नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छ: सौगात मल्ल


अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुने क्रम रोक्न आवश्यक रहेको बताएका छन्।

मंगलबार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको उनले सुनाए।

उनले राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई रोक्न जरुरी रहेको उल्लेख गरे। युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको उनको जिकिर थियो।

‘मनमा एक खालको अप्ठ्यारो लाग्छ, कसरी रोक्न सकिन्छ जस्तो लाग्छ। यसलाई कसरी रोक्ने भन्ने ठ्याक्कै थाहा छैन। सरकारले काम गर्ने हो। तर सरकार पनि बेवास्ता गरिरहेको जस्तो देखिन्छ, केही मतलब नै छैन जस्तो देखिन्छ, के फरक पर्ला र ? भन्ने जस्तो देखिन्छ, तर केही होस् भन्ने चाहन्छु।’ उनले भने।

प्रकाशित: २० चैत्र २०८० २०:४० मंगलबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School