पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस



प्रकाशित मिति : चैत्र २०, २०८१ बुधबार

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै ९३ हजार अमेरिकी डलर अर्थात् झण्डै सबा करोड नेपाली रुपैया अझै वेवारिस अवस्थामा रहेको छ । यो रकम अहिलेसम्म कसैले पनि दावी नगरेपछि राज्यकोषमा वेवारिस अवस्थामा रहेको हो । यो रकम धिरेन्द्र शाहका उत्तराधिकारी, अधिकारप्राप्त व्यक्ति वा सरकारले दावी गरेर लिनसक्ने भएपनि अहिलेसम्म कसैले पनि नलिएको देखिएको छ ।

बैंकले शाहको नाममा रहेको ९३ हजार ४ सय ३४ डलर २७ सेन्टस क्यालिफोर्निया राज्य नियन्त्रकको खातामा पठाएको छ ।धिरेन्द्र शाहले सन् १९८६ मा अमेरिका आएको बखत अमेरिकाको बैंक अफ अमेरिकाको सानफ्रान्सिस्कोमा रहेको मुख्य कार्यालयमा बैंक एकाउन्ट खोलेका थिए ।

त्यतीबेला उनले १ लाख डलर राखेर बैंक एकाउन्ट खोलेतापनि बाँकी रकम भने अमेरिका बसाईका क्रममा खर्च गरेका थिए । तर उनी नेपाल फर्केपछि उक्त बैंक खातामा कुनै गतिविधि नभएपनि बैंकले उक्त खाता बन्द गरेर राज्यको कन्ट्रोलरलाई रिपोर्ट गरेको थियो ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस

सीपीआईको प्रयोग गरेर हिसाब गर्दा सन् १९८६ मा ९३ हजार डलर हुनु भनेको अहिले झण्डै साढे २ लाख डलर हुनु बराबर हो । अर्थात झण्डै साढे ३ करोड नेपाली रुपैया बराबर हो ।

कुनै पनि बैंक एकाउन्टहरु तीनबर्षसम्म निस्कृय भएमा उक्त एकाउन्ट बन्द गरेर राज्यको कन्ट्रोलरलाई रिपोर्ट गर्ने प्रावधान अनुरुप बैंक एकाउन्ट बन्द गरिएको बैंक अफ अमेरिकाले जनाएको थियो । सन् १९९४ को जुन २ मा धिरेन्द्र शाहले आफ्नो बैंक एकाउन्टमा रहेको रकम दावी गर्दै बैंक अफ अमेरिकालाई नेपालबाटै ९७७ १ ४१०६५५ नम्बरबाट फ्याक्स पठाएका थिए ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस

त्यसपछि बैंक अफ अमेरिकाले उनलाई सन् १९९४ को जुन ९ मा फ्याक्सको जवाफ पठाएको थियो । फ्याक्समार्फत जवाफ दिने बैंकको नीति नभएपनि अत्यावश्यक अवस्थालाई मध्यनजर गर्दै एकपटकका लागि फ्याक्स मार्फत नै जवाफ पठाएको उल्लेख गर्दै बैंकले खाता बन्द गरेर क्यालिफोर्निया राज्य कन्ट्रोलरमा रिपोर्ट गरिएको बताएको थियो । बैंकको रेकर्ड अनुशार सन् १९९१ को फरबरी २८ मा बैंक अफ अमेरिकाले खाता बन्द गरेर कन्ट्रोलर समक्ष रिपोर्ट गरेको थियो ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस
बैंक अफ अमेरिकाले धिरेन्द्र शाहलाई जुन ९, १९९४ मा दिएको जवाफ

तीनबर्षसम्म लगातार खाता निस्कृय रहेमा खाता बन्द गरेर कन्ट्रोलरमा रिपोर्ट गरिने कानून रहेको उल्लेख गरिएकोमा धिरेन्द्र शाहले १९८८ देखि नै उक्त खाता चलाउन छाडेको देखिएको छ । त्यतीबेला राज परिवारका सदस्यहरुले विभिन्न देशमा बैंक खाताहरु खोल्ने प्रचलन भएकाले सम्भवत उनले अमेरिकामा खोलेको उक्त बैंक एकाउन्ट विर्सेको हुनसक्ने जनाइएको छ ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस
बैंक अफ अमेरिकाको जवाफ पछि १ जुलाई १९९४ मा शाहले क्यालिफोर्निया राज्य नियन्त्रकलाई पत्र लेखेका थिए ।

बैंक अफ अमेरिकाको जवाफपछि धिरेन्द्र शाहले क्यालिफोर्नियाको राज्य कन्ट्रोलरको कार्यालयमा सम्पर्क गरेका थिए । क्यालिफोर्नियाको राज्य कन्ट्रोलरको कार्यालयले उनलाई सन् १९९५ को जुलाई १४ मा जवाफ पठाएको थियो ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस
क्यालिफोर्नियाको राज्य कन्ट्रोलरको कार्यालयले शाहलाई सन् १९९४ को जुलाई १४ मा पठाएको पत्र ।

त्यसपछि शाहले २ अगस्त १९९५ मा आफ्नो पासबुकको प्रतिलिपी समेत समावेश गरेर रकम दावी गर्दै राज्य कन्ट्रोलरको कार्यालयमा पत्र पठाएका थिए । उनले त्यतीबेला हङकङमा रहेका आफ्ना साथी पुरुषोत्तम दास गोयलको हङकङको खातामा रकम पठाउन अनुरोध गर्दै त्यसको रेकर्ड आफ्नो फ्याक्स नम्बर ९७७ १ ४१०६६५ पठाउन कन्ट्रोलरलाई जानकारी गराएका थिए ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस
हङकङमा रहेका आफ्ना साथी पुरुषोत्तम दास गोयलको हङकङको खातामा रकम पठाउन अनुरोध गर्दै धिरेन्द्र शाहले क्यालिफोर्नियाको राज्य कन्ट्रोलरलाई पठाएको पत्र ।

शाहले त्यतीबेला आफ्नो ठेगानामा काठमाडौंको पोष्टबक्स नम्बर १९७१ प्रयोग गरेका थिए भने अमेरिकाको बैंक खातामा भने मोन्ट गोमेरी स्ट्रीटको पोष्ट बक्स नम्बर ३७००१ प्रयोग गरेका थिए । बैंक अफ अमेरिकामा उनको बैंक एकाउन्ट नम्बर भने ००३३४ ३३८८७ रहेको थियो । धिरेन्द्र शाहले आफ्नो साथीको एकाउन्टमा रकम पठाउन आग्रह गरेपनि सम्बन्धित व्यक्तिबाहेक अरुको खातामा रकम पठाउन नमिल्ने नीति अनुरुप उक्त रकम राज्य सरकारले रिलिज गरेको थिएन ।

पूर्व अधिराजकुमार धिरेन्द्र शाहले अमेरिकी बैंकमा जम्मा गरेको झण्डै सबा करोड अझै वेवारिस
क्यालिफोर्नियाको राज्य कन्ट्रोलरको कार्यालयले शाहलाई सन् १९९४ को अगस्त ८ मा पठाएको पत्र ।

सन् २००१ को जुन १ मा दरबार हत्याकाण्डमा धिरेन्द्र शाहको ५१ बर्षको उमेरमा मारिएपछि उनको रकम अहिलेसम्म पनि क्यालिफोर्निया राज्य सरकारको खातामा नै रहेको छ । उनका छोरीहरुले उक्त रकम दावी गर्न सक्ने भएतापनि अहिलेपनि कसैले पनि सफलतापूर्वक दावी गर्न भने सकेका छैनन् । नेपाल सरकारले पनि उक्त रकम सफलताका साथ दावी गर्न सकेको छैन ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School