न्युयोर्कबाट उडेको जेटब्लू विमानको ल्यान्डिङ गियरमा २ वटा शव



प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

a jetblue airplane is flying in the sky

न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट प्रस्थान गरेर फ्लोरिडाको फोर्ट लाउडरडेल विमानस्थलमा अवतरण गरेको जेटब्लु विमानको ल्यान्डिङ गियर कम्पार्टमेन्ट भित्र दुईवटा शव फेला परेको जनाइएको छ । सोमबार राति ११ बजेपछि शव फेला परेको हो ।

विमान फोर्ट लाउडरडेल हलिउड अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि नियमित उडान पछिको मर्मतसम्भार निरीक्षणका क्रममा शव भेटिएको हो । व्यक्तिहरूको पहिचान र उनीहरुले कसरी विमानमा पहुँच गरे भन्ने लगायतका परिस्थितिहरू अनुसन्धानमा रहेको जेटब्लु एयरलाइन्सका अधिकारीले बताएका छन् ।

एयरलाइन्सले यो एक हृदयविदारक अवस्था रहेको र घटनाबारे आफूहरु अधिकारीहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएको छ । मंगलबार विहानसम्म मृतकको नाम सार्वजनिक गरिएको छैन ।

हवाईमा अवतरण गरेको युनाइटेड एयरलाइन्सको विमानको ह्वीलवेल भित्र क्रिसमसको पूर्वसन्ध्यामा एक व्यक्ति मृत फेला परेको झण्डै दुई हप्तापछि यो घटना भएको हो । दुई व्यक्ति कसरी ल्यान्डिङ गियरमा पुगे भन्ने प्रस्ट नभएपनि व्यक्तिहरु उडानहरूमा यसरी लुकेका घटना नयाँ भने होइनन् ।





Source link

Leave a Comment