प्रकाशित मिति : मंसिर २६, २०८२ शुक्रबार

अमेरिकामा भएको गोलीकाण्डमा विद्यार्थी मारिएपछि ती विद्यार्थीमध्ये एकका अभिभावकलाई नै प्रहरीले हत्याको आरोपमा पक्राउ गरेको छ।
केन्टकी स्टेट युनिभर्सिटीको क्याम्पसभित्र भएको गोलीकाण्डमा एक विद्यार्थी मारिएका थिए भने अर्का एक विद्यार्थी गम्भीर घाइते भएका थिए।
प्रहरीका अनुसार ४८ वर्षीय जेकब ली बर्ड फ्रान्कफर्टस्थित विश्वविद्यालय क्याम्पसमा थिए। उनले नै छात्रावास बाहिर विद्यार्थीहरूलाई लक्षित गरी गोली चलाएका थिए।
यो गोलीकाण्डमा इन्डियानापोलिसका १९ वर्षीय डेुजोन फक्सको मृत्यु भएको थियो। गोली लागेका अर्का विद्यार्थी गम्भीर अवस्थामा छन्, तर उनको नाम सार्वजनिक गरिएको छैन।
बर्डलाई हत्या र पहिलो दर्जाको आक्रमण को आरोपमा जेलमा राखिएको छ। उनी इन्डियानाको इभान्सभिलका बासिन्दा हुन्, जुन क्षेत्र फ्रान्कफर्टबाट करिब १५० माइल पश्चिमतिर पर्छ।
विश्वविद्यालयका प्रहरी अधिकारीहरू गोलीकाण्ड भएको स्थानकै नजिक थिए। उनीहरूले घटना भएको लगत्तै बर्डलाई नियन्त्रणमा लिएका थिए।
सोही दिन बर्डका छोराहरू संलग्न भएको भनिएको झगडा गोलीकाण्डको कारण हो कि होइन भनेर फ्रान्कफर्टका प्रहरीहरूले अनुसन्धान गरिरहेका छन्।
यो चार महिनामा भएको दोस्रो गोलीकाण्ड हो। गत अगस्ट १७ मा गाडीबाट कयौं राउन्ड फायरिङ गर्दा दुई मानिस घाइते भएका थिए। विश्वविद्यालयका अनुसार ती व्यक्तिहरू विद्यार्थी थिएनन्। विश्वविद्यालयका अध्यक्ष कोफी सी अकाक्पो ले पहिलो घटनापछि क्याम्पसमा थप प्रहरी तैनाथ गरिएको बताए।
हालको घटनाको अनुसन्धान सकिएपछि सुरक्षा थप कडा बनाउने बारे पुनर्मूल्याङ्कन गरिने उनले बताए। केन्टकी स्टेट एक सार्वजनिक ऐतिहासिक रूपमा अश्वेत विश्वविद्यालय हो, जहाँ करिब २,२०० विद्यार्थी पढ्छन्।
यो संस्था १८८६ मा स्थापना गरिएको हो। क्याम्पस फ्रान्कफर्टमा रहेको क्यापिटल भवनबाट करिब २ माइल पूर्वतिर अवस्थित छ।
अमेरिका विश्वका विकसित राष्ट्रहरूमध्ये एक भए पनि, गोलीकाण्ड देशको सबैभन्दा गम्भीर र दीर्घकालीन समस्याहरूमध्ये एक मानिन्छ ।
वर्षैभरि विद्यालयदेखि लिएर सुपरमार्केट, धार्मिक स्थल, कन्सर्ट, कार्यालय तथा सार्वजनिक स्थानहरूमा समेत गोलीकाण्डका घटनाहरू हुने गरेका छन् ।
विशेषगरी, अमेरिकामा हथियार बोक्ने स्वतन्त्रताका कारण साधारण नागरिकले पनि सजिलै बन्दुक किन्न पाउने व्यवस्था छ । यही कारणले धेरै विशेषज्ञहरूले हतियारमा सहज पहुँचलाई नै गोलीकाण्डको मुख्य कारणका रूपमा देखाउँछन् ।
सङ्घीय र राज्य सरकारहरूले विभिन्न स्तरमा सुरक्षा कडा पार्ने, पृष्ठभूमि जाँच कडा गर्ने, मानसिक स्वास्थ्य सेवामा सुधार गर्ने जस्ता प्रयास गरे पनि गोलीकाण्ड पूरै रोकिएको छैन ।
प्रत्येक घटनापछि जनस्तरमा आक्रोश बढ्छ र बन्दुक नियन्त्रणका विषयमा ठूलो बहस चल्ने गर्दछ ।
गोलीकाण्डका घटनाहरूले विद्यार्थी, शिक्षक, परिवार तथा समुदायहरूमा गहिरो मानसिक प्रभाव पारेको हुन्छ । धेरै अभिभावकहरू आफ्नो छोराछोरीलाई विद्यालय पठाउँदा पनि चिन्तित हुने गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्