बागलुङमा नौ वर्षपछि देखाइयो हनुमान नाच

बागलुङमा नौ वर्षपछि देखाइयो हनुमान नाच


मंगलबार बिहानै बागलुङका नेवार समुदाय बागलुङ नगरपालिका-३ को नारायणचोकमा भेला भए। शिरमा श्रीराम लेखिएको पट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्चर जोडेर हनुमान जस्तै देखिने एक हुल मानिसहरुको दुई-दुई जनाको जोडी बनाएर अखडामा बसे।

बाद्यवादकले वीरतालमा मृदङ्गा बजाएसँगै हनुमानको भेषमा सजिएकाहरु तालमा ताल मिलाएर नाच्न थाले। वीरताल सकिएसंगै नारायणचोक परिक्रमापछि १३ जोडी हनुमान पुनः लामबद्ध भएर बसे। 

त्यसपछि सुरु भयो, नासो देउको पूजा। मृदङ्गावादकले देउता खुसी पार्ने ताल बजाउन सुरु गरेपछि फल्याकमाथि केराको पातमा धूपदीप, अबिर, चामलको अक्षता, फलफूल, नैवेद्य, चोखो जल र गहुँ/चामलको पिठोको रोटी सहित पूजा सामग्री सहित मूल पुजारी बद्रीकुमार श्रेष्ठले पूजापाठ सुरु गरे।

पूजापाठ चलिरहँदा मृदङ्गाको तालसँगै नृत्य गरिरहेका केही हनुमानमा वीर चढ्न (शरीरमा कम्पन आउने) थाल्यो।

बागलुङमा नौ वर्षपछि देखाइयो हनुमान नाच

उनीहरुलाई स्वयंसेवकले नियन्त्रणमा राखेर वितण्डा मच्चाउनबाट जोगाए। उनीहरुसंग केही दर्शकदीर्घामा रहेकाहरुलाई पनि वीर चढ्यो। उनीहरुलाई पनि स्वयंसेवकले नियन्त्रणमा राखे।

देउतालाई बलि दिएर पूजा सकिएपछि पुजारीले वीर चढेका सबैलाई धूप सुँघाएपछि उनीहरु शान्त भए। पूरा सकिएपछि पुजारी, हनुमान सहितको टोली केही पर हनुमान पौवामा पुग्यो, अनि देउताले लिएर फकिएपछि हनुमान नाच सहित बजार परिक्रमा सुरु भयो। पुजारीले सहायक पुजारी विकास श्रेष्ठले देउता लिएर उल्टो यात्रा गरे हनुमान भेषधारीहरु मृदङ्गाको विभिन्न तालमा ताल मिलाउँदै नाच्दै बजार परिक्रमा गरे।

बागलुङमा नौ वर्षपछि देखाइयो हनुमान नाच

यसरी बागलुङमा ९ वर्षपछि हनुमान नाच सुरु भयो। विशेषरी ३ वा ५ वर्षमा निकालिँदै आएको हनुमान नाच यो पटक ९ वर्षमा देखाइएको हो। 

अहिलेबाट सुरु भएको नाच चैतमा लगेर समापन गर्ने हनुमान नाच संरक्षण परिषद्का प्रधान कजी ईश्वरप्रसाद श्रेष्ठले बताए।

‘हामीले आजबाट विविधत पूजा गरेर यसको सुरुवात गरेका छौं,’ उनले भने, ‘भदौंको पहिलो मंगलबार निकाल्ने चलन भए पनि यसपालि गाईजात्रा परेका कारण दोस्रो मंगलबार निकाल्यौँ।’

बिजोर वर्षमा निकाल्नुपर्ने र कोरोना महामारी लगायतका कारणले ९ वर्षसम्म हनुमान नाच निकाल्न नसकिएको उनको भनाई छ। हनुमान नाच नेवार समुदायमा प्रचलित सांस्कृतिक नाच हो। मल्ल राजाको पालामा भक्तपुरबाट सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायले जोगाएर राखेका छन्। 

बागलुङमा नौ वर्षपछि देखाइयो हनुमान नाच

पुर्खाले आफ्नो उद्गमस्थलबाट लिएर आएको धार्मिक संस्कार अनुसार नाच्ने गर्छन्। जनशक्तिको हिसाबले धेरै जना कलाकार आवश्यक पर्ने र आर्थिक रुपमा पनि खर्चिलो हुने गरेको हनुमान नाच निकाल्न सहज नहुने गरेको प्रधानकजी श्रेष्ठ बताउँछन्।

रामायणमा आधारित हनुमान नाचमा लङ्गा दहन लगायतका विभिन्न क्रियाकलाप देखाइन्छ। १३ जोडी, २६ जना हनुमान उत्तिकै समयमा स्वयंसेवक आवश्यक पर्छ। वाद्यवादक, पुजारी र प्रधान कजी र उपप्रधानकजी समेत गर्दा धेरै जनशक्ति आवश्यक पर्छ।

‘आर्थिक हिसाबले पनि खर्चिलो र जनशक्तिको हिसाबले पनि धेरै जना आवश्यक पर्छ, ’प्रधानकजी श्रेष्ठ भन्छन्, ‘यो नाच निकाल्नुपूर्व महिनौँ दिन अभ्यास पनि गर्नुपर्ने हुन्छ।’

हनुमान नाचमा कलाकार बनेर सहभागी हुन सजिलो छैन। कडा अनुशासन र आचार संहिता पालना गरेर मात्रै कलाकार बन्न पाइन्छ। हनुमान नाँचमा सहभागी हुने कलाकारलाई शपथ खुवाएर मात्रै सहभागी गराउने उनले बताए।

‘यस कार्यमा सहभागी हुने सबैले चोखो सुद्धतामा ख्याल गर्नुपर्छ,’ उनले भने, ‘ब्रह्मचार्यमा बस्नुपर्छ। जाँडरक्सी खाने गर्नु हुँदैन।’

यो नेवार समुदायको परम्परा, संस्कृति, धार्मिक मूल्य मान्यतामा आधारित नाच हो। धार्मिक, सांस्कृतिक र चारित्रिक रुपमा ठिक ठाउँमा राख्न पनि यसले सघाउ पुग्ने विश्वासले यो नाचमा सहभागी हुन्छन्।

यसले मनोरन्जनसँगै शारीरिक व्यायाम समेत हुने हनुमान नाच संरक्षण परिषद् बागलुङका प्रथम उपाध्यक्ष युवराज राजभण्डारी बताउँछन्।

बागलुङमा नौ वर्षपछि देखाइयो हनुमान नाच

‘यसका लागि शारीरिक रुपमा पनि बलियो युवा आवश्यक पर्छ,’उनले भने,‘यसबाट प्रशस्त शारीरिक व्यायाम पनि हुने भएकाले शारीरिक रुपमा असक्तले यो नाच्न सक्दैनन्।’

बागलुङमा यो नाच कहिलेबाट देखाउन थालिएको हो भन्ने ठ्याक्कै लिखित इतिहास छैन। तीन सय वर्ष अगाडि देशका विभिन्न ठाउँबाट बागलुङ आएका नेवार समुदायले आफूसँगै लिएर आएको संस्कृतिको रुपमा हनुमान नाच रहेको लोकसंस्कृतिका अध्येता एवं प्रजा प्रतिष्ठानका पूर्व सदस्य प्रेम छोटाको भनाई छ।

‘तीन सय वर्ष अगाडि भक्तपुर, बनेपा, ठिमी लगायतका ठाउँबाट बागलुङ आएका नेवारहरुले आफूसँगै ल्याएको संस्कृति हो हनुमान नाच, ’छोटा भन्छन्,‘अहिले ती ठाउँमा बरु पाउन कठिन छ । बागलुङमा अझै पनि रहेको छ।’

नेवार समुदायहरू शक्तिमा आश्रित हुने भएकाले पनि शक्तिको रुपमा हुनमानलाई खुसी बनाउन यस्तो गरिएको उनको विश्लेषण छ। ‘हनुमानलाई शक्तिको प्रतीकको रुपमा लिइन्छ,’ उनले भने, ‘हनुमानलाई खुसी बनाउन सकियो भने कुनै पनि अप्ठ्यारो पर्दैन भन्ने विश्वास देखिन्छ। हुनमानलाई खुसी बनाउनका लागि यो नाच नाचिने गरेको पाइन्छ।’

बागलुङमा नौ वर्षपछि देखाइयो हनुमान नाच

रोगव्याधी र महामारी नआओस्, अनिकाल नपरोस् भनेर हनुमान नाच नचाउने उनको भनाई छ। हनुमान नचाउँदा विभिन्न ताल छ। कलाकारले बाजाको तालमा एक अर्काले लठ्ठी ठोक्नुपर्ने हुन्छ। विभिन्न प्रकारका ताल छोपेर नाच्नु पर्छ। देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लङ्का पार गर्ने पद्धति लगायतका नाचले निकै रमाइलो बनाउँछ।

हनुमान नाँचमा संलग्न पुजारीले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । नाच्नेहरु ‘हनुमानको स्वरुप’ मा उत्रिन्छन्। हनुमान नाच भारतीय र तिब्बती संस्कृतिको मिश्रणको रुपमा रहेको सांस्कृतिक अध्येता काजी गाउँले श्रेष्ठको भनाई छ।

प्रचलन अनुसार यो नाच भदौ महिनाको शनिबार, मंगलबार र बिहीबार देखाउन चलन हो। हनुमानले खुट्टामा घलङ (बजाउने मुजुरा) बाँधेर नाच्छन्। नेवार परम्परासँग जोडिएको संस्कृति भए पनि यसमा अन्य समुदायलाई पनि सहभागी गराउने गरिएको हनुमान नाच संरक्षण परिषद्का सचिव जय राजभण्डारी बताउँछन्।

‘नेवारी बस्ती रहेका अन्य युवा साथीहरू पनि हामीसंगै हनुमान नाचमा सहभागी हुने गरेका छन्,’उनले भने,‘यस पटक पनि एक जना मगर भाइ हामीसँग सहभागी हुनुहुन्छ।’

हनुमान नाच संरक्षण परिषद्संगै नेवार युवाहरुको संस्था नेवा ल्याम पुचःको अगुवाइमा हनुमान नाच प्रस्तुत गर्ने तारतम्य मिलेको हो। बसाइँ सराइसँगै युवा पलायनले गर्दा नेवारी संस्कार संस्कतिहरु जोगाउन कठिन हुँदै गइरहेको नेपाल भाषा मंका खलः बागलुङका सचिव सुदिप राजभण्डारी बताउँछन्।

‘नेवारी संस्कृतिहरू उसै पनि केही बढी खर्चिला छन्, त्यसैमाथि बसाइँ सर्ने युवाहरू विभिन्न कारणबाट पलायन हुने गरेको कारण रीतिरिवाज र संस्कृतिहरू जोगाउन कठिन हुँदै गइरहेको छ। हामीले संगठित रुपमा प्रयास गरिरहेका छौं,’राजभण्डारीले भने।

प्रकाशित: ११ भाद्र २०८१ २०:१६ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School