नेपालले भारतलाई २ महिनामै ७ अर्बको बिजु्ली बेच्यो

नेपालले भारतलाई २ महिनामै ७ अर्बको बिजु्ली बेच्यो



प्रकाशित मिति : आश्विन २३, २०८१ बुधबार

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ ।

प्राधिकरणले गत साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा ३ अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको हो ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार र भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ । साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताउनुभयो ।

चालू आवमा करिब ३० अर्बको विद्युत् निर्यात लक्ष्य राखेका थियौँ, बाढीपहिराले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको घिसिङले बताउनु भयो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स ) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।

नेपालले भारतलाई २ महिनामै ७ अर्बको बिजु्ली बेच्यो

बाढीपहिराका कारण सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७ सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो ।

गत आवमा आयातभन्दा १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School