बाढी, पहिरो, डुबान र रोगव्याधी : RajdhaniDaily.com

बाढी, पहिरो, डुबान र रोगव्याधी : RajdhaniDaily.com


लगातारको वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानको सकस बढेको छ । खोलामा जलसतह बढेको छ, राजमार्गहरूमा पहिरो गएको छ, तराईका समथर जमिन डुबानमा परेका छन् । सहरी क्षेत्रका कतिपय सडकमा पानी जमेर आवागमन प्रभावित भएको छ । अविरल वर्षासँगै मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुनेक्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । बाढीका कारण तटीय क्षेत्र डुबानमा परेका छन् । विपद् पोर्टलका अनुसार वर्षापछिको पहिरोका कारण ३६ वटा राजमार्ग अवरूद्ध छन् । वर्षा र बाढीबाट हुनसक्ने क्षतिप्रति सचेत रहन सरकारले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुलुकभर वर्षा भएको छ । लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ ।

गत सालजस्तै यस वर्ष पनि मुलुकभर बाढी तथा पहिरोले वितण्डा मच्चाएको छ । पछिल्लो समय लगातार परेको वर्षाका कारण मुलुकले अनगिन्ती धनजनको क्षति बेहोर्नुपरेको छ । क्षतिको समग्र विवरण आइसकेको छैन । विवरणहरू आउनेक्रममा छ । पानी पर्नेक्रमसमेत रोकिएको छैन । जल तथा मौसम विज्ञान महाशाखाले अझै केही दिन पानी पर्नेक्रम नरोकिने बताइसकेको छ । यसरी मुलुक पुरै पीडा र शोकमग्न अवस्थामा छ । सरकार विपद् व्यवस्थापनमा व्यवस्थित र पूर्वतयारीमा नहुनाले पीडितहरूले दर्दनाक पीडा भोग्नुपरेको छ । बेपत्ता भएकाहरूको खोजी प्रभावकारी हुन सकेको छैन । बाढीले घरबारविहीन भएकाहरूले प्रभावकारी रूपमा राहत पाउन सकिरहेका छैनन् ।

खासगरी कोशी, मधेस र बाग्मती प्रदेश यसपटकको बाढीपहिरोबाट बढी प्रताडित भएको अवस्था छ । यस आलेख तयार गर्दासम्ममा बाढी तथा पहिरोका कारण ३० जनाको मृत्यु भइसकेको छ भने हजारौं घर डुबानमा परेका छन् । १८ जनाभन्दा बढी मानिस बेपत्तासमेत भएका छन् । १ सय ३३ जनाको सफल उद्धार भएको जानकारीमा आएको छ । र, अनगिन्ती मानिसहरू घाइतेसमेत भएका छन् ।

अविरल वर्षाका कारण हामी बाढीपहिरोको संकटमा परेका छौं । मुलुकभर ठूलो वर्षा भएको छ । मनसुन सक्रिय भएसँगै वर्षाले प्राकृतिक विपद् निम्तिएको छ । लगातार वर्षाका कारण मुलुकभर बाढी र पहिरोको सकस भएको छ । खोलामा जलसतह बढेका छन् । जल तथा मौसम विज्ञान विभागले यस वर्ष धेरै वर्षा हुने कुरा पहिले नै बताएको थियो ।

मनसुन सक्रिय भएसँगै भएको वर्षाले प्राकृतिक विपद् निम्तिएको छ

अविरल वर्षासँगै मुलुकका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुनेक्रम बढ्दै गएको छ । तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन् । लामो खडेरीपछिको वर्षाका कारण मौसमी राहत मिलेको भए पनि त्यसले पु¥याएको क्षतिले विपद्को संकेत गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुनी वायु मुलुकभर फैलिएको छ ।

हरेक वर्ष वर्षाको समयमा हामीले ठूलो जनधनको क्षति बेहोर्नुपरिरहेको छ । तर, पूर्वतयारीको पाटोलाई सधैं नजरअन्दाज गर्ने गरेका छौं । त्यसले ठूलो क्षतिको सामना गर्नुपरिरहेको छ । दुई दिनको लगातारको पानीले लुम्बिनी प्रदेशलगायत मुलुकभर ठाउँठाउँमा बाढी, पहिरो, डुबान, कटान भएको छ । बाढी पहिरो गएर जनजीवन प्रभावित भएको छ । भारी वर्षात्को पानीले नदीकिनारमा बसेकाहरू, जोखिमयुक्त स्थानमा बसोबास गरेकाहरू, डुबान हुने ठाउँमा बसोबास गर्नेहरूको बिचल्ली भएको छ भने पहाडमा पहिरो गएर जनधनको क्षति भएको छ ।

बाढीपहिरो र डुबानको चपेटामा हामी परिसकेका छौं । अब राहत र उद्धारतर्फ राज्यको ध्यान जानु जरुरी छ । बाढीपहिरो र डुबानमा परेकाहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्ने प्रबन्ध गर्दै जोखिममा रहेकाहरूलाई स्थानान्तरणको प्रबन्ध गर्न ढिला गर्नुहँुदैन । प्राकृतिक विपद्बाट प्रभावित एवं पीडितहरूको सुरक्षा गर्ने प्रमुख दायित्व हाम्रा सरकार तथा दैवीप्रकोपसँग सम्बन्धित संघसंस्थाहरूको हो । केन्द्रीय विपद् व्यवस्थापन कोष, प्रधानमन्त्री दैवीप्रकोप सहायता कोष, प्रदेश विपद् व्यवस्थापन कोष, जिल्लास्तरीय विपद् व्यवस्थापन कोषजस्ता विपद् व्यवस्थापनका लागि भनेर खोलिएका सरकारी संस्थाहरू र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलाई राहत र उद्धारमा जिम्मेवार भएर खटिने समय आएको छ । विपद्बाट प्रभावितको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ढिलाइ गर्नुहुँदैन । विपद्का बेला तत्काल राहत र उद्धारमा लाग्नुपर्छ ।

पछिल्ला वर्षहरूमा प्राकृतिक विपत्तिको अवस्था बढेको अनुमान गर्न सकिन्छ । त्यसमा हामीहरू नै दोषी देखिन्छौं । प्रकृतिमाथि भइरहेको मानवीय अतिक्रमणले प्राकृतिक विपत्तिलाई बढावा दिएको कुरा कसैले नकार्न सक्दैन । हाम्रो अव्यस्थित विकासको तौर तरिकाका, सहरीकरण, मानिसको अनियन्त्रित र असुरक्षित बसोबास, नदीका प्राकृतिक बहावलाई रोक्ने किसिमका भौतिक संरचना निर्माण, नदीको बहाव क्षेत्र अतिक्रमण, जमिनको अत्यधिक दोहन, रूख बोटबिरुवाको कटानी, अनियन्त्रित तरिकाले पहाडहरू खन्ने कामले प्राकृतिक विपद्लाई प्रश्रय दिएका छौं ।

प्राकृतिक विपद्लाई मलजल गर्ने काम आज हाम्रा गतिविधिले गरेका छन् । हामी सबैलाई थाहा छ, नेपालको भौगोलिक संरचनाका कारण पहाडमा बाढी र पहिरो, तराईमा बाढी, डुबान हुने गर्छ । हरेक वर्ष बाढी, पहिरो, डुबानजस्ता विपद् देशव्यापी बेहोर्नुपरेको छ । तर, त्यसको रोकथाम र नियन्त्रणका लागि पहल गरिएको छैन । जब वर्षा सुरु हुन्छ, अनि बाढी, पहिरो र डुबानको चर्चा सुरु हुन्छ र सम्भावित जोखिम र घटना’bout परिचर्चा सुरु हुन्छ । त्यसपछिको समयमा खास प्रगति हुँदैन । सरकारी बेवास्ताको सिकारले पनि जोखिम न्यूनीकरणमा उल्लेख्य प्रगति नभएको हो । जस्तो– यसै वर्ष पनि बाढीका कारणले २३ जिल्लाका करिब १७ लाख र २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोबाट प्रभावित हुनसक्ने अनुमान छ । अर्थात्, करिब १८ लाख २० हजार बासिन्दा वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा छन् ।

विपद्पछि आउनसक्ने सम्भावित महामारी र रोगव्याधीप्रति अहिल्यै सोचेर पूर्वतयारी गर्नु आवश्यक छ

बाढी तथा पहिरो प्राकृतिक विपत्ति हो । हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकका लागि बाढी तथा पहिरो, भूकम्प आदि महासमस्या नै हो, जति समुन्द्री मुलुकहरूका लागि समुन्द्री आँधी वा सुनामी आउँदा हुने गर्छ । खास गरेर नेपालमा भूकम्पलगायतका अन्य विपत्तिहरूले जे–जति क्षति पु¥याउँदै आएको छ, त्यसभन्दा बढी नेपालीहरूलाई बाढी तथा पहिरोले क्षति दिँदै आएको छ । त्यो पनि लगातार रूपमा, बर्खायाममा । यसरी नेपाल एउटा भौगोलिक रूपमा भूपरिवेष्ठित मुलुक भएका कारण दोहोरो–तेहरो रूपमा प्राकृति विपत्ति सहनुपरेको छ । यसमा कसैलाई पनि दोष दिने ठाउँ छँदै छैन । तर, यस्तो प्रकारको विपत्तिपछि सरकारले जे जसरी सघन रूपमा उद्धार तथा सहयोग गर्नुपर्ने हो, त्यसमा नेपाल सरकारले पनि केही हदसम्म प्रयत्न त गरेको देखिन्छ, तर यो पर्याप्त छैन । अहिले त प्रदेश सरकारहरू पनि छन् । उनीहरूले पनि गर्न खोजेकै जस्तो पनि देखिन्छ ।

यस घडी सहयोगका साथसाथै सरकारले सम्भावित अरू जोखिम कम गर्न जनचेतना जागृत गर्न र सावधानी अपनाउन जरुरी छ । बाढीको पीडाबाट उन्मुक्त गराउन आवश्यक तरिकाहरू जनतालाई सुसूचित गराउन आवश्यक छ । त्यसैगरी, विपद्पछि आउनसक्ने सम्भावित महामारी र रोगव्याधीप्रति अहिल्यै सोचेर पूर्वतयारी गर्नु आवश्यक छ । मुख्यतः जनतालाई यसबेला स्वच्छ पानी, खाना र उपचारको प्रबन्ध हुनुपर्छ ।

सरकारले हालको बाढीबाट पाठसमेत सिक्नुपर्छ । बर्सेनि दोहोरिन पनि सक्ने यस्तो प्रकारको विपद्को दीर्घकालीन व्यवस्थापनतर्फ सरकारले ध्यान दिनु आवश्यक छ । यदि, त्यसो गर्न सकिएन भने आर्थिक रूपमा कंगाल हाम्रो मुलुक झनै गरिबमा दर्ज हुनसक्छ । त्यसकारण सरकारले बाढी तथा डुबानको अहिलेको प्रकोपबाट पाठ सिक्दै यसबाट भविष्यका दिनहरू हुनसक्ने जोखिम घटाउन र त्यसको व्यवस्थापन गर्नतर्फ महŒवपूर्ण कदम चाल्न ढिलो गर्नुहुँदैन । अन्यथा बर्सेनि यसरी आउने बाढी तथा डुबानको प्रकोपले तराईका आधा जनसंख्या घरबारविहीन, रोग, भोकलगायतका अनेकन समस्याबाट निरन्तर प्रताडित भइरहन सक्छन् ।

त्यसैको परिणामस्वरूप आज प्राकृतिक विपद्को सामना गर्नुपरेको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न पछिल्लो असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न सरकारको चुस्त पहल होस् । बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो, सबै सचेत बनौं ।

(Visited 5 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School