले छोटो समयमा ऐतिहासिक प्रगति गरेको पायौं। यसका मूल कारण र नेपालले सिक्न सक्ने क्षेत्रहरूबारे तल प्रस्तुत गरिएको छ।
आफ्नो कुल गाहस्थ्र्य खुसीपन (जिडिएच) र वातावरणीय नीतिमार्फत संसारबाट प्रशंसा पाउन सफल यो देशको नीति निर्माण प्रक्रिया कस्तो रहेछ र कुन खास क्षमताका कारण यति विधि चर्चित भएको रहेछ भनेर जान्ने इच्छाले हामीले भर्खरै भुटानको भ्रमण गरी त्यहाँका प्रधानमन्त्री, मन्त्री र पूर्व मन्त्रीहरू, विपक्षी दलका नेता, अन्तर्राष्ट्रिय संस्थाका प्रमुख, भुटान सरकारको विभिन्न मन्त्रालयका नीति तथा योजना शाखाका प्रमुख र पूर्वप्रमुखहरू, स्थानीय जनता, जिल्लास्तरका सरकारी कार्यालयका कर्मचारी र आम समुदायसँग छलफल र भुटानका विभिन्न स्थानको स्थलगत भ्रमण गरेको आधारमा यो छोटो लेख तयार पारेका छौं।
विभिन्न सन्दर्भ सामग्री समीक्षा, नीति निर्मातासँगको छलफल र स्थलगत भ्रमणबाट यो देशले छोटो समयमा ऐतिहासिक प्रगति गरेको पायौं। यसका मूल कारण र नेपालले सिक्न सक्ने क्षेत्रहरूबारे तल प्रस्तुत गरिएको छ।
दृढ र दूरदर्शी नेतृत्व
आधुनिक भुटानको नेतृत्व वाङचुक परिवारका (ड्र्युक ग्याल्पो) ड्र्युक राजाहरूले गरेको देखिन्छ। पहिलो राजा उगेन (१९०७–१९२६), दोस्रो राजा जिग्मे (१९२६–१९५२), तेस्रो राजा जिग्मी दोर्जे (१९५२–१९७२), चौथो राजा जिग्मे सिंगे (१९७२–२००६) र पाँचौं हालका राजा जिग्मे केसार नामगेलले २००६ देखि भुटान अधिराज्यको नेतृत्व गरेका रहेछन्। यहाँका सबै राजाहरूलाई भुटानको विकासमा महत्त्वपूर्ण योगदान दिएको माने पनि सबैभन्दा ठुलो योगदान चाहिँ जिग्मे सिंग्मे वाङचुकले दिएको मानिँदो रहेछ।
हामीले कुरा गरेका सबैको राजाबारे अत्यन्त सकारात्मक धारणा रहेको पाइयो। देश बनाउने हो भने देशको कार्यकारी प्रमुख र उच्च नेतृत्वको भूमिका सबैभन्दा महत्त्वपूर्ण पूर्व सर्त हुने रहेछ। नेपालका सम्बन्धितहरूले नेतृत्व कस्तो हुनुपर्छ भन्नेबारे भुटानबाट सिक्न सक्छन्।
यसको कारण चाहिँ उनी वातावरणप्रति सम्वेदनशील, जिएनएच अवधारणाका प्रवद्र्धक र भुटानमा दलीय प्रजातन्त्र स्थापना गर्न छोरालाई सघाएका रहेछन्। उनले चारवटा विवाह गरी आफूले गल्ती गरेको तर छोरा जिग्मे केसार नामगेलले भने यसो नगर्ने भनी आम भुटानी जनतासँग सार्वजनिक माफी मागेको र आफ्नो जीवनकालमै राजकाज छाडी छोरालाई राजकाज हस्तान्तरण गरेको तथा नयाँ संविधानमार्फत दलीय प्रजातन्त्र ल्याउने वातावरण बनाएका कारण जिग्मे सिंग्मे वाङचुकलाई भुटानमा ज्यादै मान्दा रहेछन्।
बुबा जिग्मे सिंग्मेको दृष्टिकोणलाई थप सशक्त बनाई भुटानको भौगोलिक सम्वेदनशीलता (चीन र भारतबीच अवस्थित र अति सानो मुलुकप्रति उनीहरूको रणनीतिक चाख) प्रति पूर्ण चनाखो भई देश र जनताप्रति प्रतिबद्धताका साथ हालका राजा जिग्मे केसार नामगेलले शासन गरेका रहेछन्। उनी आफ्ना नागरिकप्रति अति सम्वेदनशील रहेछन्।
उनले नै देशमा बहुदलीय प्रजातन्त्र दिएको, नयाँ संविधान ल्याएको र उनको शिक्षा अमेरिका र बेलायतबाट भएकाले नागरिकलाई खुसी राखी प्रजातान्त्रिक तवरले शासन सत्ता चलाएका रहेछन्।
कोभिडको समयमा आर्थिक रूपमा असक्षम सबै जनतालाई दुई वर्षसम्म प्रतिमहिना १५ हजारका दरले नगद भुक्तानी दिएको, वातावरणमैत्री व्यवहार गरेको, सुशासनको सुनिश्चिततामा कुनै सम्झौता नगर्ने, सार्वजनिक रूपमै एकभन्दा बढी श्रीमती विवाह गर्दिनँ भनी प्रतिबद्धता जाहेर गरेको, देशको सुरक्षा संवेदनशीलताको कारण भुटानी संस्कृतिको संरक्षणबाट मात्र यसको सामना गर्न सकिन्छ भन्ने मान्यतामा दृढ रहेको, कानुन कार्यान्वयनमा कडाइ र पूर्ण पालना गर्ने तथा जनतासँग राम्ररी घुलमिल हुने क्षमताका कारण भुटानी जनताले उनलाई अति आदर र सम्मान साथ हेर्ने र मान्ने रहेछन्। उनले नै देशमा बहुदलीय प्रजातन्त्र दिएको, नयाँ संविधान ल्याएको र उनको शिक्षा अमेरिका र बेलायतबाट भएकाले नागरिकलाई खुसी राखी प्रजातान्त्रिक तवरले शासन सत्ता चलाएका रहेछन्।
उनकै दूरदृष्टि, प्रतिबद्धता र सक्रियताका कारण २०२३ देखि भुटान मध्यम आय भएको देशमा रूपान्तरण भएको र ३५ सय अमेरिकी डलरभन्दा बढी प्रतिव्यक्ति आय भएको देशको पहिचान बनाएको रहेछ। हामीले कुरा गरेका सबैको राजाबारे अत्यन्त सकारात्मक धारणा रहेको पाइयो। देश बनाउने हो भने देशको कार्यकारी प्रमुख र उच्च नेतृत्वको भूमिका सबैभन्दा महत्त्वपूर्ण पूर्व सर्त हुने रहेछ। नेपालका सम्बन्धितहरूले नेतृत्व कस्तो हुनुपर्छ भन्नेबारे भुटानबाट सिक्न सक्छन्।
भुटानले कुल गार्हस्थ्य खुसीपन (जिएनएच) लाई आफ्नो देशको समग्र विकासको मूल राष्ट्रिय नीति बनाई यसैको बृहत्तर नीतिगत खाकाअनुरूप राष्ट्रका सबै कामहरू (न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, निजी क्षेत्र, गैरसरकारी क्षेत्र र आम नागरिकबाट सम्पन्न हुने कार्य) अगाडि बढाइएको रहेछ । यो जिएनपी मूल नीतिबारे सम्पूर्ण भुटानी सचेत र प्रतिबद्ध रहेछन्।
मूल राष्ट्रिय नीति
कुनै पनि देशको समग्र विकासको महत्त्वपूर्ण पूर्वसर्त भनेकै त्यो देशको मूल राष्ट्रिय नीति (अर्थात् बृहत्तर नीतिगत खाका) हुने रहेछ। भुटानले कुल गार्हस्थ्य खुसीपन (जिएनएच) लाई आफ्नो देशको समग्र विकासको मूल राष्ट्रिय नीति बनाई यसैको बृहत्तर नीतिगत खाकाअनुरूप राष्ट्रका सबै कामहरू (न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, निजी क्षेत्र, गैरसरकारी क्षेत्र र आम नागरिकबाट सम्पन्न हुने कार्य) अगाडि बढाइएको रहेछ । यो जिएनपी मूल नीतिबारे सम्पूर्ण भुटानी सचेत र प्रतिबद्ध रहेछन्।
यही जिएनएचका नौवटा क्षेत्र मनोवैज्ञानिक कल्याण (साइकोलोजिकल वेलबिइङ), स्वास्थ्य (हेल्थ), समयको सदुपयोग र सन्तुलन (टाइम युज एन्ड ब्यालेन्स), शिक्षा (एजुकेसन), सांस्कृतिक विविधता र संरक्षणको दृढता (कल्चरल डाइभरसिटी एन्ड रिसिलियन्स), सुशासन (गुड गभर्नेन्स), सामुदायिक जीवन्तता (कम्युनिटी भिटालिटी), पारिस्थितिकीय विविधता र लचकता (इकोलोजिकल डाइभरसिटी एन्ड रेजिलियन्स) र जीवनस्तर (लिभिङ स्टान्डर्ड) लाई चारवटा बृहत्तर अवधारणा दिगो विकास प्रवर्द्धन, सांस्कृतिक मूल्यमान्यता संरक्षण र प्रवर्धन, प्राकृतिक वातावरण संरक्षण र सुशासनको सुनिश्चिततामार्फत कार्यान्वयनमा ल्याएको छ। सबै उपलब्धिहरूलाई जिएनएचका सूचकांकहरूका आधारमा मापन गरिन्छ र लक्ष्यअनुरूप उपलब्धि हुन नसके यसको समग्र मूल्यांकन गरी कार्यान्वयन सुनिश्चितता गरिने नीति रहेछ।
देशको संविधान, कानुन र जिएनएच राष्ट्रिय मूल नीतिप्रति राजादेखि आम भुटानी जनतासमेत गहिरोसँग प्रतिबद्ध रहेछन्। कानुन पालना सबै भुटानी अत्यन्त जिम्मेवारी साथ गर्दा रहेछन्।
राष्ट्रप्रति नागरिक प्रतिबद्धता र नेतृत्वप्रति भरोसा
भुटान केही दशक पहिलासम्म विपन्न र कमजोर देश भए पनि अहिले दु्रत आर्थिक विकास गर्नु पछाडिको अर्को महŒवपूर्ण कारणमा भुटानी नागरिकको आफ्नो राष्ट्रप्रतिको गहिरो जिम्मेवारीको भावना र नेतृत्व (खासगरी राजा) प्रतिको सबै प्रधानमन्त्रीदेखि ड्राइभरसम्म गहिरो विश्वास, आस्था र भरोसा रहेछ। जनताको त्यही आशा र भरोसाअनुरूप राजाले काम गर्ने रहेछन्। यसरी नेतृत्व जनताप्रति र जनता नेतृत्वप्रति विश्वस्त भएकाले भुटानको अर्थतन्त्र बढेको सुदृढ र विकास दिगो हुँदै गएको रहेछ।
कानुनी शासनको प्रत्याभूति
देशको संविधान, कानुन र जिएनएच राष्ट्रिय मूल नीतिप्रति राजादेखि आम भुटानी जनतासमेत गहिरोसँग प्रतिबद्ध रहेछन्। कानुन पालना सबै भुटानी अत्यन्त जिम्मेवारी साथ गर्दा रहेछन्।
थिम्पु नदी सफा रहेछ। सबै सहरहरू सफा हुनु र सबैले कानुनबाट सुरक्षित भएको महसुस गर्न सक्नुको मूल कारण कानुनी शासनको बहुत कडाइका साथ कार्यान्वयन भएको कारणले रहेछ। सबै भुटानी कानुनसँग डराउने र सबैले कानुन कार्यान्वयन इमानदारीपूर्वक गर्ने विशेषता रहेकै कारण भुटानले यति छिट्टै राम्रो प्रगति गर्न सकेको रहेछ।
भुटान प्राकृतिक स्रोतमा अत्यन्त धनी देश भएर पनि यसको उपयोग भने अत्यन्त सजगता र सावधानीपूर्वक मात्र गर्दो रहेछ। वन सम्पदा, जलस्रोत, जिप्सम, क्याल्सियम कार्बोनेट, कृषियोग्य भूमिजस्ता प्राकृतिक स्रोतको अत्यन्त सचेतनापूर्वक उपयोग गर्ने भुटानको नीति रहेछ।
प्राकृतिक स्रोतप्रति सचेतना
भुटानको आर्थिक विकासमा विद्युत् विकासको महत्त्वपूर्ण आधार भए पनि यसको विकासमा वातावरणीय मापदण्डहरू पूर्ण पालना गरिएको हुने रहेछ। भुटान प्राकृतिक स्रोतमा अत्यन्त धनी देश भएर पनि यसको उपयोग भने अत्यन्त सजगता र सावधानीपूर्वक मात्र गर्दो रहेछ। वन सम्पदा, जलस्रोत, जिप्सम, क्याल्सियम कार्बोनेट, कृषियोग्य भूमिजस्ता प्राकृतिक स्रोतको अत्यन्त सचेतनापूर्वक उपयोग गर्ने भुटानको नीति रहेछ।
राजादेखि किसानसम्म सबैको पर्यावरण र प्राकृतिक स्रोत संरक्षणमा गहिरो प्रतिबद्धता भएकै कारण यो देश कार्बन नकारात्मक देशका रूपमा समेत आफूलाई संसारभर चिनाउन सफल भएको छ। राजनीतिक र प्रशासनिक प्रतिबद्धता हुने हो भने नेपालले पनि यो क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सक्छ।
सुशासनको सुनिश्चितता
राष्ट्रिय मूल नीति जिएनपी र नीतिगत प्रावधानमा समेत सुशासनको प्रत्याभूति र प्रवद्र्धन रहेको तथा यसको इमानदार कार्यान्वयन गरिएकै कारण भुटान एउटा उदाहरणीय देशका रूपमा संसारभर परिचित हुँदै छ। भुटानमा रहँदा त्यहाँका प्रधानमन्त्री छिरिङ तोग्बेले सुनाएको सुशासन प्रवद्र्धनको अति गहिरो बुझाइ र अठोटबाट हामी अचम्मित भएका थियौं।
भुटानको सुशासनमा जनताको सहभागिता र स्वामित्वबाट विकास हुने अपनत्व, सही काम मात्र गर्ने अभ्यास, सहकार्य र समन्वय, जवाफदेहिता, नागरिकप्रति आदरभाव र सम्भव भएसम्म राम्रो काम गर्ने मान्यता, पारदर्शिता, स्रोत परिचालनको प्रभावकारिता र कार्यान्वयन गर्ने अधिकारीहरूको दक्षतालाई सुशासन प्रवर्धनको माध्यमबाट अधिकतम अभ्यास गरिने रहेछ।
मेकानिकल इन्जिनियरिङ पृष्ठभूमिको पिपुल्स डेमोक्रेटिक पार्टीका नेता रहेका भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेको सुशासन प्रवर्धनको दृष्टिकोण अत्यन्त बृहत् र प्रतिबद्धता अत्यन्त गहिरो थियो। भुटानको सुशासनमा जनताको सहभागिता र स्वामित्वबाट विकास हुने अपनत्व, सही काम मात्र गर्ने अभ्यास, सहकार्य र समन्वय, जवाफदेहिता, नागरिकप्रति आदरभाव र सम्भव भएसम्म राम्रो काम गर्ने मान्यता, पारदर्शिता, स्रोत परिचालनको प्रभावकारिता र कार्यान्वयन गर्ने अधिकारीहरूको दक्षतालाई सुशासन प्रवर्धनको माध्यमबाट अधिकतम अभ्यास गरिने रहेछ।
निष्कर्ष
सबै प्रयासबाट सामाजिक कल्याण सुनिश्चितता गर्ने र भुटानी नागरिक मनोसामाजिक रूपमा समेत सुखी र खुसी बनाउने भुटानको अभ्यास प्रशंसनीय छ। भुटानमा देखाएको विकास र वातावरणबीचको सन्तुलन, नागरिकको देश र नेतृत्वप्रतिको आदर सम्मान र नेतृत्वको जनताप्रतिको प्रतिबद्धता र अपनत्व अत्यन्त अनुकरणीय देखिन्छ।
भुटानको विकास र वातावरण तथा जनता र सामाजिक सांस्कृतिक मान्यता र अभ्यासबीचको तादम्य ज्यादै सराहनीय भएर पनि यो देशको केही चुनौती पनि रहेछन्। सबैभन्दा ठुलो चुनौतीमा भारतको एकाधिकारपूर्ण दबदबा नै रहेछ। यहाँको पूर्वाधार विकासदेखि अस्पताल र विद्यालय निर्माणसम्म र भुटानको अरू देशसँगको सम्बन्धमा समेत भारतको हस्तक्षेपकारी भूमिका रहेछ, जुन रणनीतिक दृष्टिकोणबाट निकै घातक हो। यो सवालमा भुटानको नेतृत्व निकै सजग र सचेत रहेको पाइयो। भारतको आफ्ना छिमेकीहरूप्रतिको लामो समयदेखिको व्यवहार देख्दा भोलि भुटानले थाम्नै नसक्ने जटिलता सिर्जना गराउन सक्ने सम्भावना पनि बढी नै रहेछ।
चार पुस्तासम्म सक्रिय राजतन्त्रात्मक मुलुक भएको र सक्रिय राजतन्त्रको मूल चरित्र नै देशको महत्त्वपूर्ण संस्थाहरूको नेतृत्व र ती संस्थाहरूबाट निजी फाइदा लिने प्रवृत्ति, ठुला पदहरू र अर्थतन्त्रका आकर्षक क्षेत्रहरूको नियन्त्रण, राजपरिवारका सदस्यहरूबाट हुने अभ्यास भुटानमा पनि रहेछ।
नेपालमा जस्तो यहींका टाठाबाठा र चर्चित पात्रहरू प्रयोग गरी हस्तक्षेप गर्ने अभ्यास त अहिलेसम्म भुटानमा गरेको देखिएन तर अहिलेको भुटानको अवस्थिति (चीन र भारत) तथा यी दुई देशबीचको तनावको अवस्था आयो भने चाहिँ भुटानलाई अप्ठेरो पर्न सक्ने देखिन्छ।
चार पुस्तासम्म सक्रिय राजतन्त्रात्मक मुलुक भएको र सक्रिय राजतन्त्रको मूल चरित्र नै देशको महत्त्वपूर्ण संस्थाहरूको नेतृत्व र ती संस्थाहरूबाट निजी फाइदा लिने प्रवृत्ति, ठुला पदहरू र अर्थतन्त्रका आकर्षक क्षेत्रहरूको नियन्त्रण, राजपरिवारका सदस्यहरूबाट हुने अभ्यास भुटानमा पनि रहेछ। यो अवस्थामा परिवर्तन ल्याउन नसकेमा र राजपरिवारका सदस्यहरूले देशका ठुला पद तथा आर्थिक क्षेत्र नियन्त्रण गर्ने अभ्यास कायमै राखेमा चाहिँ भुटानी राजतन्त्रको अन्त्यको सुरुआत हुन सक्ने पनि सम्भावना रहेछ। अहिले पनि शक्तिशाली राजा र दलीय व्यवस्थाको चरित्रबीच तालमेल मिलाउन नसके राजतन्त्र र जनताबीच टकराव हुन सक्ने सम्भावना कायमै छ।
भुटानको कुल गार्हस्थ्य सुखीपनको प्रवद्र्धन तथा नागरिकहरू र नेतृत्वबीचको विश्वास र भरोसामा आधारित सुमधुर सम्बन्धबाट नेपालका प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलहरू, निजीक्षेत्र र आम नागरिकले चाहेमा धेरै कुरा सिक्न सक्ने रहेछन्। सिक्ने भनेको त्यहाँ जे छ, त्यही यहाँ नेपालमा ल्याउने भनेको होइन।
भुटानले छोटो अवधिमा यति जटिल भूरणनीतिक पृष्ठभूमिमा पनि आफूले सन्तुलित (चीन–भारतसँगको सम्बन्धको सबालमा अलि बढी भारततिर ढल्केको भएपनि) रूपमा अगाडि बढाउन नेतृत्व सक्रिय रहेको सुनियो।
भुटानको कुल गार्हस्थ्य सुखीपनको प्रवद्र्धन तथा नागरिकहरू र नेतृत्वबीचको विश्वास र भरोसामा आधारित सुमधुर सम्बन्धबाट नेपालका प्रधानमन्त्री, मन्त्रीहरू, राजनीतिक दलहरू, निजीक्षेत्र र आम नागरिकले चाहेमा धेरै कुरा सिक्न सक्ने रहेछन्। सिक्ने भनेको त्यहाँ जे छ, त्यही यहाँ नेपालमा ल्याउने भनेको होइन। तर नेपालभन्दा धेरै जटिल भूराजनीतिक अवस्थामा रहेको भुटानले कसरी सन्तुलित विकास अगाडि बढाउन सक्यो भनी चिन्तन मनन गर्न र त्यसबाट सिक्न भने हामीले सक्नेछौं चाहेको खण्डमा। तर हाम्रा नेताहरूले अरूबाट सिक्ने कुरा कहिल्यै आत्मसात नगरेकाले भुटान वा रुवान्डाबाट सिक्लान् भन्न आशा चाहिँ त्यति छैन।
प्रकाशित: २७ जेष्ठ २०८१ ०८:१२ आइतबार