वैदेशिक रोजगारी वा अन्य किसिमका पेसा–व्यवसायबाट बाह्य देशबाट हुने आम्दानीलाई विप्रेषण भनिन्छ । सामान्यतया कुनै एक स्थानबाट कुनै पनि प्रयोजनका लागि अर्को स्थानसम्म रुपैयाँ पैसा पठाउने कार्यलाई विप्रेषण भनिन्छ । विप्रेषण अथवा रेमिट्यान्स बाह्य देशमा कार्यरत नागरिकद्वारा आफ्नो देशमा प्रवाह हुने पुँजी, नगद वा वित्त हो । जब आप्रवासीहरूले आफ्नो कमाइको हिस्सा घरमा नगद वा सामानको रूपमा परिवारलाई पठाउँछन्, त्यसलाई रेमिट्यान्स भनेर चिनिन्छ । विगत केही वर्षमा विप्रेषण द्रुत गतिमा बढ्दै गएको छ र अहिले धेरै विकासोन्मुख देशहरूका लागि विदेशी आम्दानीको सबैभन्दा ठूलो स्रोत प्रतिनिधित्व गर्छ । कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह कुल घरेलु उत्पादनको ६ प्रतिशत छ ।वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले आफन्तहरूलाई पठाएको रकमलाई वैदेशिक श्रम विप्रेषण भनिन्छ । यसरी प्राप्त हुने विप्रेषणले नेपालको कुल वैदेशिक मुद्रा आर्जनको सबैभन्दा ठूलो भाग ओगटेको छ । यसैगरी, यस्तो विप्रेषणले देशको समग्र भुक्तान सन्तुलनलाई देशको पक्षमा अनुकूल राख्न मद्दत गरेको देखिन्छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपालको आय वृद्धि गर्छ । यसले राष्ट्रिय आयको ठूलो हिस्सा ओगटेको हुन्छ । त्यसकारण नेपाल विप्रेषणमुखी बन्दै छ । विप्रेषणको अभावमा नेपाली अर्थतन्त्र विकलांग हुन सक्छ । विप्रेषणलाई विभिन्न उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सकिन्छ । यस्तो लगानीले राष्ट्रिय उत्पादनमा वृद्धि गरिदिन्छ । तसर्थ पुँजी निर्माण हुन जान्छ । विप्रेषणले गरिबी घटाउन महŒवपूर्ण योगदान पु¥याइरहेको छ । विप्रेषण प्रयोग गरी आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ । यसबाट मानिसहरूको जीवनस्तरमा दिनप्रतिदिन सुधार आउँदै जान्छ ।
हरेक महिना रेमिट्यान्समा वृद्धि भइरहेको छ । कात्तिकसम्म नेपाली कामदारहरूले पठाउने रेमिट्यान्स ९ दशमलव १ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमवल ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने संख्या १ लाख ४७ हजार ४ सय ७८ छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ रहेको छ । बिदेसिनेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको हो ।
आर्थिक वर्ष २०८०–८१ को १० महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १९ दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार, यस अवधिमा ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स २३ रेमिट्यान्स ४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव १ प्रतिशतले बढेर ९ अर्ब २ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८ सय ८७ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८ सय ९३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २ सय ७९ र २ लाख ३८ हजार ९ सय ७६ रहेको थियो । चालू आवको वैशाखसम्ममा खुद ट्रान्सफर १७ दशमलव २ प्रतिशतले वृद्धि भई १३ खर्ब १ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव ५ प्रतिशतले बढेको थियो ।
नेपाल जीवनस्तर मापन सर्वेक्षण तेस्रोअनुसार विप्रेषण आम्दानीको ७९ प्रतिशत रकम दैनिक उपभोगमा खर्च गर्ने, करिब ७ प्रतिशत रेमिट्यान्स कर्जा तिर्ने, ४५ प्रतिशत घरायसी सम्पत्ति जोड्ने र ३.५ प्रतिशत बालबालिका शिक्षामा खर्च हुने गरेको देखिन आउँछ । वैदेशिक रोजगारीबाट प्राप्त हुने आय (रेमिट्यान्स आप्रवाह) बढेको छ । यस आर्थिक वर्षको पहिलो चार महिनामा ५ खर्ब २१ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव १ प्रतिशत बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स ३ अर्ब ८७ करोड भित्रिएको छ । गत आर्थिक वर्षको पहिलो ४ महिनामा ३ अर्ब ६० करोड भित्रिएको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ५ खर्ब ६८ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब २१ अर्ब ४३ करोड थियो । कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार चार सय पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १ सय ५ छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ३७ हजार ४ सय ७५ र ६८ हजार ८ सय ४१ थियो ।
चालू आर्थिक वर्ष २०८१–८२ को साउनदेखि कात्तिकसम्ममा ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । ४ महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेश जाँदा ६८ अर्ब ३१ करोड लिएर गएका छन् । जबकि नेपालमा भ्रमणमा आउने पर्यटकले २६ अर्ब मात्र खर्चेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार ४ महिनामा खुद सेवा आय २२ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २७ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको थियो । राष्ट्र बैंकले विदेशीले नेपालमा गर्ने खर्च ३ दशमलव ८ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको जनाएको छ । यसमध्ये शिक्षातर्फको खर्च ३७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ४ महिनामा भ्रमण खर्च ६१ अर्ब ९२ करोड रहेकामा शिक्षातर्फ ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । चार महिनामा ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदा कात्तिक एक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
गत वर्षको ४ महिनामा ४ खर्ब ७७ अर्ब रुपैयाँ मात्र भित्रिएको थियो । यो ४ महिनामा २ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्सका रूपमा बाहिरिएको छ । ४ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आवको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ । गत आवमा भने २ लाख ६ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकामा यस वर्ष सो स्वीकृति लिने २ लाख ४१ हजारभन्दा बढी छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल भ्रमणमा आउने पर्यटक, विद्यार्थी लगायतले भिœयाउने रकमभन्दा विदेशमा जाने नेपालीले १ अर्ब रुपैयाँ बढी लगेको देखिएको छ । नेपाल भ्रमणमा आउने पर्यटक, पढ्न र उपचारका लागि आउनेले २६ अर्ब रुपैयाँ ल्याएका छन् । तर, यही अवधिमा यस्तै कामका लागि नेपालबाट ६८ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ । यस अवधिमा नेपाल पढ्न आउनेले १ अर्ब ७९ करोड रुपैयाँ भिœयाएका छन् भने अध्ययनका लागि ३७ अर्ब रुपैयाँ बाहिरिएको छ ।
विश्वका हरेक देशले विप्रेषणबाट आम्दानी गरिराखेका हुन्छन् । अर्थतन्त्रको आकारका दृष्टिले विप्रेषणको योगदान नेपालजस्ता गरिब देशमा बढी रहेको छ । विप्रेषण भरपर्दो आम्दानीको स्रोत होइन । विदेशसँग सम्बन्ध बिग्रिँदा होस् वा अन्य विभिन्न कारणले एकपटक तुलो संख्यामा रोजगारी गुमाउन सक्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र नै धराशायी बन्न पुग्छ
शिक्षा र औषधोपचारबाहेक भ्रमणमा आउनेले २४ अर्ब ल्याउँदा यहाँबाट २९ अर्ब रुपैयाँ लगिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकमा ५ दशमलव ६० प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो आव कात्तिकमा मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत रहेकामा यस वर्ष बढेर ५ दशमलव २० प्रतिशत पुगेको हो । राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव १० प्रतिशत गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति खाद्य समूहमा ५ दशमलव ९८ प्रतिशत र गैरखाद्यमा ४ दशमलव ९९ प्रतिशत थियो । राष्ट्र बैंकको तथ्यांकले साउनदेखि कात्तिकसम्मको औसत मूल्यवृद्धि ४ दशमलव ५९ प्रतिशत देखाएको छ । गत आवको यस अवधिमा यस्तो मूल्यवृद्धि औसत ७ दशमलव १५ प्रतिशत थियो ।
पछिल्लो डेढ दशकमा अमेरिकामा नेपालीको संख्या ६० प्रतिशतले बढेको र तीमध्ये करिब ६० प्रतिशतले नेपालमा रेमिट्यान्स पठाउने गरेको एक अध्ययनले देखाएको छ । थिंक ट्यांक संस्था ‘सर्वांगीण विकास अध्ययन केन्द्र (आईआईडीएस)’ ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले अमेरिका बस्ने नेपालीको ठूलो हिस्साले नियमित रेमिट्यान्स पठाउने गरेको देखाएको हो । आईआईडीएसले ‘नेपाली माइग्रान्ट ड्रिम्स इन द अमेरिकन ल्यान्डस्केप ः एन एक्सप्लोरेसन अफ द नेपाली डायस्पोरा इन द युनाइटेड स्टेट्स’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार अमेरिकाबाट सन् २०२३ मा १ दशमलव २८ अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो नेपालको कुल रेमिट्यान्सको १९ प्रतिशत हो । रेमिट्यान्स आप्रवाहका लागि नेपालका मुख्य स्रोत साउदी अरबिया, मलेसिया, भारत, कतार र अमेरिका हुन् ।
विप्रेषणका विशेषताहरू
विप्रेषण विश्वव्यापी भइसकेको छ । विश्वका हरेक देशले विप्रेषणबाट आम्दानी गरिराखेका हुन्छन् । अर्थतन्त्रको आकारका दृष्टिले विप्रेषणको योगदान नेपालजस्ता गरिब देशमा बढी रहेको छ । विप्रेषण भरपर्दो आम्दानीको स्रोत होइन । विदेशसँग सम्बन्ध बिग्रिँदा होस् वा अन्य विभिन्न कारणले एकपटक तुलो संख्यामा रोजगारी गुमाउन सक्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा देशको अर्थतन्त्र नै धराशायी बन्न पुग्छ । विप्रेषणले गर्दा सामाजिक एवं पारिवारिक जीवनमा पनि सकारात्मक नकारात्मक असर पु¥याउँछ । विप्रेषण आम्दानीमा संलग्न व्यक्ति परिवारभन्दा टाढा बस्नुपर्ने हुनाले पारिवारिक सम्बन्ध बिथोलिने खतरा बढी हुन्छ । विप्रेषणले गर्दा नयाँ सीप र ज्ञान हासिल गर्ने, नयाँ संस्कृति र समाजको प्रभाव पर्ने, सहिष्णु भावनाको विकास हुनेलगायतका सम्भावनाहरू हुन्छन् । विप्रेषण आन्तरिक एवम् बाह्य दुवै खालको हुन्छ । स्वदेशमा आउने र स्वदेशबाट बाहिरिने दुई खालका विप्रेषण हुन्छन्
विप्रेषण आयको लगानीको सम्भावना
विप्रेषणबाट रकम पठाउँदा हुन्डी कारोबार गर्न प्रतिबन्ध लगाउनुपर्छ भने बैंकिङ माध्यमबाट मात्र रकम पठाउने व्यवस्था मिलाउनुपर्छ । त्यसका लागि नेपालीहरू पुगेका मुलुकसँग बैंकिङ कारोबारका लागि वैधानिक प्रावधानको सम्झौता गर्न जरुरी छ । नेपालीहरू जहाँ काम गर्छन् त्यहीँबाट रकम नेपाल पठाउन सक्ने व्यवस्था मिलाउनुपर्छ । विप्रेषणलाई सदुपयोग गर्न सरकारले विभिन्न उद्योग, विद्युतीय परियोजना, उत्पादनजस्ता क्षेत्रमा सुरक्षित रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । वर्तमान समयमा सरकारले विभिन्न कम्पनीहरूमा सेयर लगानी गर्ने व्यवस्था मिलाएको छ । त्यसैगरी उद्योग, सेवा क्षेत्रमा पनि विशेष योजना बनाएर विप्रेषणको प्रयोग गर्नुपर्छ । सरकार आफैं ग्यारेन्टी बसेर लगानी गर्दा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूमा पनि विश्वासको वातावरण बन्छ । स्थानीय सरकारहरूले पनि निजी क्षेत्रसँगको सहकार्यमा विप्रेषणलाई उत्पादन र रोजगारी सिर्जना गर्ने कार्यमा लगानी गर्न योजनाहरू बनाउनुपर्छ ।
विप्रेषण प्राप्त गर्ने परिवारहरूलाई सो रकमको दुरुपयोग गर्न नदिन जागरण अभियान सञ्चालन गर्नुपर्छ । अनावश्यक वस्तुको खरिद बिक्रीमा नियन्त्रण गर्नुपर्छ। विप्रेषणबाट आउने रकम मूलतः घडेरी खरिदमा खर्च भएको पाइन्छ । यहाँसम्म मिहिनेत गरेर कमाएको रकम सानो टुक्रा घडेरीमा खर्च हुनु उपयुक्त होइन । सरकारले घरजग्गा बिक्री वितरण र अति मूल्यांकनलाई नियन्त्रण गर्न सके मानिसहरूले उत्पादनको क्षेत्रमा विप्रेषणलाई लगानी गर्छन् । विप्रेषणको सदुपयोग गर्ने अल्पकालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लैजानुपर्छ ।
विप्रेषण आयको लगानीमा देखा परेका चुनौतीहरू
विप्रेषण आउने वैधानिक बैंकिङ सुविधा नेपालीहरू काम गर्न गएका सबै मुलुकमा विस्तार हुन सकेको छैन । हुन्डीमार्फत रकम पठाउने प्रवृत्ति निरुत्साहित हुन सकेको छैन । नेपालीहरूमा देखासिकी गरेर विलासितामा पैसा खर्च गर्ने प्रवृत्ति रहेको छ भने परिवारका सदस्यहरूमा अल्छी प्रवृत्ति रहेको छ । विप्रेषणबाट आएको रकमलाई विवाह, भोज आदिमा खर्च गर्ने, घडेरी किन्ने, उपहार दिनेजस्ता प्रवृत्तिहरू पनि रहेका छन् । सरकारले विप्रेषणको रकम लगानी गर्दा सुरक्षित र नाफा हुने विश्वास दिलाउन सकेको देखिँदैन । विप्रेषणको रकमका ’boutमा भविष्यवाणी गर्न अलि कठिन हुन्छ । बर्सेनि एउटै दरमा विप्रेषण आउँछ भन्न सकिँदैन ।
वैदेशिक रोजगार र विप्रेषणको बेफाइदाहरूमा श्रमशक्तिको अभाव, बौद्धिक पलायन, आर्थिक परनिर्भरता, व्यापार घाटा वृद्धि, अव्यवस्थित परिवार, मानवीय तथा सामाजिक मूल्यमा ह्रास आदि जस्ता समस्या तथा चुनौतीहरू देखिएका छन् । यस्तो समस्याबाट आश्रित वृद्धवृद्धाहरू तथा बालबालिकाहरू जटिल अवस्थामा रहेको देख्न सकिन्छ ।
वर्तमान सोह्रौं योजना (२०८१–८२–२०८५–८६) मा वैदेशिक रोजगारी तथा विप्रेषणको व्यवस्था सम्बन्धी नीति तथा कार्यनीतिअन्तर्गत प्राविधिक तथा व्यावसायिक तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन श्रम बजारमा प्रवेश गरेका युवालाई लक्षित गरी सीप रूपान्तरणका लागि रोजगारउन्मुख प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गर्ने उद्देश्य राखिएको छ । त्यस्तै, प्राविधिक तथा व्यावसायिक तालिम प्रदायक निजी तथा गैरसरकारी निकायहरूलाई नियमन र सीप परीक्षण गर्ने ठोस आधार तयार गर्ने तालिम प्रदायक संस्थाको क्षमता विकास गर्ने कार्यक्रम राखिएको छ भने उद्यमशीलता उन्मुख स्वरोजगारीका लागि व्यावसायिक तालिमको उपलब्धतासँगै सुरुवाती पुँजी, प्रविधि र बजारीकरणका लागि सहयोग गर्ने पनि नीति राखिएको पाइन्छ । मागमा आधारित र प्रविधियुक्त तालिम प्रदान गर्ने पाठ्यक्रममा सुधार गर्ने तालिम केन्द्रहरूको विस्तार गर्ने, निजी क्षेत्रको समन्वयमा कार्यस्थलमा आधारित सीपमूलक तालिम प्रदान गर्ने रणनीति राखिएको छ ।
हाडा अधिवक्ता तथा अवकाशप्राप्त सहप्राध्यापक हुन् ।
(Visited 3 times, 1 visits today)