न्यूयोर्कमा नेपाली युवाले निर्माण गरेको ‘मनकला’मा प्रवासमा सङ्घर्षरत नेपाली युवतीको कथा

प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार

न्यूयोर्कमा नेपाली युवाले निर्माण गरेको ‘मनकला’मा प्रवासमा सङ्घर्षरत नेपाली युवतीको कथा

अमेरिकाको न्यूयोर्क सहरमा बस्ने ३० वर्षीया एकल नेपाली युवतीको जीवन कथामा आधारित वेब सिरिज ‘मनकला’ युट्युबमा प्रशारण आरम्भ भएको छ । सिरिजले प्रवासमा बस्ने युवतीहरूको हरेक हाँसोभित्र लुकेको पीडा, परिवारको अपेक्षा र व्यक्तिगत स्वतन्त्रताको खोजीलाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।

कथामा मनकला आफ्नै सपना र परिवारको चाहनाबीच फस्छिन् । विवाहको दबाब, घरको जिम्मेवारी र समाजको दृष्टिकोणबीच उनले आत्म–पहिचान खोज्ने यात्रामा निस्कँदा, दर्शकले आफूलाई उनको स्थानमा महसुस गर्नसक्ने निर्माण पक्षको दावी छ ।

न्यूयोर्कमा नेपाली युवाले निर्माण गरेको ‘मनकला’मा प्रवासमा सङ्घर्षरत नेपाली युवतीको कथा

यो सिरिजको निर्देशन ओम राज राउत र प्रमोद विश्वकर्माले संयुक्त रूपमा गरेका छन् । छायाँकन निर्देशकमा सङ्गम राई, प्रोडक्शन डिजाइनरमा डोमिनिका प्लाटेक, सम्पादनमा प्रमोद विश्वकर्मा र प्रकाश बस्नेत, ध्वनि डिजाइनरमा नबिन श्रेष्ठ, र लाइन प्रोड्युसरमा केदार भुसाल रहेका छन्।

न्यूयोर्कमा नेपाली युवाले निर्माण गरेको ‘मनकला’मा प्रवासमा सङ्घर्षरत नेपाली युवतीको कथा
न्यूयोर्कमा नेपाली युवाले निर्माण गरेको ‘मनकला’मा प्रवासमा सङ्घर्षरत नेपाली युवतीको कथा

न्यू इन्भिजन प्रोडक्सन र बेबी लोहाट प्रोडक्सनको संयुक्त निर्माणमा बनेको ‘मनकला’ ले यथार्थपरक कथानक, संवेदनशील अभिनय र उत्कृष्ट प्राविधिक पक्षका कारण दर्शकको मन जित्ने निर्माण पक्षको अपेक्षा छ ।

न्यूयोर्कमा नेपाली युवाले निर्माण गरेको ‘मनकला’मा प्रवासमा सङ्घर्षरत नेपाली युवतीको कथा

पाँच भागमा तयार गरिएको सिरिजको पाइलट एपिसोड न्यू इन्भिजन प्रोडक्सनको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ । अर्को एपिसोड केही दिनभित्रै सार्वजनिक गर्ने तयारी छ ।

Source link

Leave a Comment