नेफ्स्कुन सञ्चालकको किसान कल्याण सहकारीले गर्‍यो अडिट रिपोर्ट कीर्ते, जोखिममा सवा अर्ब


२ फागुन, काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) सञ्चालक शालिकराम ढकाल अध्यक्ष रहेको इटहरीस्थित  किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाले लेखा परीक्षकको रिपोर्ट नै कीर्ते गरेको पाइएको छ ।

साह अरुण एन्ड एसोसिट्सले दिएको आर्थिक वर्ष २०७९/८० को वाह्य लेखा परीक्षण प्रतिवेदन कीर्ते गरी सहकारीले आफ्नो २२औं वार्षिक साधारणसभामा प्रस्तुत गरेको हो ।

लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदनमा सहकारीमा भएका विभिन्न विकृति तथा अनियमितताका विषय उल्लेख थियो । तर, लेखा परीक्षकले प्रतिवेदनको त्यो हिस्सा नै गायब पारी ‘फोटोसप’ गरेर अर्कै पाना राखेर सहकारी संस्थाले वार्षिक साधारणसभामा प्रकाशित गरी सदस्यलाई वितरण गरेको हो ।

प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय इनरुवाबाट अनलाइनखबरलाई प्राप्त लेखा परीक्षण प्रतिवेदन अनुसार लेखा परीक्षकले कर्जा नोक्सानी बापत पर्याप्त व्यवस्था नगरिएको, भाखा नाघेको ऋणलाई ननाघेको देखाउन परिवारका अन्य सदस्यका नाममा पुनः ऋण दिएर कर्जा तिरेको देखाएको, एकाघरका परिवारमा अधिकतम ५ लाखसम्म ऋण लगानी गर्न पाउनेमा त्यसभन्दा अधिक ऋण लगानी भएको लगायत टिप्पणी गरेका थिए ।

तर, सहकारी संस्थाले लेखा परीक्षकले यस्ता टिप्पणी गरेका पृष्ठहरू नै गायब पारी एक पृष्ठमात्र प्रकाशित गरेको छ । त्यसमा पनि पछिल्ला पृष्ठमा रहेका सकारात्मक टिप्पणी छानेर तानिएको मात्रै छैन, लेखा परीक्षकको हस्ताक्षर र छाप पनि फोटोसप गरी प्रकाशित गरिएको छ ।

लेखापरीक्षकको प्रतिवेदनको पहिलो पृष्ठ (बायाँ) र सहकारीले फोटोसप गरेर बनाएको नक्कली प्रतिवेदन (दायाँ) ।

त्यसरी लेखा परीक्षकले दिएको राय तलमाथि गरेर प्रकाशित गरेर छाप्नु सिधै कीर्ते भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का काउन्सिल सदस्य सीए उमेशराज पाण्डेय बताउँछन् ।

‘यसमा कागजात कीर्ते गरेकोमा हुने तहसम्मको सजाय कानुन अनुसार हुन्छ,’ उनले भने ।

संस्थाको ३ करोड २५ लाख २७ हजार बराबर कर्जा एक वर्षभन्दा बढी भाखा नाघेको देखिएको पनि लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले त्यस्तो गरेको जानकारीमा आएपछि सम्बन्धित लेखा परीक्षकले त्यो कुरा संस्थाका सेयरधनीलाई सूचित गर्नुपर्ने उनले बताए ।

‘लेखा परीक्षण प्रतिवेदनमा लेखा परीक्षकको अधिकार नै त्यही राय हो, त्यसलाई नै तलमाथि गर्नु गम्भीर अपराध हो,’ उनले भने ।

४ करोड ५४ लाख ७० हजार कम कर्जा नोक्सानी व्यवस्था गरेको प्रतिवेदन लेखा परीक्षकले दिएको छ । संस्थाको ३ करोड २५ लाख २७ हजार बराबर कर्जा एक वर्षभन्दा बढी भाखा नाघेको देखिएको पनि लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

यस्तो कर्जामा शतप्रतिशत प्रोभिजनिङ गर्नुपर्छ । तर, त्यो प्रतिवेदन नै गायब बनाइएको छ ।

यसका साथै, संस्थाले प्रवाह गरेका धितो वा धिनोविनाका ऋणको सावाँब्याज समयमा भुक्तानी नभई ऋण खराब कर्जामा जाने देखिएपछि संस्थाले त्यस्तो ऋणी स्वयं वा परिवारका सदस्यलाई नयाँ वा थप ऋण दिई त्यस्तो ऋणलाई असल बनाउने गरिएको पनि लेखा परीक्षकले उल्लेख गरेको छ ।

त्यसरी ऋण तिर्ने प्रयोजनका लागि नयाँ ऋण दिने गरेका ११  सदस्यको सूची नै लेखापरीक्षकले प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसमध्ये संस्थाले दिएको सबैभन्दा ठूलो ऋण १ करोड रुपैयाँ भएको र त्यो ऋणको ११ किस्ता भुक्तानी नभएकोमा ३१ असार २०८० मा १२ लाख ६४ हजार ऋण दिई त्यसको किस्ता भुक्तानी गरेको देखाइएको पनि लेखा परीक्षकले उल्लेख गरेको छ ।

सहकारी संस्थाले यी सबै लुकाएर लेखा परीक्षकको प्रतिवेदनको पहिलो पेजमा फोटोसप गरी लेखा परीक्षकको हस्ताक्षर जोडेर आफ्नो वार्षिक विवरणमा उल्लेख गरेको छ ।

त्यसरी एभरग्रिनिङ गरेर त्यो ऋणलाई असल कर्जा भनी प्रस्तुत गरिएको पनि लेखा परीक्षकले जनाएको छ ।

व्यवसायका लागि भनेर दिइएको त्यति ठूलो ऋणको नियमित अनुगमन भएको र ऋणीले त्यस्तो कुनै व्यवसाय पनि सञ्चालन नगरेको लेखा परीक्षकले उल्लेख गरेको छ ।

त्यति मात्रै होइन, २०७७ सालमा दिएको २५ लाख ऋणमध्ये २०८० असारसम्म त्यसको पनि सावाँब्याज भुक्तानी नभएकोमा ऋणीको एकाघरका परिवारलाई ३ लाख ९० हजार नयाँ ऋण प्रवाह गरी त्यसलाई पनि एभरग्रिनिङ बनाइएको लेखापरीक्षण प्रतिवेदनमा छ ।

साथै, एकाघर परिवारमा विनाधितो एक समयमा ५ लाखभन्दा बढी ऋण दिन नपाइनेमा साढे १४ लाखसम्म विनाधितो ऋण प्रवाह भएको पनि लेखा परीक्षकले उल्लेख गरेको छ । त्यसरी दिइएको ऋणको सावाँब्याज भुक्तानीमा समस्या भएको पनि लेखा परीक्षकले उल्लेख गरेका छन् ।

लेखा परीक्षकको प्रतिवेदनमै कीर्ते गर्ने संस्थाका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतलाई १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था सहकारी ऐन २०७४ को दफा १२२ र १२४ मा छ ।

तर, सहकारी संस्थाले यी सबै लुकाएर लेखा परीक्षकको प्रतिवेदनको पहिलो पेजमा फोटोसप गरी लेखा परीक्षकको हस्ताक्षर जोडेर आफ्नो वार्षिक विवरणमा उल्लेख गरेको छ ।

यसरी लेखा परीक्षकको प्रतिवेदनमै कीर्ते गर्ने संस्थाका पदाधिकारी तथा प्रमुख कार्यकारी अधिकृतलाई १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था सहकारी ऐन २०७४ को दफा १२२ र १२४ मा छ ।

‘सहकारी संस्थाको कुनै कागजात वा खातामा लेखिएको कुनै कुरा कुनै तरिकाले हटाइ वा उडाइ अर्कै अर्थ निस्किने बेहोरा पारी मिलाइ लेख्ने वा अर्को भिन्नै श्रेस्ता राख्नेजस्ता काम गरेबाट आफूलाई वा अरू कसैलाई फाइदा वा हानि नोक्सानी गर्ने उद्देश्यले किर्ते गर्न वा अर्काको हानि नोक्सानी गर्ने उद्देश्यले नगरे वा नभएको झुट्टा कुरा गरे वा भएको हो भनी वा मिति, अंक वा बेहोरा फरक पारी सहीछाप गरी गराइ कागजात बनाइ वा बनाउन लगाइ जालसाजी गरे वा गराएमा’ त्यो कसुर गरेको मानिने ऐनको दफा १२२ को खण्ड (ढ) मा उल्लेख छ ।

यस्तो कसुर गर्नेलाई १० वर्षसम्म कैद हुने व्यवस्था ऐनको दफा १२४ को दफा १ मा उल्लेख छ ।

‘तपाईंहरूले अडिटरको रिपोर्ट नै कीर्ते गरी वास्तविक रिपोर्ट हटाइ नक्कली रिपोर्ट छाप्नुभएको छ नि त ?’ भन्ने प्रश्नमा संस्थाका अध्यक्ष शालिकराम ढकालले ‘अडिटरले चाहिँ व्यक्ति विशेषको कुरा जथाभावी लेख्न मिल्छ त?’ भन्ने प्रतिक्रिया दिए । अर्थात्, आफूहरूले अडिटरको रिपोर्ट कीर्ते गरेको उनले स्वीकार गरे ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर कार्कीले अडिटरले सदस्य संख्यासहित राखेर प्रतिवेदन दिएकाले त्यसलाई हटाएर प्रकाशन गरेको बताए ।

‘अडिटरले सोधेका विषयमा हामीले स्पष्ट बनाएका थियौं, तर उहाँले आफ्नै ढंगले अपव्याख्या गर्नुभएछ, सदस्यहरूको सदस्यता संख्या पनि उल्लेख गर्नुभएको छ । त्यो गोपनीयतासँग सम्बन्धित विषय भएकाले त्यसलाई हटाएका हौं,’ उनले भने ।

‘अडिटरले संस्थामा भएका कमजोरी उल्लेख गरेकोमा त्यो चाहिँ हटाएर २५ हजार सदस्यलाई झुक्याउनुभएछ त !,’ भन्ने प्रश्नमा उनले ‘अडिटरको लाइसेन्स छ भन्दैमा जथाभावी लेख्न मिल्दैन !’ भने ।

‘अडिटरले लेखेको रायलाई फोटोसप गरेर कीर्ते कागज बनाउन मिल्छ त ?’ भन्ने प्रश्नमा उनले प्रष्ट जवाफ दिएनन् । बरु, प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले पनि यस विषयमा सोधपुछ गरेको जानकारी दिए ।

त्यसलाई कीर्ते गरेको भनेर नबुझिदिन उनले आग्रह गरे ।

यस विषयमा बुझ्न अनलाइनखबरले तत्कालीन कोषाध्यक्ष गोमाकुमारी गिरीलाई सम्पर्क गरेको थियो । उनले आफू यस विषयमा केही नबोल्ने बताइन् ।

यस विषयमा लेखा परीक्षक साह अरुण एन्ड एसोसिएट्सका सीए अरुणकुमार साहसँग कुरा गर्दा आफूले क्लाइन्टको कुनै पनि जानकारी दिन नमिल्ने भन्दै टिप्पणी गरेनन् ।

कीर्ते गर्ने सहकारीलाई रजिस्ट्रार कार्यालयको उत्कृष्टको सम्मान

कोशी प्रदेशका सहकारीहरूको नियामक निकाय प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले किसान कल्याण बचत तथा ऋण सहकारी संस्थालाई सोही वर्ष प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा पुरस्कृत गरेको थियो ।

२१ चैत २०८० मा आयोजित कार्यक्रममा सहकारी रजिस्ट्रार कार्यालयले उसलाई उत्कृष्ट भन्दै पुरस्कार दिएको हो ।

‘अडिटरको रिपोर्ट नै कीर्ते गर्ने सहकारीलाई के आधारमा पुरस्कार दिनुभयो ?’ भन्ने प्रश्नमा प्रदेश सहकारी रजिस्ट्रार हरिबहादुर खत्रीले उसले अडिटरको रिपोर्टको एक पाना नछापेको भन्दै त्यो खासै ठूलो कुरा नभएको बताए ।

‘उसले वार्षिक प्रतिवेदनमा एक पाना नछापेको रहेछ, त्यसमा भएका कुरा हामीले सच्याउन लगाइसक्यौं, अरूले धेरै प्रोपोगान्डा गरेका हुन्,’ उनले अनलाइनखबरसँग भने ।

‘तर, अडिटरको रिपोर्टको फोटोसप गरी उसले कीर्ते गरेको स्पष्ट देखिन्छ, तपाईं यसलाई सामान्य भन्नुहुन्छ त ?’ भन्ने प्रश्नमा किताब छाप्दा सबै पेज नछापेकै आधारमा सहकारीलाई कारबाही गर्न नमिल्ने दाबी गरे ।

जबकि, सहकारी ऐनको दफा १२४ मा यस्तो काम गर्नेलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

गत आवको वित्तीय विवरण अनुसार किसान कल्याणमा १ अर्ब १ करोड रुपैयाँ जनताको बचत छ भने १३ करोड रुपैयाँ सेयर पूँजी छ । यो सहकारीमा २३ हजार सदस्य रहेको संस्थाले जनाएको छ ।

यस्तो छ लेखापरीक्षकले दिएको वास्तविक प्रतिवेदन :

नेफ्स्कुन सञ्चालकको किसान कल्याण सहकारीले गर्‍यो अडिट रिपोर्ट कीर्ते, जोखिममा सवा अर्ब नेफ्स्कुन सञ्चालकको किसान कल्याण सहकारीले गर्‍यो अडिट रिपोर्ट कीर्ते, जोखिममा सवा अर्ब नेफ्स्कुन सञ्चालकको किसान कल्याण सहकारीले गर्‍यो अडिट रिपोर्ट कीर्ते, जोखिममा सवा अर्ब नेफ्स्कुन सञ्चालकको किसान कल्याण सहकारीले गर्‍यो अडिट रिपोर्ट कीर्ते, जोखिममा सवा अर्ब





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School