बैंकमा खाता खोल्ने कि क्रेडिट युनियनमा? यस्ता छन् फाइदा र बेफाइदा



प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार

बैंकमा खाता खोल्ने कि क्रेडिट युनियनमा? यस्ता छन् फाइदा र बेफाइदा

हालै सुरु गरिएको कार्ड देखाउँदै एभरेष्ट फेडरल क्रेडिट युनियनका सीईओ ।

तपाईंले अमेरिकामा खाता खोल्दा केही महत्वपूर्ण जानकारीहरू राख्नुपर्ने हुन्छ। राष्ट्रिय स्तरका बैंकहरूमा खाता खोलेर कारोबार गर्नु र क्रेडिट युनियनमा खाता खोलेर पैसाको व्यवस्थापन गर्नुमा केही भिन्नताहरू छन्। खसोखासले बैंकको सट्टामा क्रेडिट युनियनमा खाता खोल्दा के कस्ता फाइदा तथा बेफाइदा हुन्छन् भन्ने बारे खोजी गरेको छ।

बैंकको सट्टामा क्रेडिट युनियनहरू प्रायः समुदायमा आधारित हुने गर्दछन्। यिनले स्थानीय र समुदायमा आधारित सेवालाई प्राथमिकता दिन्छन्।

बैंकले उपलब्ध गराउने धेरैजसो सेवाहरू क्रेडिट युनियनबाट पनि प्राप्त गर्न सकिन्छ। बचत खाता, चेकिङ खाता, धितो र आईआरए सम्बन्धी कामहरू क्रेडिट युनियनबाट पनि पाउन सकिनेछ। बैंकको सट्टामा क्रेडिट युनियनमा खाता खोल्नु भएमा पनि प्रमुख वित्तीय कार्यहरू गुमाउन नपर्ने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन्।

क्रेडिट युनियनमा खाता खोल्दा कम ब्याजदरमा ऋण सुविधा पाउन सकिन्छ भने क्रेडिट युनियनले बैंकहरूभन्दा कम शुल्कहरू लिने गर्दछन्। क्रेडिट युनियनले शेयरधनीहरूको नाफालाई भन्दा आफ्ना सदस्यहरूलाई बढी लाभ प्रदान गर्ने गर्दछन्।

बैंकमा खाता खोल्ने कि क्रेडिट युनियनमा? यस्ता छन् फाइदा र बेफाइदा

क्रेडिट युनियनमा खाता खोल्दा बचतमा उच्च ब्याजदर प्राप्त गर्ने गरी लाभ लिन सकिनेछ। जम्मा गरेको रकममा बैंकभन्दा बढी प्रतिफल प्राप्त गर्न सकिनेछ। यसका साथै क्रेडिट युनियनमा आबद्ध हुँदा शेयर सदस्यको रूपमा सहभागी भएर संस्था कसरी सञ्चालन भएको छ भनेर बुझ्न, राय राख्न, र नेतृत्व चयन गर्ने अधिकारसमेत सुरक्षित गर्न सकिन्छ। युनियनले आफ्ना सदस्यहरूका लागि विभिन्न सेवाहरूमा छुट जस्ता सदस्यकेन्द्रित सेवा-सुविधाहरू पनि उपलब्ध गराउँदै आएका छन्।

क्रेडिट युनियनमा खाता खोल्दा बिमा कभरेज पनि प्राप्त गर्न सकिन्छ। बैंकहरूलाई प्रदान गरिने संघीय निक्षेप बिमा कभरेजजस्तै राष्ट्रिय क्रेडिट युनियन प्रशासनद्वारा प्रत्येक खातामा २ लाख ५० हजार डलरसम्मको बिमा गरिएको हुन्छ। त्यस्तै क्रेडिट युनियनमा खाता रहँदा अमेरिकाभरका अन्य क्रेडिट युनियनहरूको शाखामा बैंकिङ सेवाका निम्ति पहुँच प्राप्त हुनेछ।

यस्तै क्रेडिट युनियनमा खाता खोल्दा केही बेफाइदाहरू पनि छन्। बैंकहरूको तुलनामा कम शाखा हुने भएकाले सेवाग्राहीलाई केही समस्याहरू महसुस हुन सक्छन्। तपाईं सधैँजसो घुमिरहनुहुन्छ र विभिन्न ठाउँहरूमा शाखाको पहुँच आवश्यक ठान्नु भएमा तपाईंलाई असहज हुन सक्दछ।

यसबाहेक, सेवाग्राहीको बसोबास, जागिर जस्ता आधारहरू तय गरिएका हुनसक्छन्, जसले गर्दा तपाईंलाई यी योग्यता पूरा गर्न असहज हुन सक्दछ। क्रेडिट युनियनमा आबद्ध हुन वार्षिक शुल्कहरू भुक्तानी गर्नुपर्ने वा सदस्यता शुल्क बुझाउनुपर्ने नियम रहेको हुनसक्छ भने यिनले कम अनलाइन सेवाहरू सञ्चालन गरिरहेका हुन्छन्। क्रेडिट युनियनका मोबाइल एपहरूमा ठूला राष्ट्रिय बैंकहरूको तुलनामा कम सुविधाहरू समावेश गरिएका हुन्छन्।

कम शुल्क, बढी बचत (निक्षेप) दरहरू, समुदायमा आधारित बैंकिङ प्रणाली र सदस्यहरूको सहभागितामा उचित निर्णय क्रेडिट युनियनका महत्वपूर्ण फाइदाहरू हुन्। कम शाखा र सीमित बैंक सेवा यसका बेफाइदाहरू हुन्।

क्रेडिट युनियन समुदायमा आधारित हुने हुँदा यसलाई प्रत्यक्ष आफैँले नै पर्यवेक्षण गर्न सकिन्छ । त्यसको नेतृत्वकर्ता, त्यसको व्यवस्थापन प्रणाली के कस्तो हालतमा छ भन्ने कुरा सहजै जानकारीमा लिन सकिन्छ भने बैंकमा प्रत्यक्षतः त्यस्तो सुविधा प्राप्त हुँदैन।

बैंकको कम ब्याजदर, क्रेडिट युनियनको आकर्षक ब्याजदर, क्रेडिट युनियनको सीमित शाखा संरचना, बैंकको व्यापक शाखाहरू, क्रेडिट युनियनको मोबाइल बैंकिङमा सीमितता, बैंकको आकर्षक मोबाइल बैंकिङ सेवा— यीमध्ये कुन छनौट गर्ने तपाईंको इच्छामा निर्भर गर्नेछ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment