पीडैपीडाका नेपालीहरूबीच चाड पर्वहरूको ओइरो लागेको छ । देशमा अर्थ क्षेत्रको चलययमान हुने भनेको चाड पर्वले नै हो, बाँकी राजनीति र यसभित्रको प्रशासन त जनता सोस्ने माध्यम मात्र भएको छ । भान्सा बन्द हुन लाग्दा ग्याँसको मूल्य वृद्धि गर्ने र भान्सामा भ्याट लगाउने त लोकतन्त्र छ, हाम्रो । देशमा उद्योगधन्दा नभएपछि अरूको देशबाट आयात गरेको सामानले भन्सार उठाउने मुलुकको लोकतन्त्र र हाम्रो बजार मूल्यको विषय भनिराख्नै पर्दैन । यसअघि खाद्यान्नको मूल्यले नेपालीको पीडामा मलम लगाउने कुनै नेतृत्व देखिएन । नेतृत्व भैंसेपाटीमा बनेका राजदरबारहरू उद्घाटनतिर लाग्छन् । यो मेलम्चीभन्दा दरबार निर्माण प्राथिमिकतामा परेको छ देशमा । हो, सक्नेले रजाइँ गर्ने परम्परा पहिलेदेखि नै भएको रहेछ । महाभारतको युद्ध किन भयो ? मुख्य नाइके उनै कृष्ण थिए । दुष्ट शासकहरूलाई थान्को लगाउने सन्देश दिन हरेक वर्ष आउने कृष्णाष्टमी फेरि आएको छ, हाम्रै घर’round । श्रीकृष्णले भवाटवी र भवरोगको ओखती गीता ज्ञान पनि दिए, कर्म, ज्ञान र भक्तिको त्रिवेणी हो गीता, आज यो संसारभरि बाँडिएको छ ।
मोहरात्रिका नामले वर्षभरिकै उत्कृष्ट रूपमा चिनिएको भाद्रकृष्ण अष्टमीको दिनलाई श्रीकृष्णजन्माष्टमीका रूपमा भव्य रूपमा मान्ने चलन प्राचीन समयदेखि चल्दै आएको हो । १६ कलाले पूर्ण, चन्द्रवंशमा पूर्ण अवतारका रूपमा परमेश्वरले मानव रूपमा मथुरामा वसुदेव देवकीका आठौं गर्भका रूपमा धर्तीमा अवतरित परमात्मा श्रीकृष्णलाई मुख्य १० अवतारमध्ये आठौं अवतारका रूपमा लिइन्छ । युग भने परिवर्तन भइरहन्छ । अहिले हामी कलियुगमा छौं । अन्य युगमा झैं कलियुगमा पनि मानव निर्मित र आफैं सिर्जित, उत्पात, महामारी, प्रकृतिको ताण्डव नृत्य पनि धेरै भइरहेको छ । धमिलो पानीमा माछा मार्नेहरू पनि धेरै आएका छन्, साधु र सन्त भन्दै, दुनियाँको बुद्धि भुट्न । श्रीकृष्ण कथा भन्दै लुट धन्दा चलाउनेहरू सेकुवा कर्नरमा सेकुवा पोल्दै गरेका दृश्यहरू भाइरल भएको छ, कलिले आप्mनो धर्म त देखाउँछ नै । यस युगको आयु ४ लाख ३२ हजार वर्षको छ, चालू वर्षदेखि यसको आयु ५ हजार १ सय २५ वर्ष पूरा भएको छ । हाल देखिएको हाम्रो र विश्वको विषम परिवेश आरम्भको संकेत मात्रै हो, धेरै हामीले देख्नुपर्नेछैन । युगयुगपिच्छे नै खराबी, ईष्र्या, छल प्रवृत्तिहरू त भए नै ।
सत्यको पुनस्र्थापन गर्न अदृश्य नै भए पनि कुनै शक्तिले काम गरिरहेको हुन्छ । हालको कलियुग सुरु हुनुअगाडिको द्वापरयुगमा धर्तीमा देखिएको अन्याय, अत्याचार, कुसंस्कार र दुष्ट, क्रुर, तानाशाह, बादशाहहरूलाई निर्मूल पारी सत्य धर्मको संस्थापनका लागि ब्रह्मा आदि देवताहरूको पुकारलाई र यसअघि नै दिइएको वरदान सिद्ध गर्न क्षीरसागरवासी लक्ष्मीका पति शेषशायी श्रीविष्णुले गोरूपी पृथ्वीको आर्तपुकारपछि यादवकुलका शुरसेनपुत्र वसुदेवका पुत्ररूपमा जन्मलिने आश्वासन मुताविक कंसद्वारा बन्दी बनाइएका कारागारमा मध्यरात्रि, मोहरात्रिमा सबैलाई मोहित पारी पूर्वयोजनाअनुसार यसअघि नै योगमायालाई पठाई आफूले जन्म लिएको दिन हो अष्टमी ।
सात्विक भावका मथुरा नरेश उग्रसेन राज्य सञ्चालनमा व्यस्त हुँदा वन विहार गर्ने इच्छा राख्ने उनकी रानीको कोखमा द्रुमिल दैत्यको कालो छाया पर्न गई कुसंस्कार र छलको प्रतीकका रूपमा जन्मिएको कंसले धर्तीदेखि सारा ब्रह्माण्ड तहसनहस पार्न खोज्दा प्रताडित बनेकी धर्ती एवं सम्पूर्ण देवताहरूको प्रार्थनालाई सुनेर मानव स्वरूपमा जन्मी धर्म, न्यायको उपदेश दिने द्वापरयुगीन परमेश्वर श्रीकृष्णको स्वधागमन समय यसैवर्ष ५१२५ वर्ष पूरा भइसके पनि उनका पावनलीला, अवतार प्रसंगले मथुरा क्षेत्रदेखि वृन्दावन र अवतारप्रसंग चर्चा हुने सम्पूर्ण क्षेत्र हालसम्म दिव्य धाम बनेको छ । राजा उग्रसेनका भाइ देवककी पुत्री देवकीलाई अति माया गर्ने कंसले बहिनी देवकीको बिहे यादवकुलका वसुदेवसँग हुँदा दाइजोसहित पु¥याउन जाँदा बाटामा ‘देवकीकै आठौं गर्भबाट तेरो मृत्यु हुन्छ’ भन्ने आकाशवाणी सुनी रिसले चूर भई बाटैमा खड्ग प्रहार गरी बहिनीलाई मार्ने प्रयत्न गरेपछि वसुदेवको अनुनय विनय प्रार्थना र जन्मेको बच्चा सबै बुझाउँछु भन्ने प्रतिज्ञा अनुसार देवकीको ज्यान बचेको होे ।
श्रीकृष्णले भवाटवी र भवरोगको ओखतीका रूपमा दिएको गीता ज्ञान कर्म, ज्ञान र भक्तिको त्रिवेणी हो
वसुदेव दम्पतीबाट जन्मेका ६ वटा बच्चासम्म निमिट्यान्न पारिसकेको अवस्थामा सातौं गर्भमा शेषलाई पठाई योगबलद्वारा वसुदेवकी अर्की पत्नी रोहिणीमा त्यो गर्भ सारेर गोकुलमा बस्ने नन्दपत्नी यशोदाका गर्भमा योगमायालाई जन्म लिने प्रेरणा भएको र सवै परिवेश मिलाई देवकीमा आठौं गर्भमा भने आफू रहने अनि सम्पूर्ण देवताहरूलाई गोपका रूपमा र देवीहरूलाई गोपीका रूपमा धर्तीमा अवतरित गराउने र स्वयं महालक्ष्मी भने रुक्मिणीका रूपमा धर्ती अवतरण हुने प्रसंग पनि मिलाइएको थियो । देवकीकोे सातौं गर्भश्राव भएको हल्ला हुँदा कंसलाई गुप्त कुरा थाहा भएन । आठौं गर्भधारणा भएको खबरपछि कडा पहरा दिई कारागारमा सात ताल्चाबन्दी गर्दा संपूर्ण लोकालोकमा रहेका देवताहरूले संसारका नायक, अधिपतिले लोक रक्षाका लागि प्रदूषणयुक्त आमाको गर्भमा बास गर्नुपरेकामा अनेकौं स्तुति, पुकार, वन्दना गर्न लागे, भागवतमा यसलाई गर्भस्तुति भनिन्छ ।
प्रकृति शान्त, उत्तम, ग्रह, नक्षत्र तारागण सबै अनुकूल, पृथ्वी, अप, तेज, वायु र आकाश पुरै स्वच्छ भएका बखत दिव्यतेजसहित भाद्रकृष्णका रात्रिमा कंसका कालकोठरीमा प्रसव पीडाबिना नै देवकीका गर्भबाट प्रकट भएका भगवान्को स्वरूप अद्भूत थियो । शंख, चक्र, गदा, पद्य, कीरिट, कुण्डल, मुकुट, मयुरपंखी शिर, पीताम्बरधारी, श्रीवत्सचिह्नको वक्षस्थल, घाँटीमा कौस्तुभमणि र कमल नेत्र परमेश्वरको दिव्य दर्शन पाएका वसुदेव र आमा देवकी दुवै मोहित भइहाले ! अघि तपाईंहरूले कठिन तप गर्दा तीन जन्मसम्म तपाईंहरूको पुत्र रूपमा प्रस्तुत हुने वचन पूरा गर्न अहिले आफू पुत्ररूपमा आएको स्मरण गराउँदै कंसबाट भयभीत नहुन र तुरुन्तै टोकरीमा राखी यमुना पारि गोकुलमा लगी त्यहाँ नन्द यशोदाबाट भर्खरै जन्मिएकी पुत्री यस कारागारमा लिई आउन र त्यति कार्य पूर्ण हुन्जेल कारागार सबै खुल्ने, कसैले अत्तो, पत्तो नपाउने र यी सबै कुरा गोप्य राख्नुपर्ने संकेत गरी भगवान् तत्कालै बालभावमा प्रस्तुत हुनुभयो ।
साँच्चै योगमायाद्वारा तयार भएको टोकरीमा बालकलाई राखी वसुदेव कारागारबाहिर निस्कदा सबै ढोका खुलेका, सिपाहीहरू मस्त निद्रामा परेका, हत्कडी आफैं खुलेका, वरुणदेवले वर्षा गराएका, शेषले छहारी दिएका, यमुनाले भगवान्को पादस्पर्श गर्न क्षणिक उर्लिएर शान्त भएकी, गोकुल पुरै मस्त निद्रामा परेको, यशोदाबाट छोरी जन्मँदा उनलाई पत्तै नभएको, वसुदेवले आफूले लगेको बालकलाई त्यहाँ राखी बालिकालाई टोकरीमा बोकेर कारागार फर्कुन्जेल कारागार खुलै रहेको र सबै निद्रामा परेका कुरा मार्मिक ढंगबाट शास्त्रहरूमा वर्णित छ । वसुदेव कारागारभित्र पस्नासाथ सबै ढोका, हतकडी पहिलेकै अवस्थामा भएका र बालिकाको रोदन सुनेपछि हस्याङफस्याङ गर्दै सबै जुमुराउँदै उठेर बालक जन्मेको खबर कंससम्म पुगिहाल्यो । कंसका डरमा परेका वसुदेवले बालिकालाई कंससामु पु¥याउँदा ‘छोरी नै भए पनि मार्छु’ भनी हातले घुमाएर बालिकालाई ढुंगामा पछार्न खोज्दा हातबाट छुटेकी योगमायाले आकाशमार्गबाट ‘मलाई मार्न खोज्ने कंस तेरो काल गोकुलमा जन्मेको छ’ भन्ने सुन्दा गोकुलभरिका बालबालिका सबै वध गर्न मायाभी पुतना पठाउँदा यशोदापुत्र श्रीकृष्णबाट उल्टै पुतना वध भैसकेकी थिई ।
अघि नै देवकीका गर्भबाट प्रत्यारोपण गरिएका सातौं गर्भ शेष रोहिणीपुत्रका रूपमा बलरामको जन्म भइसकेको र गोकुलमा वृद्ध नन्दबाबाबाट अत्यन्त सुन्दर बालक जन्मिएको र रोहिणीबाट उस्तै राम्रो बालक जन्मिएको प्रसंगनुसार गोकुलमा धुमधामसँग नन्द उत्सव मनाइएको र वसुदेवका कुल गुरु गर्ग र नन्दबाबाका कुल गुरु शाडिल्य दुवैको उपस्थितिमा गोकुलमा बलराम अनि कृष्णको नामकरण भएको सुन्दर प्रसंग गर्गसंहिता र भागवतमा चर्चा भएको छ ।
श्रीकृष्णको जन्मप्रसंग लौकिकजस्तो देखिए पनि बन्द कारागारमा जन्मिएर पनि आफू सुरक्षित रहनु, जन्मिएको छैटौं दिनमै बालघातिनी पुतनाको वध गर्नु, आँधी तुफानका रूपमा आएको राक्षसी प्रवृत्ति तृणावर्त, वत्सासुर, अघासुर, वकासुर, धेनुकासुर आदिलाई वध गरी वृन्दावनमा स्वयं ब्रह्माजीलाई समेत मोहित पार्नुले अलौकिक कार्य स्पष्ट हुन्छ । त्यस्तै, परम्परागत इन्द्रपूजालाई तोडी कृषिकार्यमा सबैलाई प्रेरित गर्दै गोवद्र्धनपूजामा सरिक गराउनु, कंसद्वारा तयार गरिएको रंगभूमिमा प्रवेश गरी दुष्ट कंसको अन्त्य गरी बाबुआमालाई कारागारमुक्त पारी गुरु सान्दिपिनीबाट ६४ कलाविधा आर्जनदेखि विवाह आदि कार्य र संसारलाई चकित पार्ने महाभारतयुद्धमा सत्यको स्थापना गरी पाण्डव पक्षको विजय गराउनु अलौकिक कार्यहरू हुन् । मथुरामा मानव जन्म लिएका श्रीहरिका लागि समस्त पृथ्वी तल र देवलोकमध्ये पावनक्षेत्र मथुरा, वृन्दावन हो भनी वाराहपुराणमा उल्लेख छ ।
मानव स्वरूपमा जन्मी धर्म, न्यायको उपदेश दिने द्वापरयुगीन परमेश्वर श्रीकृष्णको स्वधागमन समय या सालमा ५१२५ वर्ष पूरा भएको छ
मथुरा वृन्दावन क्षेत्र ८४ कोशको छ । जसको परिक्रमा गर्नाले ८४ लाख योनीमा भड्किनु नपर्ने हुन्छ । माघमा मघायुक्त औंसीमा प्रयागस्नानको फल प्रत्येक दिन मथुरा स्पर्शले मात्र पाइन्छ । जेठ शुक्ल द्वादशी, कार्तिकशुक्ल द्वितीया र श्रीकृष्णजन्माष्टमीमा यहाँ भ्रमण गर्नेहरूले झन् ठूलो पुण्य प्राप्त गर्न सक्छन् । मधुवनले परिचित यसक्षेत्रमा गुरु नारदका प्रेरणाले धु्रवले तप गरेको क्षेत्र सत्ययुगमा नै यो पावन रहेको थियो । कालान्तरमा मधु नामक दैत्यले मधुपुरी नगर बनाई साधक तपस्वीहरूलाई दुःख दिन लाग्दा त्रेतायुगमा श्रीरामको आदेशानुसार शत्रुघनले यहाँ असुरहरू नाश गरी यज्ञभूमि बनाएका थिए । द्वापर युगका अन्त्यमा शुरसेन राजाहरूले राज्य गरेको यस क्षेत्रमा परमेश्वरले श्रीकृष्ण अवतार लिए । मथुरादेखि १० किमी टाढा वृन्दावनमा श्रीकृष्णले आफ्नो बाल्यकाल बिताए, पाउमा जुत्ता रहेन ।
भनिन्छ, अहिलेसम्म पनि वृन्दावनका माटाका कणकणमा, वृक्ष, लता, वायुका कणकणमा श्रीकृष्णनाम गुन्जिएकै छ । योगमायाकै सहाराले शारदीय रात्रिमा श्रीकृष्णले गोपिनीहरूसँग महारासको लीला गर्नुभएको थियो । सत्ययुगमा वृन्दाले भगवान्लाई पति रूपमा पाउन कडा तप गरेकी र श्यामसुन्दर भगवान्को दर्शन, वरदान पाएकीले त्यो क्षेत्र वृन्दावन नामकरण भएको कुरा ब्रह्मवैवर्त पुराणमा उल्लेख छ । राधाकृष्णको पावनस्थलीको रूपमा रहेको वृन्दावनतटमा यमुनानदी रहेको र बाल्यजीवनमै कालीय दमन गरी श्रीकृष्णले त्यसलाई निर्विषाक्त बनाउनु भएको थियो । मथुराबाट ५० किमी टाढा रहेको वरसाना तीर्थचाहिँ श्रीकृष्णकी आह्लादिनी शक्ति राधारानीको पितृगृह वृषभानुक्षेत्र हो ।
किशोरअवस्थामै अलौकिक कार्य गर्ने श्रीकृष्णले कंस दमनपछि उग्रसेनलाई राज्य पुनस्र्थापना, साम्राज्यवादी मगधराजलाई परास्त गरी बन्दी राजाहरूको मुक्ति, भौम वधपछि १६ हजार १ सय राजकन्याहरूको उन्मुक्ति, राजा युधिष्ठीरका यज्ञमा रहेर ब्राह्मणहरूको पाउ धुने कार्य, महाभारतको विशाल युद्धमा अर्जुनको सारथी बन्नु, संसारकै उच्चकोटीको गीताज्ञान दिनु, पछि भक्त उद्धवलाई निमित्त बनाई उद्धवगीता ज्ञान दिनु र ब्राह्मण शाप पारी भूभारको काम सकेर पृथ्वीबाट बिदा लिएको ५ हजार वर्ष नाध्दा पनि श्रीकृष्णका यी कामहरू साधकहरूका मनमा ताजै छन् ।
अवतारको प्रसंगमा ‘एते चांशकला पुंसः कृष्णस्तु भगवान् स्वयंम्’ भनेर भागवतले अन्य अवतारलाई अंशअवतार र श्रीकृष्ण अवतारलाई पूर्णअवतार मानेको छ । दैत्यहरूका लागि कालका रूपमा चिनिने श्रीकृष्ण स्त्रीहरूका लागि स्वयं कामदेव, गोपीहरूका लागि आफन्त, प्यारो र दुष्ट शासकहरूका लागि यमराज, कंसका लागि काल र योगीजनहरूका लागि परम सत्वगुणीका रूपमा छन् । प्रत्येक मानव मनलाई आकर्षण गर्ने भएकाले कृष्ण नामका परमेश्वरका विषयमा जति व्याख्या गरे पनि कम हुन्छ । ज्ञान, कर्म र भक्तिको त्रिवेणी वेदस्वरूप भगवान् प्रत्येक भक्तका लागि भक्तवत्सल हुनुहुन्छ । उनका पावन चरित्र संस्मरणबाट युगान्तकारी परमेश्वरको सामान्य चिनारीसम्म गर्ने प्रयास गरौं, जसले संसारलाई गीता दियो !
(Visited 5 times, 1 visits today)