न्युयोर्क सिटीको मेयरका लागि एरिक आडम्सविरुद्ध उम्मेदबारी दिने बार्ड ल्याण्डरको घोषणा



प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार

न्युयोर्क सिटीको मेयरका लागि एरिक आडम्सविरुद्ध उम्मेदबारी दिने बार्ड ल्याण्डरको घोषणा

न्युयोर्क सिटीका कम्प्ट्रोलर ब्राड ल्यान्डरले न्युयोर्क सिटीको मेयर पदका लागि हुने अर्को वर्षको डेमोक्रेटिक प्राइमरीमा मेयर एरिक आडम्सलाई चुनौती दिने घोषणा गरेका छन् । यसलाई सिटीका दुई मुख्य निर्वाचित अधिकारीहरूबीचको दुर्लभ प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

ब्रुकलिनका प्रगतिशील डेमोक्र्याट ल्यान्डर अर्को वर्षको प्राइमरीमा एरिक आडम्सलाई चुनौती दिने सबैभन्दा प्रमुख उम्मेद्वार हुने भएका छन् । तर ल्यान्डरले आफ्नो चुनावी अभियानको घोषणा भिडियोमा आफ्नो प्रगतिशील पृष्ठभूमिबारे कुनै उल्लेख गरेका छैनन् । बरु पुस्तकालयहरूमा बजेट कटौती र बाल हेरचाहको उच्च लागतको बारेमा चिन्तित न्युयोर्कवासीहरूको चिन्तालाई समेटेका छन् ।

नेताहरु कामको आधारभूत परीक्षामा असफल भएमा मतदाताहरूले नेतालाई प्रतिस्थापन गर्न सक्ने उनले भिडियोमा बताएका छन् । ५५ वर्षीय ल्यान्डरले न्युयोर्क सिटीमा लेखा परीक्षण र खर्चको निरीक्षण गर्दछन् । ल्यान्डरले गत डिसेम्बरमा मेयरको आपतकालीन खर्च गर्ने शक्तिहरू प्रतिबन्धित गरे पछि आप्रवासीहरूलाई सेवाहरू प्रदान गर्नको लागि विना प्रतिस्पर्धा ४३२ मिलियनको ठेक्का पाउने कम्पनीसँग समस्या देखा परेको थियो ।

मेयर एरिक एडम्सका बलियो आलोचक ल्याण्डरले आप्रवासी आगमनमा मेयरका कदमको विरोध गर्दै संकटहरू समाधान गर्न एरिक आडम्स असमर्थत भएको आरोप लगाउँदै आएका छन् । ल्यान्डरको निर्णय आडम्सका लागि जोखिमको संकेत रहेको विश्लेषण गरिएको छ । न्युयोर्कसिटीको प्राइमरीमा एउटै पार्टीबाट वर्तमान मेयरको विरुद्धमा उम्मेदबारी घोषणा असामान्य मानिन्छ । सन् १९८९ पछि यस्तो घटना भएको छैन ।

ल्यान्डरले पनि चुनावी दौडमा चुनौतीहरूको सामना गर्नेछन्। कम्प्ट्रोलरको चुनावी अभियान कोषको खातालाई उनले मेयरको दौडमा सार्नुपर्नेछ । जसमा म्याच कोष ३ मिलियन भन्दा बढी हुने अपेक्षा गरिएको छ । आडम्सको चुनावी अभियानले लगभग ८ मिलियनको अपेक्षा गरेको छ। श्वेत रहेका ल्यान्डरले अश्वेत समुदायका मतदाताहरूबाट समर्थन जित्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।





Source link

Leave a Comment