पर्यटन व्यवसायले जगाएको आशा : RajdhaniDaily.com

पर्यटन व्यवसायले जगाएको आशा : RajdhaniDaily.com


आजभोलि दैनिक २५ सय देखि ३ हजारका दरले रोजगारीका लागि विदेशिने नेपाली युवाको श्रम र पसिनाले आर्जन गरिएको विप्रेषणको रकम पनि उच्च मात्रामा वृद्धि भएको अवस्था छ । बढ्दो बेरोजगारीको समस्या केही हदसम्म भए पनि कम गर्ने उच्च सम्भावना रहेको क्षेत्र पर्यटन नै हो । सन् २०२४ को बितेका पाँच महिनामा ५ लाखभन्दा धेरै पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । पर्यटन विभागको यस तथ्यांकले हाम्रो पर्यटन क्षेत्रमा उत्साह थपिएको छ । प्राकृतिक हिसाबले सम्पन्न भएको हाम्रो नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको देश हो । भौगोलिक रूपमा सानो भएर पनि प्राकृतिक विविधताका कारण विश्वमा नै अग्रस्थानमा रहेको छ । हावापानीमा रहेका विविधता, जातीय विविधता, धार्मिक विविधता, सांस्कृतिक विविधताजस्ता अनेकौं कारणले हाम्रो पहिचान नै भिन्न बनाएको छ । माथि उल्लेख गएिकाबाहेक पनि अन्य आयामबाट पर्यटन व्यवसायको विकासमा टेवा पुगेको छ । नेपालमा पर्यटक आकर्षित हुनुको कारण अनेक रहेका छन् ।

नेपाल प्राकृतिक सुन्दरताका हिसाबले विश्वमा नै अद्वितीय रहेको छ । यहाँ रहेका हिमाली शृखलाले विदेशी पर्यटकलाई लोभ्याएको छ । कतिपय स्थानमा पुग्दा स्वर्गानुभूति गराउने भएकोले पर्यटक नेपाल भ्रमण भने पछि अत्यन्तै मोहित हुन्छन् । आजभोलि ग्रामीण पर्यटनको महत्व ज्यादा बढेको देखिन्छ । सहरी वातावरणबाट अलिक मात्र उन्मुक्ति प्राप्त गर्ने ध्येयले स्वदेशी पर्यटक पनि आन्तरिक पर्यटकका रूपमा गाउँ घुम्न जान्छन् । यसले रोजगारी तथा आन्तरिक उत्पादनले बजारीकरणको अवसरसमेत प्राप्त गराउँछ । पर्यटक स्वभावैले जिज्ञासु हुन्छन् । उनीहरू नवीन स्थान तथा वनस्पति र जीवजन्तु आदि’bout जान्न चाहेका हुन्छन् । पर्यटन क्षेत्रका विविध आयाम रहेका छन् ।

गाँउ पर्यटन विश्वभर कोरोना सन् २०२० अन्तिमबाट देखापरेको खतरापूर्ण रोगको कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्किरहेको छ । पछिल्ला समय स्वदेशी तथा विदेशी पर्यटकको अवलोकन भ्रमण होस् या बिदा मनाउनका लागि नै किन नहोस् गाउँमा पुग्ने गरेका छन् । यसले नेपालको आन्तरिक बजारमा मात्र नभई विश्व बजारमा पनि प्रचार भएर पर्यटन व्यवसायमा थप टेवा पुग्छ । यसले स्थानीय र रैथाने उत्पादनको स्वादको मजा मात्र नलिई सो उत्पादनको बजारीकरण हुने भएकाले यसको महिमा झन् बढेको देखिन्छ । दृष्टान्तका लागि कोदो, फापर, करु, जौ, सिस्नुको पिठो, मार्सी चामल, सिमीको दाल, सिन्की, लप्सी ,कागुनोजस्ता दर्जनौैं उत्पादनले चर्चा पाउन र त्यसको बजारीकरणमा समेत प्रभावकारी रहने भएकाले गाउँ पर्यटनको महत्व ज्यादा रहेको छ ।

पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा पर्यटन व्यवसायबाट मनग्यै लाभ लिन सकिन्छ

होमस्टे नेपालको पर्यटन व्यवसायको विकासमा फस्टाएको अर्को क्षेत्र भनेको होमस्टे व्यवसाय हो । यसले पर्यटकलाई भिन्न खालको अनुभूति गराउन सफल भएको छ । यसले स्थान विशेषको प्रचार गराउन सहयोग गछ्र्र्र । त्यस स्थानका श्रमिकले रोजगारी पाउँछन् । पर्यटकले नयाँ पनको आभाष गर्दै स्थानीय परिकारको स्वाद लिएर आनन्दित बन्दै फर्कन्छन् । मानवीय चाहना भनेकै नयाँ र रमाइला अनुभूति सगाँल्न खोज्ने हुन्छ । यसैले हाम्रो देशको आर्थिक र पर्यटन विकासमा होमस्टे अवधारणा वरदान नै साबित भएको छ । यस्ता होमस्टे सञ्चालन गर्ने सबै व्यवसायलाई थप सहज बनाउन स्थानीय सरकारले कर र अन्य कार्यमा सहजीकरणका माध्यमबाट प्रेरित गर्न सक्नुपर्छ ।

हस्तकलाको विकास पर्यटन व्यवसायबाट नेपालका हिमाली क्षेत्रका भेषभूषा जसमा बख्खु, स्यामा, दोचालगायतका विषेश पहिरहन जसले नेपालको विविधतासमेत झल्कने मात्र नभई उनीहरूको मौलिकता पनि प्रचारमा आउने भएकाले हस्तकलाको विकास र पर्यटन एकअर्काको परिपुरक हुन्छन् । पहाडी क्षेत्रका विषेश हस्तकलामा चकटी, सानासाना कलात्मक मूर्तिकला, टोपी, फेटा, पटुका, पन्जा, मुडाजस्ता सामग्रीको व्यापार प्रवर्धन गर्न सकिने भएकाले पर्यटनको विकासका साथमा हस्तकला पनि जोडिन्छ । यसले रोजगारीसमेत सिर्जना गर्छ । त्यसैगरी, मधेस प्रदेशको सन्दर्भमा भन्ने हो भने हस्तकलाका सामग्रीजस्तै ढक्की, माटाका आकर्षक भाँडा, विभिन्न देवीदेवताका मूर्ति, मिथिला चित्रकला आदि महत्वपूर्ण रहेका छन् । पौवा, थान्का र ग्रन्थचित्र जसलाई हामी कलाका हिसाबले उच्च कोटीमा राख्छौं ।

बन्जिजम्पिङ आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको अर्को आकर्षणको क्षेत्र हो बन्जिजम्पिङ व्यवसाय । यसले पनि रोजगारीका साथै पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्न सफल भएको देखिन्छ । यसलाई हामी साहसिक पर्यटन भन्छौं । नेपालमा साहसिक गतिविधि सञ्चालन गरेर पर्यटन प्रवर्धन गर्न सकिन्छ । उत्तरी भेगबाट बग्ने तीव्र गतिका नदीमा राफ्टिङको सम्भावना ज्यादा रहेकाले यसको हाल भएको विकासलाई थप सहयोग र टेवा दिनका लागि हरेक सम्बन्धित पक्ष गम्भीरताका साथ अगाडि बढ्नुपर्छ । यसैगरी, प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ जसले हाम्रो देशको चौतर्फी विकासमा समेत सहयोग दिन्छ ।

सांस्कृतिक विविधता नेपालमा भिन्न संस्कृति र परम्परा भएका १ सय २५ जातजातिका मानिस बसोबास गर्छन् । यहाँ रहेका प्रत्येक जातिका आप्mनै मौलिक परम्परा, रहनसहन, रीतिरिवाज तथा मूल्यमान्यता रहेको छ । यही सांस्कृतिक विविधता अवलोकन गर्न पनि धेरै पर्यटक नेपालमा आउँछन् । यो हाम्रो विषेश पहिचान पनि भएकाले यसको संरक्षणमा समेत हामीले ध्यान दिन जरुरी हुन्छ ।

धार्मिक तथा ऐतिहासिक स्थान नेपाल धार्मिक तथा ऐतिहासिक स्थलका लागि प्रसिद्ध रहेको छ । विश्व सम्पदा सूचीका सूचीकृत भएका मात्र हाम्रो देशमा १० वटा सम्पदा छन् । पशुपति क्षेत्र, चितवन राष्टिय निकुञ्ज, सगरमाथा राष्टिय निकुञ्ज, बौद्धनाथ महाचैत्य, लुम्बिनी, हनुमान ढोका दरबार क्षेत्र, स्वयम्भूनाथ स्तुप, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र चाँगुनारायण मन्दिर रहेका छन् । यिनै सम्पदाका कारण पनि पर्यटक नेपाल अवलोकन भ्रमणका लागि आउने गरेका छन् । यसले पनि आर्थिक विकास तथा पर्यटन व्यवसायमा बल दिएको अवस्था छ ।

नेपालले प्याराग्लाइडिङ, हिमाल आरोहणजस्ता साहसिक पर्यटनको विकासमा जोड दिनुपर्छ

हावापानीमा विविधता हाम्रो देश नेपाल हावापानीका हिसाबले पनि विविधतायुक्त रहेको छ । यहाँको दक्षिणी भागमा उष्ण, समशितोष्ण तथा उत्तरी भागमा ठण्डा प्रकारको हावापानी पाइन्छ । यो पनि नेपालको पहिचान नै हो भने यसले गर्दा सबै हावापानी रुचाउने पर्यटकलाई नेपाल भ्रमण उच्च रोजाइको देश बनेको छ । यसले नेपालको सबै क्षेत्रमा पर्यटन व्यवसायको विकासको सम्भावनासमेत बराबर रहेको देखिन्छ ।

वनस्पति र वन्यजन्तुको विविधता नेपाल हावापानी र भौगोलिक विविधताले गर्दा वनस्पति र वन्यजन्तुमा पनि अग्रस्थानमा रहेको छ । देशको विभिन्न भागलाई निकुञ्ज, आरक्षण र संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ । विभिन्न लोपोन्मुख प्रजातिका जनावर तथा चराचुरुगीहरू प्रशस्त मात्रामा पाइने भएकाले यहाँ पर्यटक अध्ययन र अवलोकन गर्न आउने गरेका छन् । जसले हाम्रो आर्थिक तथा पर्यटनको विकासमा थप सहयोग पुगेको छ ।

प्राकृतिक सुन्दरता नेपाल प्राकृतिक सुन्दरताको हिसाबले अत्यन्तै आकर्षक देश हो । यहाँको हिमाली शंखला, मनोरम पहाडी स्थलहरू, विभिन्न प्रकारका भूसतह, गुफा, ताल, झरना तथा नदीहरूले विदेशी पर्यटकको मन लोभ्याउने गरेको वास्तविकता हामीसामु छिपेको छैन । अझ हामीले अन्य धेरै स्थानहरूको पहिचान गर्न सकेमा यस क्षेत्रको विकासमा थप बल मिल्ने निश्चित छ । पर्यटकले चाहेअनुसारका सेवा र सुविधा प्रदान गर्न सकेमा मनग्य लाभ पर्यटन व्यवसायबाट लिन सकिन्छ । यसरी नेपालको आर्थिक, सामाजिक र समग्र विकासमा योगदान दिने यस पर्यटनको विकासमा तीनवटै सरकारको भूमिका सकारात्मक, समन्वयात्मक र प्रभावकारी बनाएर जान सकिएमा हाम्रो अपेक्षाअनुसार प्रतिफलसमेत प्राप्त गर्न सकिन्छ । आजको बेरोजगारी समस्याको समेत सम्बोधन हुने देखिन्छ ।

(Visited 3 times, 3 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School