प्यालेस्टिनीहरूलाई अन्यत्र सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार



प्रकाशित मिति : माघ २३, २०८१ बुधबार

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई लडाकु समूह हमासले अस्वीकार गरेको छ ।

प्यालेस्टिनी सशस्त्र समूह हमासले राष्ट्रपति ट्रम्पको प्रस्तावलाई आश्चर्यजनक भन्दै विरोध गरेको हो ।

अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र त्यहाँका मानिसहरूलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशहरूमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ ।

प्यालेस्टिनीहरूलाई अन्यत्र सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

ट्रम्पले ह्वाइट हाउसमा वार्ताका लागि आउनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन ।

ट्रम्पले नफुटेका बम र भग्नावशेष हटाएर र आर्थिक पुनर्विकास गरेर युद्धबाट क्षतिग्रस्त क्षेत्रलाई ‘अविश्वसनीय’ बनाउने दावी गरेका थिए ।

तर बीस लाखभन्दा बढी प्यालेस्टिनीलाई कसरी बाहिर निकाल्ने वा गाजालाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनको प्रस्तावमा केहि खुलाइएको छैन ।

सन् २००७ मा गाजाको एकल नियन्त्रण कब्जा गर्ने हमासले प्रस्तावलाई अस्वीकार गर्दै यसलाई ‘जातीय’ विचार भनेको छ ।

“अमेरिकी जातीय दृष्टिकोण हाम्रा मानिसहरूलाई विस्थापित गर्ने र हाम्रो मुद्दालाई समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ”, हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउले एक वक्तव्यमा भनेका छन ।

प्यालेस्टिनीहरूलाई अन्यत्र सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजाको धेरै भाग १५ महिने युद्धमा तहसनहस भएको छ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि प्रस्तावलाई अस्वीकार गरेका छन ।

तर ट्रम्पले आफ्नो प्रस्ताव सार्वजनिक गरेपछि साउदी अरेबियाले प्यालेस्टिनी राज्य स्थापना नभएसम्म इजरायलसँग औपचारिक सम्बन्ध नराख्ने बताएको छ ।

ट्रम्पको गाजा प्रस्तावले कडा विरोधको सामना गर्नुपर्ने देखिन्छ । इजिप्ट, जोर्डन र युद्धविराम मध्यस्थकर्ता कतार सबैले गाजाबाट प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको सुझावलाई अस्वीकार गरेका छन् ।

चीनले पनि यस प्रस्तावको विरोध गरेको छ । गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो । हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अधिकांश नागरिकसहित कम्तीमा ४७ हजारको मृत्यु भएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School