नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’


२२ असोज, काठमाडौं । खासमा उनी लाहुरेका सन्तान । बुबा बेलायती सेनामा लामो समय सेवा गरेर अवकास पाएका । दाजु नेपाली सेनामा कार्यरत । उनलाई पनि सेनाको जागिर खान दबाब थियो ।

तर, खै किन हो, उनको मन सेनाको जागिर खानतिर होइन, व्यापार–व्यवसायतिर गइसकेको थियो । जागिर होइन, व्यवसाय गर्ने अठोट बच्चैमा जो उनले गरेका थिए ।

२०६२ सालमा पोखरास्थित पोखरा एकेडेमीबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेपछि उनी उच्च शिक्षा अध्ययन गर्न काठमाडौं झरे । कलेज भर्ना भएर पढाइ अगाडि बढाइरहेका थिए, तर ध्याउन्न चाहिँ कसरी व्यवसायमा हात हाल्ने भन्ने नै थियो ।

१२ कक्षा सकेर स्नातक अध्ययन गरिरहेका थिए । व्यवसाय गर्ने ‘भूत’ उनको टाउकोमा यस्तरी सवार भयो कि पढाइ पनि बीचैमा छाडिदिए । अनि, सुरु गरे व्यवसाय ।

पोखराका ३५ वर्षीय विनोद ओझाले २३ वर्षको अल्लारे उमेरमै यस्तो व्यवसाय थाले, जुन उनका बाउबाजेले कहिल्यै गरेका थिए, न सोचेका थिए । व्यवसाय थियो– बेकरी ।



विनोदले बेकरीको नाम राखे– ब्रो बेकरी ।

विनोदले यस्तो बेकरी सञ्चालन गरे जुन १२ वर्षदेखि नेपालमा बेकरीको मानक बदल्न काफी छ भन्दा अतिशयोक्ति नहोला ।

ब्रो बेकरीको एकमात्र लक्ष्य हो– गुणस्तरमा ‘नो कम्प्रमाइज’ ।

हुन पनि उनको बेकरीमा जे तयार हुन्छ, त्यसमा चाहिने शतप्रतिशत कच्चापदार्थ युरोपका फ्रान्स, इटाली लगायत देशबाट ल्याउने गरिन्छ । अझै भन्नुपर्दा, विनोदको बेकरीमा प्रयोग हुने नेपालमा उपलब्ध वस्तु भनेको बिजुली बत्तीमात्र हो । त्यसबाहेक सबै युरोपका सामान ।

विनोद ओझा ।केक, क्रोइसेन्ट, पेस्ट्रिज लगायत बेकरी ‘आइटम’ बनाउन चाहिने पिठो समेत विनोदले इटाली र फ्रान्सबाट ल्याउँछन् । नेपालमा किलोको ५० देखि ६० रुपैयाँमा पाइने पिठो उनले किलोको ४ सयदेखि ५ सय रुपैयाँमा ल्याउँछन् ।

नेपालमा युरोपेली गुणस्तर र मापदण्डका बेकरी आइटम उपलब्ध गराउनु ब्रो बेकरीको मुख्य ध्येय हो । ब्रो बेकरीका ग्राहक नेपालीमात्र होइनन्, नेपाल घुम्न आएका विश्वभरिका पर्यटक पनि हुन् ।

बेकरी आइटमलाई आवश्यक, क्रिम, बटर, चकलेट, सी सल्ट लगायत कच्चापदार्थ सबै युरोपबाट ल्याउने गरिएको छ । विनोदले एक पटक सामान ल्याउँदा १५ देखि २० दिनसम्म पुग्छ । त्यो सकिएपछि फेरि लिन जान्छन् ।

यसलाई उनी ‘गुणस्तरमा नो कम्प्रमाइज’ भन्न रुचाउँछन् । उपभोक्ताको स्वास्थ्यमा सबैभन्दा बढी ध्यान दिनुपर्ने उनी बताउँछन् ।

‘मैले कहिल्यै पनि गुणस्तरमा सम्झौता गरेको छैन र गर्दिन पनि,’ विनोद अतिदृढ सुनिन्छन्, ‘यही कारण पनि ब्रो बेकरीका आइटम किनेर खानै सकिँदैन, एकदमै महँगो छ भन्ने सुनिन्छ । तर, किन महँगो छ भन्ने थाहा पाउन हाम्रा उत्पादन खाएपछि स्पष्ट हुन्छ ।’

ब्रो बेकरीले एउटा क्रोइसेन्टको भाउ २ सय ५० रुपैयाँ तोकेको छ । झट्ट सुन्दा ‘एउटा क्रोइसेन्टको साढे २ सय ! कतिविधि महँगो हो !’ अधिकांशको मुखबाट निस्किनु अस्वाभाविक होइन ।

तर, यो भाउ महँगो हो भन्ने उपभोक्ताको भनाइलाई विनोद यसरी प्रतिवाद गर्छन्, ‘एउटा क्रोइसेन्ट बेच्दा हामीले अधिकतम १० देखि १५ रुपैयाँमात्र नाफा पाउँछौं । युरोपको पिठो र कच्चापदार्थबाट बनेको क्रोइसेन्ट साढे २ सय रुपैयाँमा पाउनु भनेको धेरै नै सस्तो हो । युरोपमै यही गुणस्तरको एउटा क्रोइसेन्टको मूल्य ५ देखि ६ युरो अर्थात् साढे ७ सयदेखि ९ सय रुपैयाँसम्म पर्छ । भनेपछि हामीले असाध्यै थोरै नाफा राखेका छौं भन्ने यसबाट देखिन्छ ।’

नेपालमा युरोपेली गुणस्तर र मापदण्डका बेकरी आइटम उपलब्ध गराउनु ब्रो बेकरीको मुख्य ध्येय हो । ब्रो बेकरीका ग्राहक नेपालीमात्र होइनन्, नेपाल घुम्न आएका विश्वभरिका पर्यटक पनि हुन् ।

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’
विनोद ओझा ।

५० लाखबाट सुरु, लगानी पुग्यो २० करोड

१२ वर्षअघि कलेज पढ्ने ठिटोले ५० लाख रुपैयाँ लगानीमा ब्रो बेकरी सुरु गरेका थिए । सुन्नेलाई लाग्न सक्छ– कलेज पढ्ने ठिटोसँग ५० लाख रुपैयाँ कहाँबाट आयो ?

‘मेरो बुबा ब्रिटिस आर्मी हुनुहुन्थ्यो, उहाँको राम्रो सेवा सुविधा थियो । बुबाले केही पैसा व्यवस्था गरिदिनुभयो अनि दाइ र दिदीहरूले थपथाप गरिदिएपछि बेकरी खोल्न सफल भएँ,’ विनोद भन्छन्, ‘त्यसपछि मैले यसरी मिहिनेत गरेँ कि अहिले सम्झिँदा रमाइलो लाग्छ । तर, मिहिनेत गर्ने बानी छुटेको छैन, जिन्दगीभरि मिहिनेत गरिरहन्छु ।’

ब्रो बेकरीको एकमात्र उद्देश्य भनेकै गुणस्तरीय बेकरी आइटम उपभोक्तालाई पस्किने हो । गुणस्तर एक रौं नखस्कियोस् भनेर ब्रो बेकरीले काठमाडौं चन्डोलस्थित मुख्यालयबाटै सबै आउटलेटमा बेकरी आइटम आपूर्ति गरिरहेको छ ।

उनी कतिसम्म मिहिनेत गर्छन् भने गुणस्तरमा सम्झौता नहोस् भन्नका लागि बेकरी आइटम आफैं बनाउँछन् ।

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’संसारमा कस्ता खालका बेकरी आइटम चलेका छन्, तिनका स्वाद, डिजाइन कस्ता छन्, कसरी बनाउन सकिन्छ, के कस्ता कच्चापदार्थ प्रयोग गर्नुपर्छ भन्ने मिहिन तरिकाले सिक्न, जान्न र बुझ्नका लागि उनी वर्षमा दुई–चार पटक युरोपका विभिन्न देशमात्र नभई एसियाका अन्य देशका ठूला र विश्वचर्चित ‘सेफ’ हरूले उपलब्ध गराउने तालिममा सहभागी हुने गर्छन् ।

‘यस्ता तालिम लिनकै लागि मैले करोडौं खर्च गरिसकेको छु,’ विनोद उत्साहित हुन्छन्, ‘जति यस्ता तालिम लियो, आफूलाई बेकरी उद्योगमा त्यति नै निखार्न सकिन्छ । मैले सिकेको ज्ञान र सिप आफ्ना सहकर्मीलाई पनि बाँड्न सकिन्छ ।’

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’आउटलेट र रोजगारी

ब्रो बेकरीले हाल काठमाडौं, ललितपुर र कास्कीमा गरी ६ वाट आउटलेट सञ्चालन गरिरहेको छ । काठमाडौंमा ठमेल, चन्डोल र बसुन्धरा, ललितपुरमा पुल्चोक लबिम मल र सानेपा तथा कास्की पोखरामा ब्रो बेकरीले उपभोक्तालाई गुणस्तरीय बेकरी आइटम खुवाइरहेको छ ।

१२ वर्ष अन्तरालमा ६ वटा आउटलेट सञ्चालन गरिसक्दा ब्रो बेकरीले २० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । सबै आउटलेटमा गरी हाल पाँच दर्जनभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

‘हामीसँग आबद्ध सहकर्मीको सुखदुःख हाम्रो पनि हो, ब्रो बेकरी भनेर हामीसँग जोडिएका सहकर्मीलाई पनि सेवा सुविधाबाट खुसी दिलाउनु हाम्रो अर्को उद्देश्य हो,’ सञ्चालक विनोद भन्छन्, ‘सहकर्मी खुसी नपारेसम्म हामीले ग्राहक पनि खुसी पार्न सक्दैनौं ।’

सबै आउटलेटमा बेकरी आइटम बनाइन्छ ?

ब्रो बेकरीको एकमात्र उद्देश्य भनेकै गुणस्तरीय बेकरी आइटम उपभोक्तालाई पस्किने हो । गुणस्तर एक रौं नखस्कियोस् भनेर ब्रो बेकरीले काठमाडौं चन्डोलस्थित मुख्यालयबाटै सबै आउटलेटमा बेकरी आइटम आपूर्ति (सप्लाई) गरिरहेको छ ।

काठमाडौं र ललितपुरका पाँच आउटलेटमा चन्डोलमै बनेका बेकरी आइटम दिनहुँ सप्लाई हुने गरेको विनोद बताउँछन् ।

बेकरीको उद्देश्य नाफा कमाउने हुँदै होइन, बरु उपभोक्तालाई गुणस्तरी बेकरी आइटम खुवाएर बेकरीको मानक बदल्दै कम्पनीलाई नेपालकै ‘नम्बर वान’ बेकरी बनाउने लक्ष्य हो ।

‘काठमाडौं र ललितपुरका पाँच आउटलेटमा हामीले चन्डोलबाटै बेकरी आइटम बनाएर सप्लाई गर्ने गरेका छौं,’ विनोद सुनाउँछन्, ‘बेकरी आइटमको गुणस्तर नखस्कियोस् भनेर यस्तो गरेका हौं । जुन दिन बेकरी आइटम तयार हुन्छ, ती आइटम त्यही दिनमात्र खान मिल्छ, भोलिपल्टसम्म राख्ने भन्ने हुँदैन । त्यसकारण माग अनुसार आइटम तयार गर्छौं । नबिकेको बेलुका फ्याँक्ने गर्छौं ।’

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’

पोखरास्थित आउटलेटका लागि भने काठमाडौंबाट बेकरी आइटम सप्लाई गर्न असम्भव नै हुने गरेका कारण उतै उत्पादन गर्ने गरिएको विनोद बताउँछन् ।

‘ब्रो बेकरीका उत्पादन २४ घण्टाभित्र खाइसक्नुपर्छ, नत्र खेर जाने नै हो,’ उनी भन्छन्, ‘त्यही भएर पोखराका कर्मचारीलाई हामीले तालिम दिएर दक्ष बनाएका छौं र सबै उत्पादन उतै तयार हुने गरेको छ । पोखरामा उपभोक्तालाई काठमाडौंका आउटलेट भन्दा केही सस्तो पनि पर्छ ।’

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’
विनोद ओझा ।

कस्तो छ कारोबार ?

ब्रो बेकरीले ६ वटा आउटलेटबाट गर्ने कारोबार सन्तोषजनक रहेको विनोदको भनाइ छ । एउटा आउटलेटमा दैनिक ७० हजारदेखि १ लाख रुपैयाँसम्मका बेकरी आइटम बिक्री हुने गरेको अनुभव उनले सँगालेका छन् ।

‘यसो हेर्दा एउटै आउटलेटबाट दिनमै लाखको व्यापार हुने रहेछ, ६ वटा आउटलेटबाट दिनहुँ ६ लाखको व्यपार त गजबै रहेछ नि भन्ने देखिन्छ,’ उनी थप्छन्, ‘तर, हामीले नाफाको मार्जिन एकदमै थोरै राखेका छौं । एउटा क्रोइसेन्ट बच्दा लागत कटाएर १० देखि १५ रुपैयाँमात्र नाफा बच्छ ।’

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’

यो हिसाबमा हेर्दा ब्रो बेकरीको उद्देश्य नाफा कमाउने हुँदै होइन, बरु उपभोक्तालाई गुणस्तरी बेकरी आइटम खुवाएर बेकरीको मानक बदल्दै कम्पनीलाई नेपालकै ‘नम्बर वान’ बेकरी बनाउने लक्ष्य लिएको विनोद सुनाउँछन् ।

उपभोक्ताको चाप

ब्रो बेकरीलाई दिनहुँ बेकरी आइटम खान आउने स्वदेशी तथा विदेशी उपभोक्ताको चाप धान्न मुस्किल छ । त्यसमाथि अन्य धेरै होटल, रेस्टुरेन्ट लगायतबाट माग आउने गरेको छ ।

तर, विनोद ब्रो बेकरीको ‘सिक्रेट रेसिपी’ अरू कसैलाई बाँड्न चाहँदैनन् । धेरैले उनलाई के कस्ता कच्चापदार्थ हालेर बेकरी आइटम तयार गरिन्छ भनेर सोध्ने गरेका छन् भने बुझ्न पनि आउँछन् ।

अझै बेकरी आइटमका कच्चापदार्थ सप्लाई गर्ने कम्पनी र नेपालकै स्थानीय उत्पादकले ‘हाम्रा उत्पादन लिइदिनुपर्‍यो’ भनेर आग्रह गर्नेको भीड ब्रो बेकरीलाई थेगिनसक्नुको छ । तर, यी सबैबाट ब्रो बेकरी टाढै बस्ने गरेको छ ।

ब्रो बेकरीका आइटमका स्वाद एकपटक लिएपछि उपभोक्ता बारम्बार आउने गरेको विनोदको अनुभव छ । ‘बेकरी रेसिपिमाथिको हाम्रो वर्षौंको मिहिनेतका कारण यस्तो सम्भव भएको हो,’ उनी थप्छन् ‘यसलाई सदैव निरन्तरता दिने लक्ष्यबाट हामी कहिल्यै पछाडि हट्ने छैनौं ।’

ब्रो बेकरीका आइटम नै किन खाने ?

काठमाडौं उपत्यकादेखि ठूला सहर हुँदै देशभरि हिसाब गर्ने हो भने बेकरी उद्योग हजारौं छन् । तिनले थरिथरीका आइटम उत्पादन गर्छन् । तिनका उपभोक्ता पनि राम्रै संख्यामा छन् । तर, ती उपभोक्ताले बेकरी आइटमको गुणस्तर के हो भनेर सोधेको वा बुझेका हुँदैनन् ।

‘जसले आफ्नो स्वास्थ्यको ख्याल गर्छन्, जसले गुणस्तरीय उत्पादन खोज्छन्, त्यस्ता ग्राहक हाम्रा लक्षित वर्ग हुन्,’ विनोद भन्छन्, ‘हामी संसारकै महँगा बटर, पिठो, क्रिम प्रयोग गर्छौं । यस्ता सामान संसारका ठूला र उत्कृष्ट सेफले प्रयोग गर्छन् ।’

नेपालमा बेकरीको मानक बदल्दै ‘ब्रो बेकरी’उनका अनुसार विश्वका नाम चलेका सेफले प्रयोग गर्ने कच्चापदार्थ मात्र होइन, ओभन लगायत उपकरण पनि ब्रो बेकरीले प्रयोग गरिरहेको छ । त्यही भएर पनि ब्रो बेकरीका उत्पादन महँगो भएका हुन् ।

यस मानेमा ब्रो बेकरीले नेपालको बेकरी आइटमको मानक बदल्दै गएको विनोद गर्वसाथ सुनाउँछन् ।

‘योभन्दा अझै उत्कृष्ट काम गर्ने र गुणस्तरमा सम्झौता नगरी आफूले सकुन्जेल उपभोक्तालाई गुणस्तरीय बेकरी आइटम खुवाइरहने हो,’ उनी दृढ सुनिन्छन्, ‘गुणस्तरीय कच्चापदार्थ ल्याउन पाइन भने बरु उत्पादन नै बन्द गर्छु तर गुणस्तरमा कहिल्यै सम्झौता गर्ने छैन ।’

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School