बिएम हेगडे : जनताका डाक्टर : RajdhaniDaily.com

बिएम हेगडे : जनताका डाक्टर : RajdhaniDaily.com


रोग ठीक हुने आशाका साथ विरामी अस्पताल जान्छ, तर उसको रोग ठीक हुने त कता हो कता उल्टो अनेक रोगहरु लिएर घर फर्किन्छ । एउटा जम्बोजेट बिमान खस्यो भने संसारभरि खबर बन्दछ । २–२ महिनासम्म टेलिभिजनहरुका लागि मसला बन्दछ । तर अमेरिका जस्तो विकसित देशमा मात्र हरेक हप्ता चार–चार जम्बोजेटका यात्री बराबरका विरामीहरु चिकित्सकले पैदा गरेको रोग आइएट्रोजेनेसिस (डक्टर इन्डिउस्ड इलनेस)बाट मरिरहेको छन् । गरीब देशहरुमा त स्थिति झनै भयावह छ । स्वास्थ्य सेवामा भएको चरम कर्पोरेटिकरणका कारण विरामी बचाउने नाममा मार्ने काम भैरहेको छ ।

यो भनाइ हो प्रसिद्ध हृदयरोग विशेषज्ञ तथा बैज्ञानिक प्रा. डा. बेल्ले मोनप्पा हेगडेको । डा. बेल्ले मोनप्पा हेगडे (बिएम हेगडे) को जन्म १८ अगस्ट, १९३८ मा भारतको पंगाला, कर्नाटकमा भएको थियो । उनी एक प्रसिद्ध हृदयरोग विशेषज्ञ हुन् । स्टेनली मेडिकल कलेज, मद्रासबाट एमबीबीएस तथा किंग जॉर्ज मेडिकल कलेज, लखनऊबाट एमडी गरेका हेगडेले रोयल कलेज अफ फिजिशियन, लन्डन, ग्लासगो, एडिनबर्ग र डबलिनबाट एफआरसीपी उपाधि पाएका छन् । उनीसँग अन्तर्राष्ट्रिय स्तरको उपाधि एफएसीसी र एफएएमएस पनि छ । उनले हार्वर्ड मेडिकल स्कूल अमेरिकाबाट हृदय रोगमा विशेष प्रशिक्षण पनि प्राप्त गरेका छन् । मणिपल विश्वविद्यालयका कुलपति समेत भएका डा. हेगडे एक लेखक पनि हुन् । उनले स्वास्थ्य विषयमा अनेक किताबहरु लेखेका छन् । पद्यम भुषण र पद्यम विभुषणबाट सम्मानित डा. हेगडे थुप्रै विश्व विद्यालय तथा स्वास्थ्य संस्थासँग आवद्ध छन् । ८६ वर्षको उमेरमा पनि उनी सक्रिय छन् । डा. हेगडेले नियमित स्तम्भ लेखेर वा टक शोमा भाग लिएर जनतालाई स्वास्थ्य चेतना जगाउन लागिपरेका छन् । उनले वर्तमान चिकित्सा, अनुसन्धान, औषधि तथा फार्म कम्पनीहरूको लूटका ’boutमा प्रकाश पार्ने कार्य गर्दै आएका छन् । भारतमा उनी जनताका डाक्टरको रुपमा लोकप्रिय छन् ।

डा. हेगडे भन्छन्, ‘स्वास्थ्यप्रति सजगता र स्वास्थ्यको हेरचाह नै प्राथमिक चिकित्साको उपयोग हो । सबैले बुझ्नु पर्ने कुरा के भने रोग उपचारका नाममा अनावश्यक चिकित्सा र शल्यक्रियाबाट बच्न आवश्यक छ । उनले अगाडि भन्छन्, हो, सुधारात्मक उद्देश्यहरूका लागि मात्र शल्यक्रिया उपयोग गर्नुपर्छ । जस्तो कि यदि एक बालक प्वाल भएको मुटु लिएर जन्मिन्छ भने यसका लागि शल्यक्रिया गर्न आवश्यक हुन्छ ।

उनले भनेका छन् कि मानिसहरुलाई यो विश्वास दिलाउन आवश्यक छ कि औषधिको गोलीबाट राहत त मिल्छ तर हरेक व्यक्तिले याद राख्नु पर्छ कि हरेक रोगका लागि एक एक औषधिको गोली छ । उनी भन्छन्, यदि सिरदर्द भएको छ भने तपाईको रक्तचाप बढ्को हुन सक्दछ । अनि तपाई चेकअप गर्नको लागि डाक्टरकहाँ जानुहुन्छ, यसको अर्थ यो हो कि तपाईले आफुलाई एक विरामी ठान्नु भएको हुन्छ । तर आफुलाई एक विरामी ठानेपछि तपाईको पहिलाको स्थिति फिर्ता आउँदैन । त्यसैले यसको सट्टा पाँच पटक लामो र गहिरो सांस लिने एक सरल प्राणायामले सिरदर्दमा तुरुन्त राहत मिल्न सक्दछ । यसको तात्पर्य यो हो कि हरेक स्वास्थ्य समस्याहरुका लागि औषधि आवश्यक छैन ।

डा. हेगडेले स्वस्थ र आनन्दमय जीवनका लागि प्राकृतिक जीवनशैलीमा जोड दिने गर्दथे

औषधि प्राकृतिक कुरा होइन, यसलाई शरीरले सहजरुपमा ग्रहण गर्दैन । जस्तो कि मानिसले फलफूल खाए भने लिभरले (कलेजो) त्यसलाई सहजरुपमा लिन्छ । अनि पाचनक्रियाका लागि अघि बढाउँछ । तर मानिसले औषधि खाए भने कलेजोले त्यसलाई सहजरुपमा ग्रहण गर्दैन । होइन यो के हो ? विष त होइन ? सशंकित हुन्छ । अनि शरीरबाट बाहिर फ्याँक्ने पक्रियामा जान्छ । तब चिकित्सकले अर्को बिकल्प अपनाउँछन् र औषधिलाई सिधै नशाबाट रगतमा पुराउँछन् । उनी अगाडि भन्छन्, कतिपय अवस्थामा औषधि आवश्यक परेता पनि औषधिले नै हरेक रोगहरु ठिक गर्न खोज्नु स्वास्थ्यको बजारिकरणको उपज हो । उनको तर्क छ, चिकित्सकले केही क्षण विरामीसँग कुरा गरेर उसको कतिपय समस्याहरु ठिक हुन्छन् भने किन औषधि दिने ?

डा. बिएम हेगडे साइक्याट्रिक ड्रग्सका जबरजस्त विरोधी हुन् । तर उनले विरोधका लागि विरोध भने पक्कै गरेका होइनन् । उनले वैज्ञानिक तथ्यमा टेकेर नै विरोध गरेका छन् । वास्तवमा उनले सही कुरा गरेका छन् । मनोवैज्ञानिक समस्याहरुका लागि औषधिले कुनै काम गर्दैन । एक पटक सोच्नुहोस् त । यस संसार कुनै यस्तो व्यक्ति छ जसलाई पहिलो चोटि भाषण गर्न डर लाग्दैन ? के भाषण गर्न डराउने कुनै मानिस औषधि खाएर निर्धक्क भाषण गर्न सक्दछ ? वास्तवमा यो मस्तिष्क रसायनको विकार होइन । मानिसको प्राकृतिक भावनाहरुलाई मस्तिष्क रसायन असंतुलनको रुपमा पुनः परिभाषित गर्ने ठूला फार्माहरुको बदनियतपुर्ण चलखेल हो । यो खेल ठुला फार्मा कम्पनीद्वारा खेलिने धेरै खेलहरु मध्य एक हो ।

सामाजिक फोबिया तथा भाषाणको भय लगायतका थुप्रै तथाकतिथ मानसिक रोगहरुलाई या त पैदा गरिएको छ, या त नयाँ ब्राण्डका रुपमा पुनः स्वास्थ्य क्षेत्रमा भित्राइएको छ भने उच्च रक्तचाप, अस्टियोपोरोसिस, मधुमेह, थाइरोडिज्म, उच्च कोलेस्टोल, चिन्ता तथा डिप्रेसन आदि जस्ता समस्याहरुमाथि चलखेल गरेर औषधि खान नपर्ने व्यक्तिलाई पनि औषधिको लती बनाउने कुकर्म भइरहेको छ ।

हो, उहिलेदेखि नै डा. हेगडे जस्ता जान्ने–बुझ्ने सचेत मानिसहरुले यस्ता झुटा रोगहरु र मेडिकल माफियाको षडयन्त्र विरुद्ध आवाज बुलन्द गरिरहेका छन् । आम नागरिकहरुलाई सजग र सचेत बनाइरहेका छन् । तर पनि आर्थिक र राजनीतिकरुपमा बलिया विश्वका मेडिकल माफियाहरु एकजुट भएर नयाँ–नयाँ रोगहरु जन्माउने र पुनः नयाँ नाम दिएर बजारमा भित्राउने क्रम चलिरहेको छ । जसका कारण मेडिसिनको बजार तीब्र गतिमा बिस्तार भैरहेको छ ।

डा. हेगडे आगडि भन्छन्, लामो समयसम्म साइक्याट्रिक औषधि सेवन गर्ने हो भने अल्जाइमर्स (डिमेन्सिया) हुने पक्का छ । उनका अनुसार विश्वमा अल्जाइमर्स डिमेन्सिया बढ्नुमा साइक्याइट्रिक औषधिको ठुलो हात छ ।

हिजोआज अल्जाइमर्स (डिमेन्सिया) निकै बढेको छ । पहिला पहिला बुढेसकालमा (६० वर्षपछि) देखिने यस समस्या अहिले ४०, ५० वर्षका व्यक्तिहरुमा पनि देखिन थालेको छ । डा. बिएम हेगडेले भनेझैं कतिपय साइक्याट्रिक औषधिहरुको सेवनले अल्जाइमर्सको जोखिम दोब्बर हुने अध्ययनहरुले देखाएका छन् । युवा कालमा नै डिप्रेसन जस्ता मानसिक समस्याहरुको उपचारका लागि साइक्याट्रिक औषधिहरु लामो समयसम्म सेवन गर्दा ४०, ५० वर्षको उमेरमा नै अल्जाइमर्स हुने खतरा रहन्छ ।

स्वास्थ्य सेवामा भएको चरम कर्पोरेटिकरणका कारण विरामी बचाउने नाममा मार्ने काम भैरहेको छ

अल्जाइमर्स भनेको एक प्रकारको डिमेन्सिया हो । डिमेन्सिया मस्तिष्कमा लाग्ने एक प्रकारको स्नायुरोग हो । डिमेन्सियाको प्रमुख लक्षण भनेको बिर्सने अर्थात स्मरणशक्तिमा ह्रास आउँदै जाने हो । डिमेन्सियामा विभिन्न लक्षणहरु देखिन्छन् । जस्तै तर्क विर्तक गर्न नसक्ने, बुझ्न र बुझाउने क्षमतामा ह्रास आउने, दैनिक काममा असर गर्ने आदि । यी समस्याका कारण मानिसको दैनिक दिनचर्यामा नै बाधा पुग्ने हुन्छ ।

डिमेन्सियाका धेरै प्रकार मध्य अल्जाइमर्स एउटा हो । एक सय जनामा डिमेन्सियाको समस्या छ भने ५० देखि ७० जनामा अल्जाइमर्सको समस्या हुन्छ । अल्जाइमर्स डिमेन्सिया विशेषगरी ६० वर्षभन्दा माथिको उमेरमा देखिन्छ । जतिजति उमेर बढ्दै गयो यो समस्यामा सामान्य भन्दा बढी नै बिर्सिने समस्या बढ्ने हुन्छ । अरुमा भर पर्दै जाने अवस्था हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक ३ मिनेटमा एक जनामा डिमेन्सियाको समस्या डाइग्नोस हुन्छ । यो आधारमा हेर्दा डिमेन्सियाको समस्या बढ्दै गएको भन्न सकिन्छ । डिमेन्सियाको संख्या बढी हुनु भनेको अल्जाइमर्स डिमेन्सियाको समस्या पनि बढी हुनु हो ।

डा. बिएम हेगडे भन्छन्, चिकित्सक भनेको खाली सहजकर्ता मात्र हो । असली चिकित्सक भनेका त मानिसको आफ्नै शरीर हो । हरेक प्राणीको शरीरमा चिकित्सक हुन्छ, जसले रोगहरुबाट जोगाउने र रोग लागेको खण्डमा त्यसलाई ठिक पार्ने काम गदर्छ । त्यो हिलरको नाम हो, इम्युन सिस्टम(प्रतिरोधक प्रणाली) ।

इम्युन सिस्टम मजबुत र शक्तिशाली भए नै मानिस स्वस्थ जीवन बाँच्न सक्दछ । डा. हेगडेले वैज्ञानिक तर्क दिँदै भन्छन्, बिहान सूर्योदय अघि उठ्ने र सूर्यास्त अघि नै भोजन गर्ने । वनस्पतीजन्य भोजन गर्ने, बिहान पैतल यात्रा गर्ने तथा सबैलाई प्रेम गर्ने व्यक्तिको नै इम्युन सिस्टम मजबुत र शक्तिशाली हुन्छ र ऊ निरोगी रहन्छन् । यो नै प्राकृतिकको नियम हो । जसले प्रकृतिको नियम उलंगन गर्छ, ऊ निश्चित रुपमा सजायको भागी हुन्छ । प्रकृतिको नियममा कुनै भेदभाव छैन । धनी होस् वा गरीब नियम उलंगन गरे सजाय हुन्छ । न छानबिन न बहस, सिधा फैसला ।

स्वस्थ र आनन्दमय जीवनका लागि प्राकृतिक जीवनशैलीमा जोड दिने डा. हेगडेले स्वास्थ्यसँग सम्बधित थुप्रै किताबहरु पनि लेखेका छन् । यु क्यान बि हेल्दी, लिभ हेल्दिअर लिभ लंगर, होलिष्टि लिभिङ तथा ह्वाट डक्टर्स डन्ट गेट टु स्टडी इन मेडिकल स्कुल आदि प्रमुख हुन् ।

(Visited 10 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School