२७५ उम्मेदवारमा जसले ५ भन्दा कम भोट ल्याए : RajdhaniDaily.com


काठमाडौं । २१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको १६५ वटै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बन्दा लामो समयदेखि संसदमा बाम वर्चस्व कायम गरेका दलहरूले प्रत्यक्षतर्फ दोहोरो अंकमा जित्न सकेनन् । पटकपटक सरकार बनाएका दलले प्रत्यक्षतर्फ दोहोरो अंकको जीत निकाल्न नसक्दा देशभर रोमाञ्चक मत परिणाम पनि देखिएको छ । देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये २७५ जना उम्मेदवारले ५ मत पनि कटाउन सकेनन् ।

स्मरणीय छ, प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी देशभर कुल सिट संख्या पनि २७५ नै छ । ५ भोट भन्दा कम ल्याउने दलका उम्मेदवार मात्रै ४ जना छन् । जसले दलीय चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेर पनि ५ मत समेत कटाउन सकेनन् । निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार देशभरबाट १ भोट ल्याउने उम्मेदवारको संख्या २८ जना छ ।

यसैगरी, १५ जना उम्मेदवारले शून्य भोट पाएका छन् । यीमध्ये कतिपय आफैले भोट हाल्न नपाएका छन् भने कतिपय दलहरूले मतगणनामा प्रतिनिधि राख्न, निर्वाचन आयोगले दिने सुविधा उपभोग गर्नलगायतका लागि मात्रै प्रोक्सी उम्मेदवार खडा गरेका कारण आफैले आफैलाई मत नहालेको समेत देखिएको छ । यद्यपि यस्ता उम्मेदवारको पहिचान गर्न भने मुस्किल पर्ने भएकाले कुनै एक्सन लिनसमेत गाह्रो हुने निर्वाचन आयोगले जनाएको छ । मोरङ क्षेत्र नम्बर ५ मा सूर्यनारायण ठाकुरले भँगेरो चिन्ह लिएर प्रतिस्पर्धा गरे ।

तर उनले जम्मा ५ मत मात्र पाए । त्यहाँ जयनारायण शर्माको टेबुल चिन्हमा जम्मा ३ मत खस्यो । सुनसरी–२ मा रोशनी राईको टेबुलमा २ मत र सुनसरी–३ मा राजनकुमार गौतमको मुसा चिन्हमा जम्मा २ मत खस्यो । सुनसरी–४ मा फुलकुमारी खानले कैँची चिन्हमा ४ भोट र बुधेश्वर यादवले टेबुल चिन्हमा ४ भोट पाएको निर्वाचन आयोगको मत परिणाममा देखिन्छ ।

मधेश प्रदेशमा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार उठ्ने तर मत भने दोहोरो अंकको बनाउन नसक्ने अवस्था देखिएको छ । सप्तरी–२ मा साधना दासले ४, सञ्जयकुमार चौधरीले ४, अविनाशकुमार सिंहले २ मत ल्याउँदा सप्तरी क्षेत्र नम्बर ३ मा रजियादेवी सदाले ४, ओमप्रकाश विश्वकर्माले २, सिराहा क्षेत्र नम्बर १ बाट इन्द्र महतोले ४, नागेन्द्रकुमार यादवले ५, नन्द साफी धोबीले ५, बालेश्वर दास तत्माले ४ र हार्मो नियम चिन्हबाट उठेका रामदेव ठाकुरले १ मत ल्याएका छन् ।

सिराहा क्षेत्र नम्बर २ मा रमेशकुमार यादवले ५, रोविन यादवले ५, शान्तिदेवी यादवले ५, कपलेश्वरी देवी साहले ३ मत पाएका छन् । सिराहा क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार मैदानमा थिए । २८ स्वतन्त्र उम्मेदवारले १ देखि बढीमा ५८ मत पाएका छन् । जबकि यो क्षेत्रमा दलका उम्मेदवार जम्मा ८ जना छन् । यो क्षेत्रमा राकेशकुमार यादवले ५, रामपुकार कामतीले ५, दीपेन्द्रकुमार यादवले ४, रमेशचन्द्र शर्माले ४, प्रदीपकुमार श्रेष्ठले ३, राजेश्वर यादवले ३, सुमित श्रेष्ठले ३, जिवछकुमार यादवले २, मञ्चन महता र सतिषचन्द्र सिंहले जम्मा १ मत पाए ।

२३ जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरेको सिराहा क्षेत्र नम्बर ४ मा भागेश्वर दासले ४, रञ्जितकुमार यादवले ४, जिवछ मोचीले २ मत ल्याए । २९ जना स्वतन्त्र उम्मेदवार रहेको धनुषा–१ को मत परिणाम भने होल्ड छ । धनुषा क्षेत्र नम्बर २ मा २४ जना स्वतन्त्र उम्मेदवारमध्ये सरोजकुमार महरा ५, सुजितकुमार दास ५, ज्ञानकुमार यादव ४ मतमा सीमित हु ँदा रास्वपाका मनिष झाले जितेको धनुषा क्षेत्र नम्बर ३ मा २९ स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा थिए ।

जसमध्ये केवल ठाकुर ४ मत, राजुकुमार साह ४, रामसरोज साह ४, सुवदार यादव ४, मनोजकुमार साह २, विनोद कर्ण २ मतमा रहँदा कृष्णकुमार साह, सीतादेवी साह र मात्रिकाप्रसाद दास शून्य मतमा सीमित भए । धनुषा क्षेत्र नम्बर ४ मा राकेश चौधरी ५, वाँवीकुमारी महतो ५, हरिप्रसाद पौडेल ५, रामहृदय यादवले ३ मत ल्याए । महोत्तरी क्षेत्र नम्बर १ मा सविताकुमारी देवी ३ मत, महोत्तरी–२ मा ललिताकुमारी मुसहर ५, सत्यनारायण साह ५, अघनु पासमान ४ र रेसमा देवी १ मत ल्याउन सफल भए ।

महोत्तरी क्षेत्र नम्बर ३ मा पंकजकुमार पाण्डेय ५, सुरेशकुमार साह ५, रंजयकुमार मिश्र ३ मतमा सीमित भए । महोत्तरी क्षेत्र नम्बर ४ का २५ जना स्वतन्त्र उम्मेदवारमध्ये २ जना स्वतन्त्र उम्मेदवारले ५ मत नकटाउँदा जनता लोकतान्त्रिक पार्टीका शिवशंकर कुमार शर्माले पनि ५ मत मात्र पाए । सर्लाही–१ मा राम कलासले ३ मत, सर्लाही–२ मा सत्यनारायण चौधरी कलवारले १ मत ल्याउँदा सर्लाही–३ मा रामचन्द्र चमार ५, उमेशकुमार राय ४, प्रमोद भट्टराई ३, चन्दन राजवंशी २ र लोकबहादुर दर्लामी १ मत ल्याउन सफल भए ।

सर्लाही–४ मा अम्बुजप्रसाद साह ५ मत, विक्रम यादव ५, लखेन्द्र महतो ४, सञ्जीवकुमार पासवान ४, अरविन्दकुमार ठाकुरले ३ मत ल्याए भने रौतहट क्षेत्र नम्बर १ का २१ जना स्वतन्त्र उम्मेदवारमध्ये विवेक चौधरी ५, राधेश्याम साह तेली ५, रामानन्द शर्मा ५, रामनरेश राय यादव ४, इन्दुदेवी गुप्ता ३, शम्भु प्रसाद ३, दिनेशकुमार यादव १, मुनिन्दकुमार ठाकुर १, रवि अर्चनमु वर्मा १ मतमा सीमित भए ।

रौतहट–२ मा रामजन्मप्रसाद यादवले ३ मत, रौतहट–३ मा जहुर आलमले ५ मत, राजेन्द्र महराले ५, लालबाबुप्रसाद कुशवाहाले २ र रतनेश महतो कोइरीले १ मत ल्याए । रौतहट–४ मा सोमप्रसाद तिमल्सिनाले ५, बिन्दालाल साह ४, हरिहर मुखिया बिन ४, जितेन्द्रप्रसाद बिन ३ मत र कुसुम खातुन शून्य मतमा अड्किए । बारा–२ मा अनिता कुमारी ५, नगिना देवी ५, प्रयागप्रसाद चौधरी ४, छोटेलाल साह २ र लमहमद अन्सारीले १ मत ल्याए ।

बारा–३ मा सुनिल पासवानले ५, उमरावतीदेवी साहले ४, सुरेशप्रसाद शर्मा सुवेदीले २ मत ल्याउँदा बारा–४ बाट विमला खतिवडाले ५, मुकेशकुमार रौनियारले ४, सन्दीप यादव ४, मोहनप्रसाद चौलागाईं ३, पूर्णप्रसाद चौलागाईं ३, पूर्णप्रसाद पन्थ १ र मंगेश्वर पटेलले १ मत ल्याए । पर्सा–१ मा ११ जना स्वतन्त्रमध्ये पुकार थापा र साजिद अली ५ मत, शिवप्रसाद कोइरी र नरेशकुमार यादव ४ मत तथा अनिल यादव, अविनाश चौरसिया, आर्यशशिकला राउत, दीपकुमार बर्मा र विशालकुमार पाण्डेले ३ मत कटाउन सकेनन् ।

प्रेम मेहता र सरोजप्रसाद यादव १ मतमै सीमित भए ।पर्सा–२ मा कृष्णाकुमार गिरी ५, महेश महतो धानुक ५, किसमती देवी ३, साहेबप्रसाद राम ३, रामनरेशप्रसाद चौरसिया २, रोशनप्रसाद अहिर १, पर्सा–३ मा शिवशंकरप्रसाद रौनियार ४ मत, पर्सा–४ मा करैसा खातुन ४ मत, लकुमान मिया ४, समसुल्हक मियाँ धुनिया ४, सविर अहमद ३ र कान्तिदेवी कुर्मी २ मतमै सीमित भए ।

बागमतीमा पनि लज्जास्पद मत उल्लेख्य
दोलखामा रिमबहादुर ओली ५, कुलक दोर्जे शेर्पा ५, सुमन थापा ५ मतमा अड्किँदा रसुवामा दावा मिङमार तामाङले ३ मत, धादिङ–१ मा दीपक तामाङ ४ मत, धुव्रप्रसाद पाण्डे ४ मत, अर्जुनप्रसाद अर्याल २ मत, कृष्णप्रसाद अधिकारी शून्य मत र धादिङ–२ मा शिवनिधि खनाल १ मतमा सीमित भए । काठमाडौं क्षेत्र नम्बर १ मा १० जनाले ५ मत कटाउन नसक्दा १ भोट ल्याउने ३ जना, शून्य भोट ल्याउने १ जना छन् ।

काठमाडौं–३ मा ४ जनाले ५ मत नकटाउँदा १ भोट ल्याउने १ जना छन् । काठमाडौं–२ मा ६ जनाले ५ मत कटाएनन् भने १ जनाले जम्मा १ मत पाए । काठमाडौं–४ मा २ जना, काठमाडौं–५ मा २ जना, काठमाडौं–६ मा ३ जना, काठमाडौं–७ मा ५ जना, काठमाडौं–८ मा ३ जना, काठमाडौं–९ मा ३ जना, काठमाडौं क्षेत्र नम्बर १० मा १ जनाले ५ मत कटाउन सकेनन् ।

भक्तपुर–१ मा १ जना, ललितपुर–१ मा ४ जनाले ५ भोट नकटाउँदा १ जना १ भोटमा सीमित भए भने भक्तपुर–१ मा ९ जनाले ५ भोट नकटाउँदा ४ जनाले १ भोट ल्याए । ललितपुर– १ मा ५ मत नकटाउने ५ जना उम्मेदवार छन्, जसमा १ जनाले १ भोट पाए भने १ जनाको भोट शून्य छ । ललितपुर– २ मा १ जना, ललितपुर–३ मा १ जना, काभ्रे–२ मा १ जना, सिन्धुली–२ मा १ जनाले ५ मत कटाएनन् ।

मकवानपुरमा ५ मत नकटाउने ३ जनामध्ये १ भोट ल्याउने १ जना छन् । ५ भोट नकटाउने उम्मेदवारहरूमा चितवनमा ५ जना, कास्कीमा २ जना, मुस्ताङमा १ जना छन् ।

मुस्ताङबाट प्रतिस्पर्धा गरेका मंगोल नेसनल अर्गनाइजेसनका यमबहादुर गुरुङले ३ भोट ल्याए । म्याग्दीमा १ र पर्वतमा ३ जनाले ५ भोट कटाएनन् । पर्वतमा आम जनता पार्टीका पवित्रा मल्लले जम्मा ५ भोट ल्याइन् । गुल्मीमा ६ जना उम्मेदवारको ५ मत नकट्दा २ जना शून्य, २ जना १ मतमा चित्त बुझाउने छन् । अर्घाखाँचीमा १ जना, रुपन्देही–१ मा २१ जना र रुपन्देही–२ मा १५ जनाले ५ मत कटाएनन् ।

यीमध्ये ५ जना शून्य, ३ जना १ मतमा सीमित भए । कपिलवस्तुमा ११ जनामध्ये २ जनालाई १ मत प्राप्त भयो भने दाङमा ३ जनामध्ये १ जना १ मतमा सीमित भए । नवलपरासी पश्चिममा १ जना, डोल्पामा १ जनाले ५ मत कटाएनन् । डोल्पाकी जुनु भण्डारी मितेरी पार्टीबाट प्रतिस्पर्धामा थिइन् । उनले जम्मा २ भोट पाइन् ।

(Visited 136 times, 1 visits today)





Source link

Leave a Comment