न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार

न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार



प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार

न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार

न्युयोर्क सिटीको ब्रुकलिनमा उबर चालकको टाउकोमा गोली प्रहार भएको प्रहरीले जनाएको छ । बिहीबार राति ब्रुकलिनको एउटा अपार्टमेन्ट भवन बाहिर दुई जना पुरुषसँगको झगडाका क्रममा एक उबर चालकलाई टाउकोमा गोली लागेको हो ।

अधिकारीहरूले ५२ वर्षीय उबर चालकलाई कालो मर्सिडीजमा टाउकोमा बन्दुकको गोली लागेको अवस्थामा फेला पारेका थिए । घटना प्रोस्पेक्ट हाइट्स नजिकै ३२० लिंकन प्लेसमा भएको हो । घाइतेलाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो ।

गोली चलाउनुको कारण तत्काल खुल्न सकेको छैन । प्रहरीले घटनास्थलबाट भागेका दुई पुरुषको खोजी गरिरहेको छ । संदिग्ध यात्रुहरू थिए वा अरु कोही थिए भन्ने स्पष्ट छैन। अहिलेसम्म कोहीपनि पक्राउ परेका छैनन् ।

न्युयोर्क सिटीमा नेपाली उबर चालकहरुको संख्या पनि उल्लेख्य रहेको छ । नेपाली उबर चालकहरुमाथि पनि आक्रमण र दुब्र्यब्हारका घटनाहरु न्युयोर्क सिटीमा नौला होइनन् ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School