पुर्खाहरूको थलो कोइरालाफाँट : RajdhaniDaily.com


पुर्खाहरूको थलो लमजुङ, कोइरालाफाँट । दाजु विष्णुहरि पहाड घुमेर फर्केपछि सुनाउनुभएको रमाइलाले सानै उमेरमा कोइरालाफाँट घुम्ने रहर विजारोपण भएको थियो, मेरो वालमनमा । आमाले कोइरालाफाँट र मामाघर मन्झाङी जीवनका रमाइला घटनाहरू सुनाउँदा रहर पिलिएर झन् सारो टन्कन्थ्यो । म मुर्छा नै पर्दथेँ । राजनीतिक नेता तथा प्रसिद्ध साहित्यकार विशेश्वरप्रसाद (बीपी) कोइरालाको ‘आफ्नो कथा’ पुस्तकमा लम्जुङ दुराडाँडाको फेदी, पाउदीको किनारमा लम्पसार परेको सुन्दर पहाडी फाँटमा रहेको कोइरालाको वन फाँडेर घरबार गरी बसेका कुनै ब्राह्मण अनादीकालमा कोइराला बाजे र उनको त्यो उपजाउ फाँट कोइरालाफाँट कहलियो होला । वन मासियो, ती बाँजेका सन्तति मरेर गए, तर कोइराला वंश, वन र थलो हराएन रहिरह्यो, भन्ने विश्लेषण पढेर म थप उद्वेलित र आन्दोलित भइरहेँ ।

अनेकौं वसन्त बितिसक्दा पनि मेरो उत्कष्ठा भड्खाला र गौंडाहरू छिचोल्न नसकेर कैचिएको थियो । म मन कुँडाइकुँडाइ कोइरालाफाँट पुग्ने दिन पर्खिएर बसेको थिएँ । पहाड र तराई धाउँदै गरेका हामी कोइरालाफाँटबाट म जन्मेको सालदेखि एकोहोरिएर चितवन, गीतानगरमा जमठ भएका थियौं । गीतानगरमा बारीको छेउमा केही कोइरालाका रुख खुब जतनले हुर्काएका थियौं । ती बोटहरू हिउँदताका ऐतिहासिक महत्व उद्बोध गराउँदै फिका गुलाफी र सेता रङमा प्रेमपूर्वक फुल्दथे । हामी पूmलसँग खेल्दथ्यौं । पूmलको घरघरमा अचार बन्दथ्यो । कोइरालाको रुखहरूसँग म आप्mनो रहर सुनाउँथेँ ।

मलाई सानो छस्, पढ्दै छस्, किन जानु प¥यो भन्दै जान दिइएको थिएन, कोइरालाफाँट । एकदिन मैले कोइरालाफाँटमा भएको हाम्रो अन्तिम सम्पति घरबारी बुबाले बिक्री गरी दिनुभयो भन्ने सुनेँ । मेरो मनको मस्र्याङ्दी अललले भई बालहृदय थेवे अचारझैं छियाछिया भएर टुक्रियो । कोइरालाको रुख अँगालेर रोएँ, धेरैबेरसम्म । स्कुल पनि गइनँ । पैत्रिक थलोप्रतिको मेरो प्रेम हप्काएर, फुस्लाएर, फकाएर, निमोठियो, कुल्चिइयो र पनि प्रेमको तिर्सना हृदयमा मौलाइ रहेको थियो । प्रेम भावना हो कहाँ मेटेर मेटिन्छ र ? म जन्मभूमिको सौन्दर्यतामा लुटपुटिन, गुडुल्किन, मात्तिन र पात्तिन चाहन्थेँ, स्वतन्त्र भएर ।

धेरैपछि मात्र पहाड घुम्ने कार्यक्रम तय गरेँ । वर्षौंदेखि पालीपोसी हुर्काइरहेको धोको पूरा गर्न पाउने भएकोमा हर्ष विभोर भएर अटेसमटेस भएँ । एउटा गोडा कोइरालाफाँट पुगिसकेको थियो । मेरो मन, पहाडका ऐंजेरु, कटुस, चिलाउने, सिस्नु, भलायो र कोइरालाका रुखरुखै रम्दै र घुम्दै थियो । म फुर्केर पात्तिँदै चुलबुलिएको थिएँ । प्रस्थानको दिन भेट्न प्रत्येक दिनरातलाई पैठ लाएर धकेल्दा धकेल्दै थाकिसकेको पनि थिएँ ।

पुर्खाको थलो दर्शन गर्ने वर्षौंको जीजीविषा पूरा गर्न म यात्राको बहावमा हेलिँदै नाउँवुडी हाल्न पुगें । महाभारत पर्वत शृंखलालाई फकलक्क चिरेर नागबेली आकारमा बगेकी गण्डकीझैं नै नागबेलिको कालो चिल्लो सडकमा हामीलाई लिएर बस कुदिरहेको थियो । हामी पहाडबाट निख्रिएर बन्दीपुर हँुदै झर्दा आमाले गाईघाटबाट गण्डकी तर्न नसकेर नदीकै किनारमा दुई रात गुजार्नुपरेको थियो रे । आजकल अलपत्रिएको गाईघाटलाई काखी बजाएर खिल्ली उडाउँदै मैले पैंचो तिरेँ । हुइकिँदै गरेको बसबाट पुरानो बाटा, बन्दीपुरे उकालो देखाइ दिँदा म निसास्सिएर कहालिएर निलो भएँ । धिक्कार ! मेरो हिकमत अनि समथरको हुकाइलाई, म मरिचझैं चपक्क चाउरिएँ, लाजले उत्तिनै खेरै ।

कोइरालाफाँट छिट्टै पुग्ने हतारोले भित्रभित्रै पाकेको थिएँ, फतफती । जन्मेको केही दिनपछि नै मलाई जबरजस्ती जन्मभूमिसँग अलग्याइएको थियो । निस्सहाय टुहुरो भएको थिएँ । आमाको वात्सल्यता, ममता र धीरता प्राप्तिका लागि वर्षौंदेखि तड्पिएको थिएँ, उसिनिएको थिएँ । आमाको छाती जस्तो क्षितिजविहीन फाँट, स्तनबाट छुटेका अजस्र झरनाहरू, केशराशिझैं अट्टाप्पिएर हुर्किएको कोइरालाको वन, फाल हाल्दै कुदेको पाउदी खोला, मेरा आँखा वरिपरि नाँचिरहेका थिए । पहाडको भीर, पखेरा, कन्दारा, भन्ज्याङ, देउराली, कान्ला चौतारीमा जन्मभूमिसँग रमाउन औंताइरहेको थिएँँ । पुर्खाहरूको थलो हेर्ने चाहनामा ह्वारह्वारती सल्किरहेको थिएँ ।

शृंगारविहीन युवतीजस्तै अग्लिएकी आफ्नै पुख्यौली जन्मभूमिमा म बिरानु बटुवाझैं उभिइरहेको थिएँ

सूर्योदयको झुल्कोसँगै मुस्कुराउने, पहारिलो घाम लाग्ने, दक्षिण–पश्चिम मोहडा पारी ढल्केको भिरालो, खेतबारी मिलाएर बसोबास गर्न मिल्ने गाउँबेसी नभएको फाँट, तरेली परेको पाखोबारी, हरियो वन, कलकल बग्ने पाउदी कोइरालाफाँटको पहिचान बोकेर म हिडिरहेँ । डाँडाको फेदीमा पसारिएको फाँटमा हिलो र धुलो खेल्न, कान्ला र वनमा बुर्कुसी मार्न, अञ्जुली थापीथापी अगस्तीझैं झरना र पँधेरा सुकाइ दिन, रियालेको वनमा बनेली खेल्न तथा पाँउदीसँग छताछुल्ल भएर छिल्लिन आतुर थिएँ । अनि हुरुक्क पनि ।

पाउँदीको ढिकमा पाउँदी खोलाको न्यानो सत्कार पाएर म फुरुङ भएँ । लमजुङ हिमालको करुणामयी पथप्रदर्शन गर्ने वचन पाएर निडर रहेँ । बेसीसहर जाने बाटो छोडेर पाउँदीसँगै डोरिएर सुन्दर बजार हुँदै पश्चिम हानिएँ । दुराडाँडा र कुन्छाडाँडो आमने सामने देखिए । मालिका, भागीरथीमाई मलाई आशीर्वाद दिन त्यो चिसो डाँडाको पाटोमा पर्खिरहेका थिए । म प्रत्येक पाइला कल्पनाको रहमा डुबुल्की मार्दै चालिरहेको थिएँ । पाउँदीको ढुंगेनी बगर ख¥याक ख¥याक गर्दै शून्यता भंग गरिरहेको थियो ।

साँच्ची ! म जन्मभूमि चिन्छु होला ? खै कसरी चिन्नु र ! म आफैं सोध्दै आफैं जवाफ दिइरहेको थिएँ । कस्तो होला फालिएकी अवलाको जीवनचक्र ? म भावविव्ह्ल भएर सागरमा चुर्लुम्म डुब्थें, मायाका भावना लिएर तैरन्थेँ सतहमा ।

जन्मभूमिको वात्सल्यताको अभावमा खोक्रिएको छाती, लुलिएका पाँसुला (पिडौंला) र मकाएको मेरुदण्डको भरमा स्याँस्याँ गर्दै उकालोमा उक्लिँदा, तेर्सोमा तेर्सिँदा र ठाडोमा ठडिँदा म कैडिएर थलिइसकेको थिएँ । सूर्य अस्ताचल पर्वतमा विश्राम लिन पुगिसकेका थिएँ । तैपनि मेरो छातीमा सजिएको पुख्र्यौली थलो अझै आएको थिएन । साँझ पर्न थालेपछि मेरो धैर्यता टुट्योे । मैले एउटी भारी बोकेर आइरहेकी युवतीसँग सोधेँ । कोइरालाफाँट पुग्न कति बाँकी छ ?

‘यही हो कोइरालाफाँट’ उनले टाउको नउठाइकन नै थाकेको स्वरमा जवाफ दिइन् ।

म स्तब्ध भएँ । मेरो मस्तिष्कमा एकाएक बिजुली चम्क्यो, चट्याङ प¥यो, घनघोर मुसलधारे वर्षा भयो । पाउदी देख्दादेख्दै समतन्नै भयो । पाउँदीको भेलमा लडाइएँ । बगाइएँ सललल ! धेरै तल पुगेर बुट्यानको भरले पाखा लाग्न सकेँ, बल्लतल्ल । हाम्रो पुख्र्यौली थलो, कोइरालाफाँट यही हो त ? मैले टाउको झड्कार्दै उत्तेजित भएर सोधें । ती पहाडी अवला पर पुगिसकेकी थिइन् । मेरो जवाफ पाउँदी पारी कुन्छाको डाँडामा ठोकिएर फर्किंदै थियो, हो… हो… हो…. ।

साँझपख भएकाले धेरै गाँउलेसँग एकैचोटी भेट भयो, स्कुलनेर । मलाई कसैले पनि चिन्न सकेनन् । बा, हजुरबा काकाको नाम भनेपछि बल्लतल्ल परिचय हुन सक्यो । शिवहरि कोइरालाले कोइरालाफाँट घुमाइदिने हुनुभयो । उहाँसँगै म पुर्खाको थलो पुगें ।

‘बाबु ! हाम्रो घर ठूलो आँपको बोट नजिकै छ है ।’ आमाले मलाई घोकाएर पठाउनुभएको थियो ।

‘धुसेनी जाँदा बाटोमा मलाई भालुले झम्टेको जंगल हेरेर आइज है, सानु,’ बाले सम्झाउनुभएको थियो ।

खोई हाम्रो घर ? कहाँ छ आँपको बोट ? कता पर्छ धुसेनी ? म स्मरण गर्दै थिएँ । धेरै बेरसम्म धुइँधुइँती खोज्दा पनि मैले उत्तर पाउन सकिनँ । शिवहरि गैरीखोरिया, कर्तपुर, तीलाहार, उपल्लो तल्लो गाउँ, चिनाउन कोसिस गर्दै हुनुहुन्थ्यो । हाम्रो घर भएको ठाउँमा यामानको माटाको ढिस्को फेला प¥यो । अनि एकसासमा मैले काकाको घर खोज्न नजर घुमाएँ । चारैतिर ढिस्कै ढिस्काको उरुम देखियो । खन्दाखन्दै दुम्सिएको रात्माटे, उग्लिएको कर्तपुर, सुकेको पधेंरा, मरुभूमि जस्तो उजाड खेतपाखा, म अत्तालिएँ । यो हाम्रो पुख्र्यौली थलो होइन, चिहान हो । मेरो सातोपुत्लो उड्यो, चिच्याउँदै कान्लाकान्लै फाल हाल्दै भागेँ । शिवहरि हेरिरहनुभयो ।

विरक्तिले अत्तालिएर दौडिँदा झुर्रिएको छाती भिजाउन म पानीको खोजमा भौतारिएँ । हाम्रो बहुचर्चित पधेंराको खोजीमा रन्थनिन थालेँ । खोई पधेंरो ? खोई मैले सुकाईदिन चाहेको सुन्दर झरना ? कहाँ छ अजंगको कटहरको रुख ? आमाले माइत आउँदा जाँदा सुस्ताउने र मेलापाताबाट फर्किंदा बिसाउने ठूलो चौतारी खोई ? कहाँ छ उपजाउ फाँट ? खोई बनेली खेल्ने कोइरालाको वन ? कहाँ छ पाउँदीको शालीनता ? कहाँ छ पुर्खाको रगतपसिनाको अस्मिता ? ममाथि अरिंगालको गोलो खनिएझैं प्रश्नहरू खनिए । म उत्तर नपाएर कहालिएँ ।

सुन्दरता र आधुनिकताको महकमा कोइरालाफाँट चम्केको देखेर बसाइँ जानेहरूको मन फर्केर फेरि कोइरालाफाँट भरिलो होला त !

झम्के साँझ पर्दै गयो । होटल हुने करै भएन । मैले पुख्र्यौंली थलोमा कहाँ वास बस्ने निश्चितता पाइरहेको थिइनँ । शिवहरिकै घरमा बास बस्ने निधो भयो । रातको खाना खाइवरी हामीले कोइरालाफाँटको इतिहास र हराभरा तथा आजको शून्यताका विषयमा धेरैबेरसम्म गफगाफ गर्यौं । अबेर सुत्यौं । साँझका प्रश्नको टोकाइ सहन नसकेर म रातभरि पटकौंपटक कोल्टो फेरिरहें, निदाइनँ । बिहान भयो । सूर्योदयको झुल्कोसँगै पुख्र्यौंली थलो, जन्मभूमिको अवलोकन गर्न हानिएँ । जन्मभूमि शृंगारविहीन युवती जस्तै उजाडिएको रूपमा देखिइरहेको थिएँ । आफ्नै पुर्खाहरूको थलोमा म बिरानु बटुवा भइरहेको थिएँ । छोडेका घरहरू निरीह देखिइरहेका थिए । एक÷दुई घर मात्र जीवित थिएँ । रियालेको वन निमास भइसके छ । कटहरको रुख बुढो भएर खुइलिएछ । पधेंरो पहिरो सँगसँगै पुरिएर गएछ । कठै यो पनि पधेरा हो ? आँत भिज्ने, धित मर्नेगरी पानी पिउन नपाउने पधेंरोलाई पनि के पधेंरो भन्ने ? म बिलखनन्दमा परेँ । निष्ठुरी पहिराहरू हाम्रा रमाइला फाँटको बीचबीचै गएछन् । वन मासिएछ । पाउदीले खेतलाई बगर बनाएछ । रमाइलो पनि हामीसँगै बसाइँ सरेझंै लाग्यो । म विरक्तिएर पहिरोनिरै बसेर धेरैबेरसम्म कुक कुक कुकाइ रहेँ ।

हाम्रा सबैभन्दा राम्रा खेत अमारे, जर्नी, पाँगे, पातले पाउदीको अधिपत्यमा वगर भइसके छन् । पुर्खाहरूको रगत पसिनाबाट कसेका बान्ना बिरोटाको नामोनिशाना थिएन । बुढा कोइरालाका रुखहरू अतीतको आवादी र आजकालको उजाड तौलेर भावविभोर भइरहेका थिए । म कोइरालाका रुखहरू र पाउदीसँग लाडिएर खेल्न चाहन्थें । तर, सकिरहेको थिइनँ । पाउँदी हाम्रो उपहास गर्दै आफ्नो पुरुषार्थ देखाएर खित्का छोडेर हास्यो । मलाई पाउँदीको उपहास सह्य हुन सकेन । पाउदीलाई खेद्दै दौडेँ बगरबगर । पारी भित्तासम्म पुग्दा पनि पाउँदीको अस्तित्व भेटिएन । वर्षायाममा मात्र देखिने पाउदी भूत हो, राक्षस हो, म बगर मै च्याँठ्ठिएँ ।

पुख्र्यौंली थलोको कुरुपता देखेर मलाई बुबा अनि काकासँग खुब रिस उठ्यो । किन पुख्र्यौंली थलोलाई निर्मोहसँग छाड्नु परेको होला ? किन सबै बेच्नुपरेको होला ? के थिएन चितवनमा हामीसँग ? म घरको भग्नावशेषमाथि बसेर क्वाँक्वाँ डाँको छोडेर रोएँ । एक मुट्ठी माटो मुठ्याएर सुघेँ । पुर्खाहरूको रगतपसिना आलै थियो । पुर्खाको आर्जन नेपाल आमा, प्यारो कोइरालाफाँट । म माटो छामेर रोएँ । ढुंगा समोतेर रोएँ, कोइरालाको बुढो रूखलाई अँगालो हालीहालीकन रोएँ । धेरैबेरसम्म रोइरहेँ घुँक्कघुँक्क ।

मलाई हाम्रो गाउँ गीतानगरबाट अमेरिका पढ्न गएका दाइको सम्झना आयो । उनी नेपाल फर्किंदैनन् रे । उनकी बुढी आमा रुँदारुँदै सुकिसकेकी छन् । तराईमा बनिबनाउ भएपछि बुबाले कोइरालाफाँट बिर्सदा उनले गीतानगर, नेपाल बिर्सेकोमा के आश्चर्य मान्नु र ? म अन्यमयस्कमा परेँ ।

हामीलाई पहाडी भीर, पखेरा सुवारों चौतारीसँग ममता रहेन भने विदेश बिदेसिएका दाइभाइ दिदीबहिनीलाई सगरमाथा, पशुपति, बुद्घ, जानकी, फेवा, कर्णालीको के ममता रहोस् त ? बुबालाई कोइरालाफाँटको जगेर्ना गर्ने उत्कष्ठा रहेन, भागीरथीमाईप्रति श्रद्धा रहेन भने बिदेसिएकाले गाउँघर, बनपाखा आफन्तको वास्ता गरेनन् भनेर म के रोऊँ ? म किमकर्तव्यविमूढ भएर उजाडिँदै गएको पुख्र्यौली थलो हेरिरहेँ । उपेक्षित मातृभूमिको मायाले सुकसुकाएँ, पिलपिलाएँ । नेपाल आमाको मायाले भकभकी भइरहेँ, धेरैबेरसम्म । भौतिक सफलताको खोज्दै मुग्लानिएर सफलता पाएपछि डाँडाकाँडाबीच छोडिएको कोइरालाफाँट, प्यारो जन्मभूमि नेपाल आमालाई झन् सम्झनुपर्ने हो नि ? आप्mनो समाज र संस्कृतिको जर्गेना गर्नुपर्ने होइन र ? मातृभूमिको विकास र उत्थानले पहिचान जिउँदो राख्ने हो नि । मैले बसाइसराइपछि पुख्र्यौंली थलो बिर्सने प्रवृत्तिलाई धेरैबेरसम्म धिक्कारी रहेँ ।

कोइरालाफाँट, हाम्रो पुख्र्यौली थलो दिनानुदिन एक्लिँदै गइरहेको छ । बगर र पहिरोबीच आतंकित देखिन्छ । पुर्खाको राई दाइ भएको थलोमा एउटा नातिलाई आतिथ्य आश्रय दिन नसकेकोमा कोइरालाफाँट विक्षिप्त र खण्डित भयो । मेरो मन त्यसैत्यसै मतमताएर आयो । म पुख्र्यौली थलोको संकटमय भविष्य सम्झेर कहालिएँ । मेरो मनको सुन्दर पुख्र्यौली थलो साउने पहिरोमा पहिरिएर पत्तालियो । मस्र्याङ्दीको भेलमा हरायो । सवलशक्तहरूको उपेक्षित भूमि हो, मातृभूमि । पहिरैपहिरा, बगर र बाँझो खेतबारी होरे जन्मभूमि । म कठोर निष्कर्षमा पुग्न बाध्य भएँ । आफ्नो निष्कर्षले नै पोलेर असह्य भयो ।

भविष्यमा बाटो खुला, राजधानी तथा भरतपुर र पोखरासँग कोइरालाफाँट जोडिएला । सहर र समथरको बसाइभन्दा कोइरालाफाँटको बसाइ शान्त र आनन्ददायी होला । सुन्दरता र आधुनिकताको महकमा कोइरालाफाँट चम्केको देखेर बसाइँ जानेको मन फर्केर फेरि कोइरालाफाँट भरिलो होला । आशाको मल्हमले थोरै शान्वना दियो । आँखाको आँसु पुछ्दै र मनभरि थुप्रिएको व्यथा फट्कार्दै तागतिलो बनेँ । हे भगवान ! सारा सन्तानलाई आप्mनो मातृभूमिको संरक्षण गर्नुपर्छ भन्ने शिक्षा, सद्बुद्धि र प्रेरणा देऊँ । म भगवानको शरणमा परेँ ।

(Visited 3 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School