पत्रकार रजकको मृत्यु प्रकरण : भिडियो खिच्न व्यस्त रहँदा बाहिर आगलागी भइरहेको पत्तै पाएनन् : RajdhaniDaily.com


काठमाडौं । एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकले तीनकुनेस्थित मार्बल हाउस नजिकैको घरमा आफू भित्र बसेर पत्रकारिताकर्म गरिरहँदा बाहिर आगो लागेको थाहा नै नपाएको देखिएको छ ।

सार्वजनिक एक भिडियोमा आन्दोलनकारीबाट भइरहेको तोडफोड र लुटपाटको सो घरको एउटा कोठाभित्रबाट उनले भिडिओ खिचिरहेको देखिन्छ । तर, उनको हाउभाउ र व्यवहारबाट बाहिर लागेको आगो’bout कुनै संकेत नै नपाएको देखिन्छ ।

सार्वजनिक भिडियोमा उनी भित्र रहेको र बाहिरबाट उनी बसेको कोठामा ताल्चा लगाएको देखिन्छ । भिडियोमा उनी भित्र थुनिएको जस्तो देखिन्छ । तर त्यो कोठामा अर्काे ठाउँबाट पनि जाने ठाउँ रहेको बताइएको छ ।

भिडियोमा उनी कोठाभित्र मोबाइल चलाइरहेका देखिन्छन् । उनी कोठाभित्र रहेकै वस्थामा दुई युवती भ¥याङबाट झर्दै गरेको देखिन्छ । उनीहरूमध्ये एकजनाको अनुहार प्रष्ट देखिन्छ भने एक जनाले स्कार्फले अनुहार ढाकेको पाइएको छ । उनीहरू बाहिरिँदै गर्दा तल्लो कोठामा भने ह्वारह्वारी आगो बलिरहेको थियो ।

सिसा फुटेर छियाछिया भएको सो घरभित्र पसेर प्रदर्शनकारीहरु सामान बाहिर फालिरहँदा पनि रजक भने यी सबै गतिविधि क्यामेरामा कैद गर्न व्यस्त थिए । भवनभित्रको दृश्य र भवनको फुटेको झ्यालबाट बाहिरको दृश्य उनले कैद गरिरहेका थिए ।

रजक पसेको घरको छेवैको घरको छतबाट रिपोर्टिङ गरिरहेका पत्रकार विक्रम श्रेष्ठ भने छतबाटै रजकसँग आफूले कुरा गरेको बताउँछन् । रजक भिडियो खिच्न व्यस्त रहेका कारण आफूले धेरै कुरा गर्न नपाएको उनी सुनाउँछन् । त्यसपछि आफू पनि रिपोर्टिङमा व्यस्त रहेको र रजक बसेको घरमा ढंगा हान्न थालेपछि आफू बसेको घरबाट निस्किएको उनको भनाइ छ ।

उनी भन्छन्, ‘घरबाट निस्किन नपाउँदै रजक पसेको घरमा प्रदर्शनकारीले आगो लगाए । त्यही घरबाट अन्य पत्रकारहरु भागिरहँदा रजक भने निस्किएनन् । आगो दनदनी बलिसकेपछि खोजी गर्दा सम्पर्कविहीन भइसकेका थिए ।’

त्यसपछि एभिन्युज टिभीकै पत्रकारहरुले रजक सम्पर्कविहीन भएको खबर सो टिभीको न्युजरुममा पठाए । त्यसपछि उनको खोजीकार्य थालिएको थियो ।

आफ्ना क्यामरापर्सन थुनिएको प्रहरीलाई जानकारी गराएपनि प्रहरीले समयमै उद्दारका लागि चासो नदेखाउँदा उनको मृत्यु भएको गम्भीर आरोप एभिन्युज टिभीका सञ्चालक भाष्करराज राजकर्णिकारले लगाएका छन् । उनले सो घरबाट बाहिरको प्रदर्शनको दृश्य खिचिरहेका आफ्ना क्यामरापर्सन रजक क्षणभरमै सम्पर्कविहीन भएपछि नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, काठमाडौंका प्रमुअ जिल्ला अधिकारी ऋषिराम तिवारीलाई आफूले मोबाइल सम्पर्क गरेर जानकारी दिन खोज्दा पनि बेवास्ता गरिएको जनाएका छन् । उनले सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग आफ्नो कुराकानी भएको, प्रहरी महानिरीक्षक थापाले सुरुमा मोबाइल नउठाएपनि कलब्याक गरेको र त्यसबेलासम्म धेरै ढिला भइसकेको र काठमाडौंका प्रमुख जिल्ला अधिकारी तिवारीले पनि मोबाइल सन्देश पठाउँदासमेत कुनै ‘रेस्पोन्स’ नगरेको बताएका छन् ।

आफ्ना क्यामरापर्सन रजकको त्यतिबेला मृत्यु भएको उनीहरुले थाहा पाए, जब प्रदर्शनकारी तितरबितर भइसक्दासमेत उनी सम्पर्कमा नआएपछि एभिन्युजका प्रधान सम्पाद केदार कोइरालासहितको टोलीले रजकको खोजी गर्दै अन्तिमपटक उनी देखिएको आगो लागेको घरमा पुगे । चौथो तलाको एउटा कोठाभित्र एउटा शव आधा जलेको अवस्थामा देखेपछि उनीहरु भावविह्वल बन्न पुगे । त्यो शव अरु कसैको नभई तिनै रजकको थियो । रजकको खोजीकै सिलसिलामा उनका सहकर्मी विभिन्न अस्पतालमा समेत पुगेका थिए, जहाँ घाइतेहरुलाई लगिएको थियो ।

शरीरको ७० प्रतिशत भाग जलेका कारण पत्रकार रजकको शव चिन्नै नसकिने अवस्थामा थियो । विशेषगरी उनको कम्मरभन्दा माथिको भाग चिन्नै नसकिने अवस्थामा थियो । घटना भएको साँझतिर परिवार र उनी कार्यरत एभिन्युज टेलिभिजनका सहकर्मीले उनको पहिचान गरेका थिए । त्यसपछि पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको थियो ।

पहिचान भए पनि प्रहरीले शव उनकै हो भनेर प्रमाणित गर्न डीएनए परीक्षण गराउने भनेको छ ।

पत्रकार रजकको विवाह करिब ६ वर्षअघि भएको थियो । विवाहको ६ वर्षमै श्रीमान् गुमाएकी रजककी श्रीमती सुजेन रजक भावविह्वल अवस्थामा छिन् ।

पत्रकार रजक चन्द्रागिरिमा ६ महिनाअगाडि मात्रै सरेका थिए । ताहाचलबाट नयाँ घर बनाएर उनीहरु चन्द्रागिरि नगरपालिकामा सरेका थिए । उनी श्रीमती, माइला दाइ र भाउजूसहित सो घरमा बस्दै आएका थिए । उनका माइदा दाइ दिनेश रजक पनि पेसाले पत्रकार नै हुन् । उनी लोकपथ टिभीमा क्यामरा पर्सनको रुपमा कार्यरत छन् । दिनेश पनि आन्दोलनको रिपोर्टिङका क्रममा त्यतिबेला तीनकुने क्षेत्रमा थिए । सुरेश रजक सिसै सिसाको सो घरमा फस्दा उनका दाइ दिनेश भने नजिकैको अर्काे घरबाट आन्दोलनको दृश्य कैद गर्न व्यस्त थिए । दिनेश त्यहीँ रहेको बेला आफ्नो भाइ सम्पर्कविहीन बनेको सूचना उनले पाएका थिए ।

रजकले ५ वर्षअगाडि माउन्टेन टेलिभिजनबाट क्यामेरा पर्सनको रुपमा पत्रकारितामा सुरु गरेका थिए । करिब एक वर्ष जति माउन्टेन टेलिभिजनमा काम गरेका उनी सन २०२१ मा एभिन्युज टेलिभिजनमा आबद्ध भएका थिए । उनी विगत ४ वर्षदेखि एभिन्युज टेलिभिजनको क्यामेरा तथा भिडिओ विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

यसैबीच, एभिन्युज खबर परिवार र मृतक सुरेश रजकको परिवारले प्रदर्शनका क्रममा जलेर मृत्यु भएका रजकलाई निरपेक्ष रुपमा शहीद घोषणा गर्न माग गरेको छ । उनीहरुले गृहमन्त्रीलाई सम्बोधन गर्दै उच्चस्तरीय समिति गठन गरेर तीन दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेको छ ।

यस्तै मिडिया एलायन्स नेपालले सो घटनाप्रति गहिरो शोक र आक्रोश व्यक्त गर्दै उनको साहसिक र सत्यको खोजी गर्ने समर्पणलाई सम्मान गर्दै परिवार र सहकर्मीहरूसँग एकजुटता प्रकट गरेको छ ।

एलायन्सले घटनाको भोलिपल्ट शनिबार जारी गरेको विज्ञप्तिमा नेपाल सरकारको अधिनायकवादी दृष्टिकोण र आन्दोलनकारीहरूको अराजक व्यवहारले यस घटनालाई जन्म दिएको उल्लेख यो कार्यको घोर निन्दा गरिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यस घटनापश्चात् सरकार र सुरक्षा निकायको लापरबाही र गैरजवाफदेहिता भएको छ । प्रहरी महानिरीक्षक र प्रमुख जिल्ला अधिकारीसँगको सम्पर्क प्रयासहरू असफल भएका छन् र घटनाको गम्भीरता समक्ष सरकारको प्रतिक्रियामा ढिलाइ देखिएको छ ।’

मिडिया एलायन्स नेपालले सरकारसँग यो घटनाको कडा कारबाही गर्न आग्रह गर्दै, यो जस्तो लापरवाही र गैरजवाफदेहिताबाट हाम्रो लोकतन्त्र र प्रेस स्वतन्त्रतामा दाग लाग्ने चेतावनी दिएको छ ।

एलायन्सले सुरेश रजकको परिवारप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्दै अपराधीलाई कारबाही नगरेसम्म आफूहरु मौन नबस्ने चेतावनीसमेत दिएको छ ।

यसैगरी, पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति पधकार महासंघले श्रद्धाञ्जली अर्पण गरेको छ ।

नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै शनिबार बिहान माइतीघरमा विरोध प्रदर्शनसमेत गरिएको छ ।

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासंघ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

महासंघका महासचिव रामप्रसाद दाहालले हत्या गरिएका पत्रकार रजकलाई न्यायसहित घाइते पत्रकारहरूको उपचार, राहत तथा क्षतिपूर्ति र पत्रकारहरूको भौतिक सुरक्षाको ग्यारेण्टी गर्न सरकारसँग माग गरे । उनले यी मागहरू पूरा नभए महासंघ निरन्तर सडक संघर्षमा उत्रिन बाध्य हुने समेत घोषणा गरे ।

विरोध प्रदर्शनमा पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिति रहेको थियो । विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School