भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन



प्रकाशित मिति : पुस ११, २०८१ बिहीबार

भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार निधन भएको छ ।

उनी ९२ वर्षका थिए । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको थियो ।

मनमोहन सिंह दुई पटक देशको प्रधानमन्त्री भएका थिए । उनी सन् २००४ देखि २०१४ सम्म देशको प्रधानमन्त्री थिए ।

घरमै बेहोस भएपछि उनलाई एम्सको इमर्जेन्सीमा ल्याइएको थियो । तर, राति ९ : ५१ बजे उनको मृत्यु भएको हो ।

उनी सन् १९९१–९६ सम्म देशको अर्थमन्त्री थिए । त्यतिबेला पीवी नरसिंह राव देशको प्रधानमन्त्री थिए।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School