न्युयोर्क सिटीमा प्रहरी चौकी अगाडि पाइपबम, ५० बर्षका व्यक्ति पक्राउ

न्युयोर्क सिटीमा प्रहरी चौकी अगाडि पाइपबम, ५० बर्षका व्यक्ति पक्राउ



प्रकाशित मिति : श्रावण १०, २०८१ बिहीबार

न्युयोर्क सिटीमा प्रहरी चौकी अगाडि पाइपबम, ५० बर्षका व्यक्ति पक्राउ

न्युयोर्क सिटीको ईष्ट हार्लेममा प्रहरी परिसर बाहिर पाइपबम ल्याउने व्यक्तिलाई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्तिले घटनाको सम्बन्धमा विभिन्न आपराधिक अभियोगहरुको सामना गरिरहेको जनाइएको छ ।

प्रहरीले ५० वर्षीय कोन्ट्रेल रेनिकलाई पक्राउ गरेको हो । रेनिकविरुद्ध लापरवाहीपूर्ण खतरा निम्त्याएको, आक्रमण र आपराधिक रुपमा हतियार राखेको लगायतका कैयन अभियोगहरु लगाइएको छ । दुईजना काकाका छोराहरुबीचको घरेलु विवादपछि उनीहरुले प्रहरी चौकीबाहिर ल्याएका थिए ।

उक्त पाइप बम विस्फोट भएमा कैयन मृत्यु वा गम्भीर चोटपटक लगाउनसक्ने रहेको प्रहरीले जनाएको छ । बम एकदम ठूलो रहेको र यो डिजाइन गरिएको रूपमा काम गर्न सक्षम भएमा ठूलो क्षति हुनसक्ने प्रहरीको भनाई छ ।

विष्फोटक पदार्थ रेनिकको गाडीमा दिउँसो फेला परेको थियो । रेनिक र काकाको छोराले गाडी चलाएर प्रहरी चौकी अगाडिसम्म आएका थिए । रेनिकको काकाको छोराले आफू घरेलु आक्रमणको शिकार भएको र ड्राइभिंग गर्नु अगाडि भएको झगडामा रेनिकले उनलाई चक्कुले प्रहार गरेको प्रहरीमा बयान दिएका थिए ।

प्रहरीले रेनिकलाई आक्रमणको लागि हिरासतमा लिएपछि काकाका छोराले कारमा बम भएकोबारे प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले तुरुन्तै आपतकालीन सेवा एकाइलाई सम्पर्क गरेर बम स्क्वाडलाई कारको अनुसन्धान गर्न र सम्भावित विस्फोटकको खोजी गर्न जानकारी दिएको थियो ।

प्रहरी टोलीले सफलतापूर्वक घरेलु बम पत्ता लगाएका थिए भने कुनै समस्या बिना बरामद गरेका थिए । प्रहरीले कारमा विस्फोटक उपकरण मात्र भएको पुष्टि गरेका छन् । यद्यपि उनीहरूले अरू कुनै विस्फोटक पदार्थहरू नभएको सुनिश्चित गर्न रेनिकको घरमा खानतलासी लिएका थिए ।

सार्वजनिक स्थानमा बम विस्फोट गर्ने रेनिकको कुनै विशेष योजना भएको प्रहरीले पत्ता लगाएको छैन । घरेलु विवादका कारण बम राखेको प्रहरीको विश्वास छ । बम राख्ने व्यक्तिसँग मानसिक समस्या भएको हुनसक्ने जनाइएको छ ।

रेनिक र काकाका छोरा दुवैको आपराधिक रेकर्डहरु रहेको प्रहरीले जनाएको छ । प्रत्येकलाई यसअगाडि कम्तीमा १० देखि २० पटक गिरफ्तार गरिएको रेकर्ड रहेको छ । घटनाबारे बिहीबारसम्म पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

न्युयोर्क सिटीमा प्रहरी चौकी अगाडि पाइपबम, ५० बर्षका व्यक्ति पक्राउ





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School