प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

प्रथम आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु


नारायणगढको नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ। शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन्। आदिवासी जनजाति समुदायको कला, संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश प्रमुख शेरचनले यो महोत्सवले व्यापार व्यवसायको प्रवर्द्धनसँगै आदिवासी जनजातिलाई एक ठाउँमा उभ्याउन मद्दत गरेको बताए। आदिवासी जनजाति समुदायलाई आफ्नो अधिकारको लागि लडाइँ जारी राख्नुपर्ने बताउँदै शेरचनले भने, ‘म १०१५ सालमा चितवन झरेको मान्छे हुँ। मैले अधिकार प्राप्तिको लागि आजसम्म पनि लडिरहेको छु। किनकि अधिकारको लडाइँ कहिल्यै नसकिने रहेछ।’

अधिकारकै लागि आवाज उठाउँदा पटक पटक अङ्गभङ्ग बन्नु परेको तीतो यथार्थ सुनाए। ‘त्यस कारण यो महोत्सवले पहिचानको आवाज बोकेर गाउँगाउँ पुग्न मद्दत गरेको छ,’ उनले भने।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सहयोग पु¥याउन यो महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास दिलाइन्। महोत्सव परिसरमा बनाइएको आदिवासी जनजातिको गाउँले महोत्सवको रौनक नै फरक तुल्याएको उनले बताइन्। ‘यहाँको गाउँ देख्दै गर्दा महानगरको पर्यटन विकासको लागि कुनै एक ठाउँमा आदिवासी जनजातिका गाउँ निर्माण गर्नुपर्ने सोच आएको छ,’ उनले भनिन्, ‘भावी पुस्ताको लागि पनि अध्ययन गर्ने र सिक्ने थलो बनोस्।’

महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, कला र संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुग्ने आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए।

महोत्सवस्थलमा सबैभन्दा आकर्षणको केन्द्र नै आदिवासी जनजाति समुदायको गाउँ बनाइएको छ। चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएको घर निर्माण गरिएको छ। त्यही घरले आदिवासी जनजाति समुदायको पहिचानलाई प्रष्टरूपमा झल्काएको आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले बताए।

महोत्सवबाट चितवनको मात्र नभई समग्र आदिवासी जनजाति समुदायकै परिचय फराकिलो बनाएको नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन)का संघीय वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले बताए।

चैत १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन हुनुपूर्व नारायणगढको क्याम्पाचौरबाट लायन्सचोक, शहीदचोक, पुल्चोक, उद्योग वाणिज्य संघ हुँदै प्रदर्शनी मैदानसम्म बृहत् शोभायात्रा निकालिएको थियो। शोभा यात्रामा चितवनका सबै आदिवासी जनजाति समुदायले भेषभूषासहित झाँकी प्रदर्शन गरेका थिए। 

प्रकाशित: ९ चैत्र २०८० १९:५३ शुक्रबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School