बिरामी शिक्षाको औषधि: साना विश्वविद्यालय

बिरामी शिक्षाको औषधि: साना विश्वविद्यालय


कुनै पनि समाजलाई समुन्नत बनाउने आधार भनेको त्यो देशको शिक्षा प्रणाली हो। तर कस्तो विडम्बना, अहिलेसम्मको नेपालको शिक्षा प्रणाली परम्पराभन्दा माथि उठ्न सकेन। राज्य प्रशासनले देशको हावापानी र माटो सुहाउँदो शिक्षा प्रणाली प्रदान गर्न सकेन। आफ्नै माटोमा जीवन र भविष्य खोज्ने पात्रहरूलाई चिन्न सकेन। हामी अभिभावकले पनि आफ्ना सन्ततिहरूलाई आफ्नो माटोमा होइन, विदेशी माटोमा भविष्य खोजून् र उतै घरजम गरेर बसून् भन्ने सपना बुन्न थाल्यौँ। सबैले यसैमा सफलताको सूचक र जीवनको सार्थकता देख्न थाल्यौँ। यसैको गम्भीर असर आज हाम्रो समाज र देशले भोग्दैछ।

भर्खरै मात्र विदेशमा बसोबास गर्ने निर्णय गरेका आफ्ना साथीहरूलाई सम्बोधन गर्दै एक युवाले मार्मिक अपिल गरेका थिए। बीस बर्षको उमेर पार गर्दै गरेका ती युवाको उक्त आह्वानले जोसुकैलाई पनि स्तब्ध र भावविह्वल बनाउँछ। उनले त्यस अपिलमा भनेका थिए– अप्ठ्यारोमा परेको देखेर, अन्योल, अस्थिरता र गडबडीमा फसेको देखेर तिमीहरूले देश छाड्यौ, तिमीहरूले भने जस्तै अवश्य पनि देश गडबडी र अप्ठ्यारोमा छ। यो कुरा केही हदसम्म सत्य पनि हो। सायद आफ्नो घरको फोहोर पन्छाउनु भन्दा र आफ्नो घर सफा गर्नु भन्दा अरूका सफा, चिटिक्क र सुकिला घरमा बस्न तिमीहरूले उचित सम्झ्यौ। यसरी घर बिर्सेर जानेहरूलाई मेरो एउटै मात्र आग्रह छ, तिमीहरू आफ्नो पढाइ सकेर आफ्नै देश फर्क, आफ्नै घर आऊ र आफ्नै माटोको सुगन्ध खोज। ती युवाले अन्त्यमा सविनय भनेका छन्, हामी सबै मिलेर यहाँको विकृत घर सफा गरौँ किनकि मान्छेकै कारणले जमेको फोहोरलाई मान्छेले नै सफा गर्न सक्छौँ र गर्नु पनि पर्दछ।

 हामीले बुझेका छौँ, आजका विद्यार्थीमा वैदेशिक अध्ययनप्रतिको आकर्षण निर्विवाद छ तर उनीहरूका यस किसिमका निर्णयले के/कस्तो दीर्घकालीन प्रभाव पार्न सक्छ भन्ने कुरा आजको विचारणीय पक्ष हो। ती युवाले आफ्ना साथीहरूका बारेमा गरेको चिन्ता र अनुरोध पनि यिनै कुरासँग जोडिएको छ।

वास्तवमा उनको यो पीडा, देशप्रतिको गहिरो माया र केही गर्नुपर्छ भन्ने दृढ इच्छाशक्तिलाई सबैले अनुमोदन र सम्मान गर्नैपर्दछ। उनका यी मर्मस्पर्शी कुराहरू र देशभित्रै अपार सम्भावनाहरूको खोजी गर्न चाहने हुटहुटीले हामीमाझ एउटा गम्भीर प्रश्न पनि उब्जाएको छ। यसले मूलतः नेपालको शैक्षिक क्षेत्रमा विद्यमान विकराल समस्याहरूतर्फ सङ्केत गरेको देखिन्छ। के त्यसो भए साँच्चै देशभित्र गुणस्तरीय उच्च शिक्षाको विकल्प के हुन सक्छ ? व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने सक्षम नेतृत्व र सक्षम युवा दिमागलाई परिचालन र कायम राख्न के गर्न सकिन्छ ? भन्ने नै आज सबैको चिन्ता र चासोको पेचिलो विषय बन्न पुगेको छ।

आज प्रत्येक वर्ष उच्च शिक्षा अध्ययन गर्न विदेश जाने युवाहरूको चहलपहल ह्वात्तै बढेको हामीले देखिरहेका छौँ। उनीहरूमा वैदेशिक शिक्षाप्रति जागेको उत्कण्ठा र मोहलाई कसैले रोक्न सक्ने अवस्था छैन। स्नातक अध्ययनका लागि के विषय लिएर पढ्ने भनी सोधेको खण्डमा स्पष्ट जवाफ नआए पनि यसलाई उनीहरूले वैदेशिक शिक्षाप्रतिको आशक्ति र प्यासनका रूपमा लिएको पाइन्छ। यसबाट के बुझिन्छ भने उनीहरू उज्यालो भविष्य र सुखी जीवन चाहन्छन्, जुन कुरा उनीहरूले आफ्नो देशमा सम्भव देखिरहेका छैनन्। उनीहरूलाई त आफूले पढ्ने विषयका बारेमा उत्सुक बनाउनुपर्ने हो र एउटा आशाजनक भविष्यका निम्ति सम्भावना र प्रचुर अवसरहरू प्रदान गर्नुपर्ने हो तर हाम्रोमा ती सबै अवसर र सम्भावनाहरू उनीहरूले पाउन सकिरहेका छैनन्। के त्यसो भए हामी देशभित्रै उनीहरूका चाहना र देशको आवश्यकताअनुरूप शैक्षिक अवसरहरू प्रदान गर्न र उनीहरूको आशाजनक भविष्य सुनिश्चित गर्न कतै चुकिरहेका त छैनौँ ? यो आजको यक्ष प्रश्न बनेको छ।

संख्यात्मक दृष्टिले हेर्दा यहाँ अध्ययनरत विद्यार्थी थोरै रहे पनि विद्यार्थी र संकायबीचको घनिष्टता र प्राज्ञिक वातावरण लोभलाग्दो छ। यस कलेजले हातैमा प्रतिफल दिने सिकाइ र खोज अनुसन्धानमूलक शैक्षिक क्रियाकलापका माध्यमबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित जस्ता विषयमा विद्यार्थीको भविष्यको सुनिश्चित आधारशीला निर्माणमा विशेष जोड दिने गरेको छ।

सूचना र प्रविधिको विकासका कारण आज विश्व समाज छुट्टिनै नसक्ने गरी जोडिएको छ तर विद्यार्थीले अध्ययन गर्ने विषय क्षेत्रहरू फराकिलो बन्दै गइरहेका छन्। त्यसकारण उच्च शिक्षाको सन्दर्भमा विद्यार्थीलाई विषय छनोट गर्न झन झन् जटिल बन्दै गइरहेको छ। हामीले बुझेका छौँ, आजका विद्यार्थीमा वैदेशिक अध्ययनप्रतिको आकर्षण निर्विवाद छ तर उनीहरूका यस किसिमका निर्णयले के/कस्तो दीर्घकालीन प्रभाव पार्न सक्छ भन्ने कुरा आजको विचारणीय पक्ष हो। ती युवाले आफ्ना साथीहरूका बारेमा गरेको चिन्ता र अनुरोध पनि यिनै कुरासँग जोडिएको छ। ती युवाले साँच्चै नै एउटा सन्तुलित दृष्टिकोणबाट एउटा महत्वपूर्ण विषय उठान गरेका हुन्। उनले युवाको व्यक्तिगत चाहना, आवश्यकता र सामाजिक जिम्मेवारी बोधका साथ नेपाली समाजको तितो यथार्थलाई बडो मार्मिकताका साथ प्रस्तुत गरेका छन्। यी तथ्यलाई अन्तह्रदयदेखि मनन गर्दै नीतिगतरूपबाटै केही सुव्यवस्थित कदमहरू चाल्न सके पक्कै पनि नेपालको उच्च शिक्षाको अन्योलपूर्ण र विकृत परिदृश्यलाई सङ्गलो बनाउन र सकारात्मक दिशातर्फ परिवर्तन गर्न सकिन्छ। त्यसैले यी तमाम समस्याहरूको दीर्घकालीन समाधान खोज्ने बेला आइसकेको छ।

के देशमा साना र गुणस्तरीय निजी विश्वविद्यालय नभएर हो ?

नेपालको उच्च शिक्षा प्रणाली चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। साँच्चै भन्नुपर्दा यहाँको शिक्षा प्रणाली गम्भीर दुर्घटनाको डिलमा पुगेको छ। यसले गर्दा क्षमतावान् र प्रतिभाशाली विद्यार्थी विदेशमा पलायन हुनु देशका लागि ठूलो चिन्ताको विषय हो किनभने अध्ययन र अध्ययनपछिका अवसरहरू अभावमा उनीहरू देश फर्कन सक्दैनन्। विदेश देश जस्तो हुनै सक्दैन। विदेशमा गएर गरिने कर्मले देशको भकारी भरिँदैन। प्रतिभाशाली व्यक्तिहरूको अभावमा देशले काँचुली फेर्न सक्दैन। यो विषयलाई अझै पनि गम्भीरतापूर्वक सोचिएन भने देश दुर्घटनामा जाने निश्चितप्रायः छ।

 सन् १९९० को दशकसँगै युजिसीले स्पष्ट र विस्तृतरूपमा मार्गनिर्देशन गरेसँगै यो शिक्षा प्रणालीले गति प्रदान गरेको थियो। त्यसैगरी बाह्रौँ शिक्षा नीति (सन् २०१२—२०१७) तथा नयाँ शिक्षा नीति (एनइपी) २०२० ले स्वायत्त कलेजको विस्तारलाई थप समर्थन गरेको पाइन्छ। 

त्यसैले देशलाई दुर्घटनाबाट बचाउन र यी विषयलाई सम्बोधन गर्न जरुरी छ। यसका लागि देशले सशक्त पाठ्यक्रम निर्माण गर्न र विशिष्ट विषयहरूमा विशेषज्ञता हासिल गर्न सक्ने साना विश्वविद्यालयहरू स्थापना गर्न ध्यान केन्द्रित गर्नुपर्छ। यी संस्थाले नै उच्च गुणस्तरीय शिक्षा प्रदान गर्न, समुदायलाई मजबुत बनाउन, औद्योगिक केन्द्र निर्माण गर्न र देशको चौतर्फी विकासका निम्ति योगदान दिन सामथ्र्य राख्छन्। यो कुरा कुनै कल्पना गरेर भनिएको होइन, विश्वमा शैक्षिक क्षेत्रमा युगान्तकारी परिवर्तन गर्न सफल देशहरूलाई हेरेर तथ्यमै टेकेर भनिएको हो। साना विश्वविद्यालयले सफलतापूर्वक कसरी यी लक्ष्य हासिल गरेका छन् भन्ने कुरा संसारभरका उदाहरणले प्रमाणित गरिसकेका छन्।

जस्तो कि भर्मन्टको बेनिङ्टन कलेजले विद्यार्थीलाई आफ्नै अध्ययन पाठ्यक्रमहरू डिजाइनका लागि प्रोत्साहित गरेको पाइन्छ। त्यहाँ विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहने विषयप्रति अधिकतम् अभिरुचि जगाइन्छ र विशिष्ट क्षेत्रहरू छनोट गर्न लगाइ धेरै भन्दा धेरै अभ्यासका निम्ति पे्ररित गरिन्छ। साथै त्यहाँ अध्ययनरत आठ सय विद्यार्थीलाई स्वनिर्देशित शिक्षामा सहभागी गराई त्यहाँको निकट समुदायहरूमा जोड्दै समाजसापेक्ष गतिशील शिक्षाका निम्ति उत्प्रेरित गरिन्छ। त्यस्तै क्यालिर्फोिर्नयाको क्लेरेमोन्टमा अवस्थित हार्वे मुड कलेजले आफ्ना नौ सय विद्यार्थीलाई कडा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यस कलेजले शिक्षण क्रियाकलापलाई बढी भन्दा बढी अन्तरक्रियामूलक बनाउन र सहयोगमैत्री शैक्षिक वातावरणमा जोड दिँदै आइरहेको छ।

संख्यात्मक दृष्टिले हेर्दा यहाँ अध्ययनरत विद्यार्थी थोरै रहे पनि विद्यार्थी र संकायबीचको घनिष्टता र प्राज्ञिक वातावरण लोभलाग्दो छ। यस कलेजले हातैमा प्रतिफल दिने सिकाइ र खोज अनुसन्धानमूलक शैक्षिक क्रियाकलापका माध्यमबाट विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित जस्ता विषयमा विद्यार्थीको भविष्यको सुनिश्चित आधारशीला निर्माणमा विशेष जोड दिने गरेको छ। के नेपालमा पनि यस किसिमको शैक्षिक मोडलहरूको प्रयोग गरी शैक्षिक कार्यक्रमहरूलाई अगाडि बढाउन नसकिने हो र ? पक्कै पनि सबैबाट दृढ इच्छाशक्ति प्रदर्शन गर्न सकेमा नेपालले यस किसिमका महत्वाकांक्षी शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्न सक्छ।

हाम्रो शिक्षा प्रणालीले देशमा केही छैन भनी निराशा बाँड्नु हुँदैन, सम्भावना खोज्नुपर्छ। अब पोसाकमा झल्काउने राष्ट्रवाद होइन, यही माटोमा जीवन र उज्यालो भविष्य खोज्ने राष्ट्रवाद हामीलाई चाहिएको छ यो कुरा विद्यमान शिक्षा प्रणालीबाट सम्भव छैन, यसका लागि नयाँ शिक्षा पद्धति आत्मसात गर्नैपर्छ। इच्छा र आँट भए यो कुनै टाढाको सपना होइन।

नेपालले पनि अबको उच्च शिक्षा प्रणालीलाई व्यवस्थित गर्दै साना विशिष्टीकृत विश्वविद्यालयहरूको स्थापनामा जोड दिनुपर्छ। यस्ता विश्वविद्यालयको माध्यमबाट नेपालले धेरै भन्दा धेरै फाइदा लिन सक्छ। हजारौँ विद्यार्थी भर्ना गरेर शैक्षिक बेरोजगार उत्पादन गर्ने र युवालाई विदेश पलायन गराउने कारखाना बनेका विश्वविद्यालयहरू भन्दा साना तर गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयले स्थानीय अर्थतन्त्रलाई चलायमान र बलियो बनाउन मद्दत गर्र्नुका साथै समाजका आवश्यकता पूरा गर्न सामथ्र्य राख्न सक्छन्। विश्वभर सान्दर्भिक र गुणस्तरीय शिक्षाका माध्यमबाट आफ्ना शैक्षिक लक्ष्य र उद्देश्यहरू पूरा गर्न सफल साना विश्वविद्यालयहरूबाट प्रेरणा लिएर नेपालले पनि प्रतिभाशाली संस्थाहरूको बृहत् सञ्जाल बनाउन सक्छ। वास्तवमा राज्यले देशको नवप्रवर्तन गर्न चाहन्छ भने देशको माटो र हावापानी सुहाउँदो गरी गुणस्तरीय शिक्षाको बाटो अवलम्बन गर्न जरुरी छ। साना र विशिष्टीकृत शिक्षा दिने संस्थाहरूले नै यो आवश्यकतालाई छोटो समयमै पूरा गर्न सक्छन्। यसका लागि राज्यले धेरै लगानी र धेरै खर्च पनि गर्नुपर्दैन। नेपालका लागि यो अवधारणा नै सबै भन्दा सन्तुलित र व्यावहारिक दृष्टिकोण बन्न सक्छ। यसबाट नै व्यक्तिगत आकांक्षा र समाजिक आवश्यकताहरूको गहिरो खाडल पुर्न सकिन्छ र देशलाई उज्यालो भविष्यतर्फ डो¥याउन सहयोग गर्छ।

नेपालमा किन स्वायत्त कलेजहरू खुल्न सकेका छैनन् ?

कुनै पनि देशमा राजनीतिक वा अन्य कुनै हस्तक्षेप र नियन्त्रणले शैक्षिक क्षेत्र प्रभावित भएसम्म शिक्षा क्षेत्रमा आशातीत प्रगति हुन सक्दैन। यो कुरालाई हेर्न हामीले धेरै परको उदाहरण दिनुपर्दैन, हाम्रै छिमेकी देश भारतले उच्च शिक्षाका क्षेत्रमा निरन्तर प्रगति गर्दै गइरहेको छ। भारतमा सन् १९७० को दशकबाट शैक्षिक स्तर र गुणस्तरीयता सुधारका निम्ति शिक्षा प्रणालीलाई स्वायत्त बनाउने प्रस्ताव पेस गरिएको थियो। सोहीअनुरूप भारतीय शिक्षासम्बन्धी राष्ट्रिय नीति १९८६ ले यस विषयमा अझ बढी जोड दिएको पाइन्छ। सन् १९९० को दशकसँगै युजिसीले स्पष्ट र विस्तृतरूपमा मार्गनिर्देशन गरेसँगै यो शिक्षा प्रणालीले गति प्रदान गरेको थियो। त्यसैगरी बाह्रौँ शिक्षा नीति (सन् २०१२—२०१७) तथा नयाँ शिक्षा नीति (एनइपी) २०२० ले स्वायत्त कलेजको विस्तारलाई थप समर्थन गरेको पाइन्छ। यी विभिन्न चरणमा स्वायत्तता प्रदान गर्न भएका प्रयासहरूले भारतको शिक्षा प्रणालीलाई नवप्रवर्तन गर्न र उच्च शैक्षिक मापदण्डहरू विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यसले गर्दा विभिन्न कलेजले स्वायत्त किसिमले आफ्ना पाठ्यक्रम निर्माण गरी व्यावहारिक र उपयुक्त शिक्षण विधिका माध्यमबाट शैक्षिक गुणस्तर वृद्धि गर्न तथा स्नातक तहको शिक्षाबाटै सिपमा आधारित दक्ष जनशक्ति निर्माण गर्न सफल भएका छन्।

शिक्षकहरूको यही व्यावसायिक मानकको एउटा महत्वपूर्ण आधारका रूपमा एकीकृत बि.एड कार्यक्रम र सन् २०३० सम्मका लागि न्यूनतमरूपमा डिग्रीसम्मको शैक्षिक योग्यताको मापदण्डलाई अगाडि सारेको छ। त्यस्तै स्थानीय तह, प्रदेश र राष्ट्रिय स्तरमा फरक फरक किसिमको व्यावसायिक पाठ्यक्रम र शिक्षकको शैक्षिक स्तर वृद्धिमा जोड दिएको पाइन्छ।

यी माथि उल्लिखित विभिन्न तथ्य र आधारबाट हेर्दा नेपालमा पनि कलेजहरूलाई स्वायत्तता प्रदान गर्नु उपयुक्त र व्यावहारिक नै देखिन्छ। नेपालमा पनि कलेज र विश्व विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न, अनुगमन र मार्गनिर्देशन गर्न विश्वविद्यालय अनुदान आयोग (युजिसी) क्रियाशील छ। नेपालका कलेज र विश्वविद्यालयहरूको गुणस्तर नियमनलाई प्रभावकारी बनाउन सक्ने हो भने स्वायत्त कलेजहरूले शिक्षाका क्षेत्रमा राम्रो प्रतिफल दिने कुरा निर्विवाद छ। शिक्षामा स्वायत्तता दिनु कुनै पनि लोकतान्त्रिक मुलुकका निम्ति सुन्दर पक्ष पनि हो। नेपाल आफैँमा लोकतन्त्रको अभ्यासमा अगाडि बढिरहेको देश हो। विविधता यसको सौन्दर्य भएकाले विविध किसिमका सुदृढ पाठ्यक्रमहरू निर्माण गरेर परीक्षाका व्यवस्थित मोडलहरू पहिचान गरी कार्यान्वयनमा ल्याउन सके शैक्षिक गुणस्तर विकासमा आमूल परिवर्तन गर्न सकिन्छ। हाम्रो शिक्षा प्रणालीले देशमा केही छैन भनी निराशा बाँड्नु हुँदैन, सम्भावना खोज्नुपर्छ। अब पोसाकमा झल्काउने राष्ट्रवाद होइन, यही माटोमा जीवन र उज्यालो भविष्य खोज्ने राष्ट्रवाद हामीलाई चाहिएको छ यो कुरा विद्यमान शिक्षा प्रणालीबाट सम्भव छैन, यसका लागि नयाँ शिक्षा पद्धति आत्मसात गर्नैपर्छ। इच्छा र आँट भए यो कुनै टाढाको सपना होइन।

भारतको नयाँ शिक्षा पद्धतिबाट ग्रहण गर्न सकिने केही पक्ष भारतको राष्ट्रिय शिक्षा नीति २०२० लागु हुने सन्दर्भमा पनि यसका सकारात्मक र नकारात्मक पक्षहरूका बारेमा निकै बहस र छलफल भएका थिए। साथै यसको कार्यान्वयनका पक्षलाई लिएर थुप्रै शंका र आलोचना पनि नभएका होइनन् तैपनि भारतका सबै राज्यमा यसको सफल सुरुवात भइसकेको छ। यसले शिक्षाका बहुआयामिक क्षेत्रमा परिमार्जन र परिष्कार गरेको छ। लचकता र उदारतासहितको बहुअनुशासनात्मक उच्च शिक्षा प्रणाली सिर्जना गर्ने लक्ष्य राखेको यो शिक्षा नीतिले व्यावसायिक पाठ्यक्रमसहितका कलेज र विश्वविद्यालयहरू स्थापना गर्ने प्रस्ताव गरेको छ। साथै यस शिक्षा नीतिले शिक्षक तालिम र शिक्षकको व्यावसायिक दक्षता विकासमा पनि उत्तिकै जोड दिएको पाइन्छ। यसले शिक्षकहरूका लागि राष्ट्रिय व्यावसायिक मानक (एनपिएसटी) स्थापनाको प्रस्तावसमेत गरेको छ।

वास्तवमा यो समस्या र चुनौती संसारभरका पश्चिमा वा एसियाली देशहरूका निम्ति टाउको दुखाइको विषय बनेको हुँदा नेपाललगायत समस्याग्रस्त सबै देश मिलेर समस्याको निराकरण गर्नुपर्ने आवश्यकता देखिएको छ।

शिक्षकहरूको यही व्यावसायिक मानकको एउटा महत्वपूर्ण आधारका रूपमा एकीकृत बि.एड कार्यक्रम र सन् २०३० सम्मका लागि न्यूनतमरूपमा डिग्रीसम्मको शैक्षिक योग्यताको मापदण्डलाई अगाडि सारेको छ। त्यस्तै स्थानीय तह, प्रदेश र राष्ट्रिय स्तरमा फरक फरक किसिमको व्यावसायिक पाठ्यक्रम र शिक्षकको शैक्षिक स्तर वृद्धिमा जोड दिएको पाइन्छ।

त्यसैले यस आलेखको सुरुमा भनिए जस्तै नेपालको वर्तमान शैक्षिक प्रणाली साँच्चै नै कठिन मोडमा उभिएको छ। यो कुरालाई विभिन्न सर्वेक्षणले पनि पुष्टि गरेका छन्। उदाहरणका रूपमा सन् २०२१ मा गरिएको आर्थिक सर्वेक्षणले नेपालको शिक्षा प्रणालीलाई चिन्ताजनकरूपमा प्रस्तुत गरेको थियो। उक्त सर्वेक्षणले कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये दुईतिहाइ भन्दा बढी विद्यार्थी कक्षा १२ पुग्नुअगावै विद्यालय छाड्ने तथ्य अगाडि सारेको छ। यो सर्वेक्षणमा कक्षा १० सम्म विद्यार्थीले अध्ययनलाई कायम राख्ने दर पनि समस्याग्रस्त नै रहेको बताइएको छ। कक्षा १० सम्म आइपुग्दा ३६ प्रतिशत विद्यार्थीले विद्यालय छाड्ने अवस्था देखाइएको छ।  

अब उच्च शिक्षा पढेर कोरिया जानेखालको शिक्षा होइन, आफ्नै खोरियामा केही गर्न सक्ने किसिमको शिक्षा आवश्यक पर्छ। यसका लागि नेपाल जस्तो देशमा माथि भनिए जस्तै साना र गुणस्तरीय स्वायत्त विश्वविद्यालय स्थापना गर्नु नै उचित समाधान हुन सक्छ। 

यी विभिन्न तथ्याङ्क हेर्दा नेपालको शिक्षा प्रणालीमा पक्कै पनि केही न केही खोट छ भएको सहजै भन्न सकिन्छ। यसका लागि सुधारको पहिलो प्रयासका रूपमा बीचैमा विद्यालय छाड्ने विद्यार्थीका लागि वैकल्पिकरूपमा उनीहरूका इच्छा, चाहना र क्षमताअनुसार, जस्तै– वायरिङ, प्लम्बिङ, निर्माण, मेकानिकलसम्बन्धी वा अन्य यस्तै सिपमा आधारित व्यावसायिक शैक्षिक कार्यक्रमहरू विकास गर्नुपर्छ। यस्तै देश विकासमा योगदान दिन सक्ने व्यावहारिक शैक्षिक कार्यक्रमहरू तर्जुमा गरी बीचैमा विद्यालय छाड्ने प्रवृत्ति निरुत्साहित गर्नुपर्छ र सिपमा आधारित शैक्षिक कार्यक्रमहरूको सुनिश्चितता गर्नुपर्छ। वास्तवमा यो समस्या र चुनौती संसारभरका पश्चिमा वा एसियाली देशहरूका निम्ति टाउको दुखाइको विषय बनेको हुँदा नेपाललगायत समस्याग्रस्त सबै देश मिलेर समस्याको निराकरण गर्नुपर्ने आवश्यकता देखिएको छ।

वास्तवमा आफ्नै मातृभूमिमा जागिर वा गुणस्तरीय शिक्षाको सहज पहुँच र अवसर भएमा अन्य देशमा पलायन हुने रहर शायद कसैलाई हुँदैन। त्यसैले अबको शिक्षा प्रणाली आफ्नै छानामुनि बसेर, आफ्नै बारीको साग खाएर ग्रहण गर्न सकिने व्यावसायिक, व्यावहारिक, सिपमूलक र प्रविधिमा आधारित हुनुपर्छ। अब उच्च शिक्षा पढेर कोरिया जानेखालको शिक्षा होइन, आफ्नै खोरियामा केही गर्न सक्ने किसिमको शिक्षा आवश्यक पर्छ। यसका लागि नेपाल जस्तो देशमा माथि भनिए जस्तै साना र गुणस्तरीय स्वायत्त विश्वविद्यालय स्थापना गर्नु नै उचित समाधान हुन सक्छ। 

प्रकाशित: ९ भाद्र २०८१ ११:०६ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School