बालेन बलजफ्तीविरुद्ध सुनिताको सौम्य प्रतिरोध

बालेन बलजफ्तीविरुद्ध सुनिताको सौम्य प्रतिरोध


एक साताअघि मात्र ब्राजिलको साओ पाउलोमा विश्वभरिका मेयरका सामुन्ने नगरको व्यवस्थापन सहकार्य र समन्वयबाट सम्भव रहेको ‘भाइरल भाषण’ गरेर फर्केका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह आफ्नै महानगरमा भने ‘एकलौटी निर्णय’ले एक्लिँदै छन्।

अघिल्लो आइतबार सुरु भएको महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले वहिष्कार गरेको भन्दै असार १० गतेसम्मका लागि स्थगन गरेर ब्राजिल हिँडेका मेयर शाह उता ‘आदर्श’ भाषण गरेर फर्कंदा पनि आफ्नै सहकर्मीसँग सहकार्य गर्न असफल देखिए।

स्वतन्त्र रूपमा मेयरको उम्मेदवार भएर जितेका शाहको कुनै दलसँग आबद्धता छैन। तर महानगरका वडाध्यक्ष र सदस्य भने दलीय आधारमा निर्वाचित छन्।

विश्वका ठुला महानगरहरूबीच सहयोग, संवाद, ज्ञान र समस्या समाधानका उपाय आदानप्रदान गर्ने, सामूहिक आवाज उठान गर्ने अन्तर्राष्ट्रिय संस्था मेट्रोपोलिसका सदस्य शाहले साओ पाउलोमा दिएको अभिव्यक्तिको स्वदेशमा मात्रै नभई विदेशी सञ्चारमाध्यमले पनि खुलेर तारिफ गरेका थिए। तर यता स्थगनपछि सोमबार बसेको महानगरको अधिवेशन बैठकमा मेयर शाहको आलोचना रोकिएन।

स्वतन्त्र रूपमा मेयरको उम्मेदवार भएर जितेका शाहको कुनै दलसँग आबद्धता छैन। तर महानगरका वडाध्यक्ष र सदस्य भने दलीय आधारमा निर्वाचित छन्। निर्वाचन भएको दुई वर्षसम्म महानगरमा निर्वाचित वडाध्यक्ष, सदस्य र कर्मचारीको साथ पाएका मेयर शाह पछिल्लो समय आफ्नै अभिव्यक्ति र कार्यशैलीका कारण आलोचित हुँदै गएका छन्।

बैठकमा उपमेयर डंगोलले सिधै मेयर शाहलाई आक्रमण त गरिनन् तर उनको अभिव्यक्ति र कार्यशैलीको घुमाउरो तरिकाबाट आलोचना गरिन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।

विगतमा मेयर शाहको आलोचना एकाध वडाध्यक्ष र सदस्यले गर्थे तर नगरसभाको १५औं अधिवेशनको दोस्रो र तेस्रो बैठकसम्म आइपुग्दा अधिक वडाध्यक्ष उनको विरोधमा देखिए। मेयर शाहलाई साथ दिँदै आएको भनिएकी उपमेयर सुनिता डंगोलले समेत भाषण गरेरै सम्झाउनुपर्‍यो। डंगोल एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन्। बैठकमा उपमेयर डंगोलले सिधै मेयर शाहलाई आक्रमण त गरिनन् तर उनको अभिव्यक्ति र कार्यशैलीको घुमाउरो तरिकाबाट आलोचना गरिन्, जुन सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ।

‘पदमा बसिसकेपछि पदको मर्यादालाई विचार राखेर अभिव्यक्ति दिनुपर्छ। सिंहदरबार जलाउँछु भन्नु ठिक हैन। महानगरपालिकाको दरबार जलाउँछु भन्नु पनि ठिक हैन,’ मेयर शाहले केही महिनाअघि दिएको अभिव्यक्तितर्फ इंगित गर्दै उपमेयर डंगोलले सोमबार बसेको नगरसभाको बैठकमा भनिन्, ‘हामीले विचार गरेर बोल्नुपर्छ। किनकि हामीले बोल्ने कुराले संसारभरका युवालाई प्रभावित पारिरहेको हुन्छ।’ उनले जलाउने, भत्काउने, दुःख दिने बाटोमा नलागीकन सबै सहकार्य, समन्वय र सहअस्तित्वको बाटोमा अगाडि बढ्नुपर्ने बताइन्। उनले एकअर्काको अस्तित्व स्वीकार नगरे विकास हैन विनास हुने भन्दै राजनीति गर्नेले व्यक्तिभन्दा पनि माथि उठेर सोच्नुपर्ने बताइन्।

एकाधमा सीमित उनीविरुद्धका विरोधका स्वर संगठित ढंगबाट उठ्न थालेका छन्। त्यसको झिल्को अघिल्लो साताबाट सुरु भएको देखिन्छ।

यसअघि पनि मेयर शाहले वडाध्यक्ष र सदस्यको आवाज नसुनी एकलौटीरूपमा कार्य गर्दै आएको भन्दै फाट्टफुट्ट आलोचना हुँदै अएको थियो। त्यसले बृहत् आकार धारण भने गर्न पाएको थिएन । पछिल्लो समय गिरीबन्धु टी–इस्टेटको जग्गा घोटाला र केपी शर्मा ओलीसँग सामाजिक सञ्जालमा भएको टक्करपछि शाह समस्यामा परेका छन्। एकाधमा सीमित उनीविरुद्धका विरोधका स्वर संगठित ढंगबाट उठ्न थालेका छन्। त्यसको झिल्को अघिल्लो साताबाट सुरु भएको देखिन्छ।

नगरसभाको १५औं अधिवेशनको दोस्रो बैठक सुरु हुनासाथ नेपाली कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले वहिष्कार गरे। मेयर शाहले दलीय आधारमा निर्वाचित जनप्रतिनिधिहरूले बैठक वहिष्कार गरेको भन्दै असार १० गतेसम्मका लागि स्थगित भएको घोषणा गरे। तर अधिक वडाध्यक्षले आफूहरूका कारण नभई मेयर शाहले बैठक स्थगित गरेको दाबी गर्दै आएका छन्। ‘वडा नम्बर १५ का अध्यक्ष इन्द्रमान डंगोल (नेकपा एकीकृत समाजवादी (नेकपा एस), वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर (कांग्रेस) र वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली (एमाले) ले एकै ठाउँमा बसेर नीति तथा कार्यक्रमको विषयमा साझा धारणा बनाउँदै हुनुहुन्थ्यो,’ वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले भने, ‘तर मेयरले समय छैन भन्दै बैठक स्थगित भएको घोषणा गर्नुभयो।’

 ‘हामी विकास विरोधी हैनौं तर हाम्रो वडामा हुने कुनै कार्यमा हामीलाई पनि जानकारी हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर मेयर सहकार्य नगरी अगाडि बढ्दा समस्या आएको छ।’

कांग्रेस, एमाले र नेकपा एसका जनप्रतिनिधि मिलेर आलोचना गरेको विषय मेयर शाहलाई पाच्य भएन। उनले सामाजिक सञ्जालमार्फत एमाले र कांग्रेसको धङधङी बोकेर नगरसभामा नआउन चेतावनी दिए। ‘तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो । काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला,’ शाहले फेसबुकमा लेखे, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने, अनि सार्वजनिक रूपमाचाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगरपालिकाले गर्दैन।’

मेयर शाहले फेसबुकमा यस्तो लेखेपछि दलका तर्फबाट चुनाव चितेका वडाध्यक्ष र उनीबीचको अन्तर्विरोध थप चर्केको हो। वडा नम्ब। २२ का अध्यक्ष महर्जनले विगतमा मेयरको धेरै काममा आफूहरूले सहयोग गर्दै आएको तर मेयर साहको हरेक विषयमा एक्लै निर्णय गर्ने प्रवृत्तिमा सुधार नआएपछि परिस्थिति असहज बनेको बताउँछन्। ‘हामी विकास विरोधी हैनौं तर हाम्रो वडामा हुने कुनै कार्यमा हामीलाई पनि जानकारी हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘तर मेयर सहकार्य नगरी अगाडि बढ्दा समस्या आएको छ।’

वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकाल भने मिलेर जानुको विकल्प नभएको बताउँछन्। ‘नीति तथा कार्यक्रममा छुटेका कुराहरू हामीले मेयरलाई बुझाएका छौं,’ उनले भने, ‘हामीलाई हाम्रा माग सम्बोधन हुने विश्वास छ।’

मेयर शाहले राजनीतिक दलप्रति राखेको पूर्वाग्रहले पनि परिस्थिति बिगारेको महर्जनले बताए। ‘राजनीतिक दलप्रति मेयरको केको धङधङी हो,’ महर्जनले भने, ‘देशमा लोकतन्त्र ल्याउने दलप्रति किन त्यत्रो पूर्वाग्रह ?’

वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकाल भने मिलेर जानुको विकल्प नभएको बताउँछन्। ‘नीति तथा कार्यक्रममा छुटेका कुराहरू हामीले मेयरलाई बुझाएका छौं,’ उनले भने, ‘हामीलाई हाम्रा माग सम्बोधन हुने विश्वास छ।’

आमनागरिकको दलप्रति अविश्वास होइन, दलका नेताप्रति अविश्वास उत्पन्न भएको कतिपयको बुझाइ छ। त्यही भएर काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले निर्वाचित भई नेतृत्व गर्ने परिस्थिति बनेको हो।

दलप्रति आक्रोश पोख्दा अन्ततः स्वतन्त्र मेयर नै कमजोर हुने उनको बुझाइ छ। नगरसभामा दलका प्रतिनिधिले राख्ने धारणा नै दलगत हो। किनकि उनीहरूले त्यसो गरेनन् भने त्यो दलीय सिद्धान्त र मार्गविपरीत हुने ढकाल बताउँछन्।

आफूलाई सर्वशक्तिमान् सम्झेर अरूलाई बोल्न नदिने अभ्यासले नगरपालिकाभित्र सहयोगी वातावरण नबनाउने वडाध्यक्ष ढकाल बताउँछन्। ‘दलबाट चुनाव जितेर आएका प्रतिनिधिले सहयोग नगरेका भए निर्वाचनयता यति धेरै काम गर्न मेयरलाई सहज हुने थिएन,’ उनले भने, ‘समन्वय गरेर अघि बढ्दा समग्र महानगरको हित हुन्छ ।’ दलप्रति आक्रोश पोख्दा अन्ततः स्वतन्त्र मेयर नै कमजोर हुने उनको बुझाइ छ। नगरसभामा दलका प्रतिनिधिले राख्ने धारणा नै दलगत हो। किनकि उनीहरूले त्यसो गरेनन् भने त्यो दलीय सिद्धान्त र मार्गविपरीत हुने ढकाल बताउँछन्।

कतिपय मानिस दलगत रूपमा निर्वाचित दलका कार्यकर्ताका कारण मेयर साहलाई काम गर्न अवरोध भएको बताउँछन्। मेयरलाई काम गर्न नदिए अन्ततः दललाई नै घाटा पर्ने उनीहरू सुनाउँछन्। ‘वडाध्यक्षका कारण मेयर शाहलाई तत्काल काम गर्न असजिलो हो,’ पूर्वमन्त्री दीपक ज्ञवाली भन्छन्, ‘तर यसबाट राजनीतिक रूपमा भने शाहलाई फाइदा हुनेछ।’ दलका कारण काम गर्न नसकेको भन्ने सन्देश उनका तर्फबाट जाने ज्ञवालीको विश्लेषण छ।

प्रकाशित: १२ असार २०८१ ०६:४६ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School