पेन्सिलभेनियामा दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिने बिलमा हस्ताक्षर, नेपालीभाषी हर्षित

पेन्सिलभेनियामा दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिने बिलमा हस्ताक्षर, नेपालीभाषी हर्षित



प्रकाशित मिति : कार्तिक ६, २०८१ मंगलबार

पेन्सिलभेनियामा दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिने बिलमा हस्ताक्षर, नेपालीभाषी हर्षित

अमेरिकाको पेन्सिलभेनिया राज्यले दिपावली अर्थात् दिवालीलाई राज्यस्तरीय चाडका रुपमा घोषणा गरेको छ । गभर्नर जश शापिरोले द्विदलीय विधेयकमा हस्ताक्षर गरेपछि दीपावली। अब राज्यस्तरीय चाड भएको छ । दीपावलीको अव राज्य स्तरीय चाड भएतापनि उक्त विद्यालय, सरकारी कार्यालय र व्यापार व्यवसाय बन्द गर्नुपर्ने भने छैन । गभर्नरको कार्यालयले चाडको सांस्कृतिक महत्त्वलाई स्वीकार गर्दै पेन्सिलभेनियालीहरूलाई यो चाड मनाउन प्रोत्साहित गरेको छ ।

अक्टोबर ९ मा यो विधेयक पेन्सिलभेनियाको राज्यसंसदबाट पारित भएको थियो । गर्भनरले पहिलो पटक दिपावली अर्थात् दिवाली अब पेन्सिलभेनिया राज्यमा मान्यता प्राप्त चाड भएको उल्ले गर्दै हिन्दु, जैन र शिख धर्मालम्बीहरुलाई राम्रोसँग दिपावली मनाउन शुभकामना समेत दिएका छन् । अर्को साता पेन्सिलभेनियामा रहेका सबैले बत्तिहरुको पर्व दिपावली मनाउने उनले आशा व्यक्त गरेका छन् ।

पेन्सिलभेनियामा रहेका नेपालीभाषीहरुले दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिइएकोमा खुशी व्यक्त गरेका छन् । भुटनीज कम्युनिटी इन ह्यारिसवर्षका अध्यक्ष तिलक निरौलाले हिन्दुहरुको महान चाडलाई पेन्सिलभेनिया राज्यले आधिकारिक मान्यता दिनु भएको ऐतिहासिक भएको बताएका छन् ।

यो नेपालीभाषी भुटानी लगायत सम्पुर्ण हिन्दु धर्मालम्बी नेपाली समुदायको लागि ठुलो उपलब्धी भएको उनले बताएका छन् । उनले भने हामीले दशै र तिहार दुवै चाडलाई आधिकारिक मान्यता दिलाउने प्रस्ताव राखेका थियौ, हाम्रो प्रस्तावलाई आत्मसाथ गदै दिपावलीलाई आधिकारिक चाडको मान्यता दिने घोषणाबाट हामी सबै खुशी छौ ।

त्यस्तै ओम अधिकारीले दिपावलीले पेन्सिलभेनिया राज्यबाट पहिलो पटक आधिकारिकरुपमा चाडको मान्यता पाउदा खुशी लागेको बताएका छन् । अधिकारी भन्छन् यो हामी सबैको ऐतिहासिक जीत हो, हामीले उठाएका प्रस्तावलाई यसरी कार्यन्वयन हुँदा हामी सबैले गौरब गर्नु पर्छ । आगामी दिनमा हामीले उठाएका अरु विषयहरुले पनि कानुनी मान्यता पाउने आशा छ ।

यसअधि मेरिल्याण्ड राज्यमा हिन्दुहरुको महान चाड दशैले आधिकारिक मान्यता पाएको थियो । मेरिल्याण्ड राज्यसभामा नेपाली मुलका ह्यारी भण्डारीको पहलमा दशै डे मनाउने बिल पारित भएको थियो ।

तिहारको बेलामा नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले दिपावली गर्ने गर्दछन् । दीवाली वा दीपावली हरेक वर्ष मनाइने एक प्राचीन हिन्दू पर्व हो । दीवाली भारतको सबै भन्दा ठूलो तथा प्रतिभाशाली पर्व मध्ये एक हो । यो पर्व आध्यात्मिक रूपले अन्धकारमा प्रकाशको विजयलाई दर्शाउँछ ।

पेन्सिलभेनियामा दिपावलीलाई राज्यस्तरीय चाडको मान्यता दिने बिलमा हस्ताक्षर, नेपालीभाषी हर्षित

नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म मनाईन्छ, त्यसैगरि तिहारलाई पाँच दिनसम्म मनाउने प्रचलन छ । जसलाई यम पञ्चक भनिन्छ । यस पर्वमा काग, कुकुर र गाईआदिको पूजा गरेर मानव र प्रकृति बीचको सौन्दर्यतालाई आत्मसात गरिन्छ । यही तिहार पर्वको मूल मर्म हो ।

दिपावलीको रमझम सबैतिर छाएको हुन्छ । सबैको मनमा आनन्दको वर्षा हुन्छ । देउसी भैलो गाएर मनोरञ्जन गरिन्छ । लक्ष्मी पूजा गरेर वर्षभरि आर्थिक आभाव नहोस भनेर प्रार्थना गरिन्छ । खुसी खुसी बाँच्न सकौं भनेर मनाइने यस पर्वले जीवनका अज्ञानरूपी अन्धकारलाई हटाएर प्रकाशको दिव्य आलोकमा प्रवेश गर्न सकौं भन्ने सन्देश दिएको हुन्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School