बेलायतमा बालबालिका धेरै मोटाउन थालेपछि सरकारले यस्तो कदम चाल्यो ….

बेलायतमा बालबालिका धेरै मोटाउन थालेपछि सरकारले यस्तो कदम चाल्यो ….



प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार

बेलायत सरकारले बालबालिकाको मोटोपना विरुद्ध अभियान सुरु गरेको छ ।

त्यसका लागि ग्रानोला र मफिन जस्ता चिनीयुक्त खानाहरूका लागि दिनको समयमा टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको छ । तिनीहरूलाई जङ्क फूड ९पत्रु खाना० भनेर पनि सरकारले चिनाएको छ ।

‘कम स्वस्थ’ खाद्य पदार्थ र पेयपदार्थका विज्ञापनहरू अर्को वर्ष अक्टोबरदेखि राति ९ बजेपछि मात्र प्रसारण गर्न पाइनेछ ।

राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार बेलायती बालबालिकामा मोटोपना बढ्दै गएको छ र १० मध्ये एक जना चार वर्षका बालबालिकालाई अहिले मोटो मानिन्छ ।

पाँचमध्ये एक जना पाँच वर्षका बालबालिकामा धेरै चिनी खाँदा दाँत क्षय हुने समस्या छ ।

सरकारको सूचीमा प्रत्येक खाद्य पदार्थको चीनी, बोसो र नुनको मात्रा हेरेर स्कोर गरिएका क्रोइसेन्ट, प्यानकेक र वेफल जस्ता प्याक गरिएका चिनी बढी भएका नास्ताका खाद्य पदार्थहरू पनि समावेश छन् ।

प्रतिबन्धित सूचीमा चना वा दालमा आधारित क्रिस्प, समुद्री शैवालमा आधारित स्न्याक र बम्बे मिक्सका साथै ऊर्जा पेय, ह्याम्बर्गर र चिकन नगेट्स जस्ता उत्पादनहरू पनि छन् ।

तर नयाँ प्रतिबन्धहरू प्राकृतिक दलिया ओट्स र चिनीबिनाको दही जस्ता स्वस्थ विकल्पहरूमा लागू हुने छैनन् ।

बेलायतमा बालबालिका धेरै मोटाउन थालेपछि सरकारले यस्तो कदम चाल्यो ….

सरकारले नयाँ उपायहरूले एक वर्षमा बाल्यकालको मोटोपनाका करिब २० हजारलाई रोक्न मद्दत गर्न सक्ने आशा गरेको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School