जनजागृति वा जनतालाई जगाउने वा सचेत गराउने कार्य जनजागरण हो । जनजागरणले जनताको चेतनाको स्तर बढाउँछ । निर्णायक क्षमतामा वृद्धि गराउँछ । जुनसुकै विषय वस्तुका ’boutमा पनि गहन रूपले छानबिन गरी सही र गलत छुट्याउने बनाउँछ । जनजागरणको क्षेत्र सीमित हुँदैन । यसले समाजको बृहत् क्षेत्रलाई नै समेटेको हुन्छ । जस्तो, शिक्षाको जनजागरण, स्वास्थ्य क्षेत्रमा जनजागरण, समाज सेवामा जनजागरण आदि । जुनसुकै सामाजिक क्षेत्रसँग जनजागरण सम्बन्धित हुन सक्छ । तथापि, जनजागरण भन्नाले हामी राजनीतिक क्षेत्रसम्बद्ध जनजागरण भन्ने ठान्छौं । किनकि अन्य क्षेत्रमा भन्दा जनजागरण शब्द विश्वमै राजनीतिक क्षेत्रमा बढी प्रयोग हुने गर्छ । यसैले, आलेखमा नेपालको पहिलो राजनीतिक जनजागरण १९३३ लाई मुख्य चर्चाको विषय बनाइएको छ ।
नेपालमा जनजागरणको प्रारम्भ राणा प्रधानमन्त्री जंगबहादुरकै पालाबाट भएको हो । करिब डेढ सय वर्षपहिलेबाट प्रारम्भ भएको जनजागरण अभियान विशेषगरी जहानियाँ राणा शासनविरुद्ध नै सञ्चालन भएको थियो । जंगबहादुरको पालादेखि २००७ सालसम्मको राणाकालमा भएका प्रमुख जनजागरणमा, १९३३ सालमा लखन थापा ‘ख’ द्वारा सञ्चालित जनजागरण, १९३५ सालतिरको सन्त ज्ञानदिलदासद्वारा भएको जनजागरण, १९३५–४० सालतिरकै सन्त शशिधर मरासिनीको नेतृत्वमा भएको जनजागरण, सुब्बा कृष्णलाल अधिकारीको १९७७–७८ सालको मकै पर्वको नामले परिचित जनजागरण, शुक्रराज शास्त्रीका बाबु माधवराज जोशीको अगुवाइमा १९५०–५५ सालमा सञ्चालित आर्य समाजको जनजागरण प्रमुख हुन् । यसैगरी १९८८ सालमा खड्गमानसिंह बस्नेत, रंगनाथ शर्मा, उमेशविक्रम शाह, लक्ष्मण राजा, मैनाबहादुरलगायतले स्थापना गरेको ‘प्रचण्ड गोरखा’ द्वारा सञ्चालित जनजागरण, १९९४ सालमा शुक्रराज शास्त्रीको अगुवाइमा केदारमान व्यथित (श्रेष्ठ), शंकरप्रसाद शर्मा, गंगालाल श्रेष्ठलगायतका १३ जना सक्रिय युवाद्वारा गठित नेपाली नागरिक अधिकार समितिको जनजागरण तथा १९९३ सालमा श्री ५ त्रिभुवनकै सदाशयतामा गठित नेपाल प्रजापरिषद्द्वारा सञ्चालित जनजागरण त अझ सशक्त रूपमा देखा पर्दै आए । प्रजापरिषद् स्थापना गर्नमा दशरथ चन्द र धर्मभक्तको विशेष भूमिका थियो । उल्लिखित जनजागरणमध्ये प्रजापरिषद्को जनजागरण सबैभन्दा लोकप्रिय बन्यो । यसपछि नै राणाहरूको जहानियाँ शासन पनि क्रमशः धराशायी बन्दै २००७ सालमा समाप्त भयो ।
नेपालको जनजागरणको इतिहास हेर्दा उल्लिखित जनजागरण अविस्मरणीय मानिन्छन् । उल्लिखित सबै जनजागरण विभिन्न पृष्ठभूमिबाट उत्पन्न भए पनि सबैको उद्देश्य राणाविरुद्ध जनतालाई संगठित बनाउने नै थियो । यसमध्ये पनि १९३३ सालमा लखन थापा ‘ख’ द्वारा सञ्चालित पहिलो जनजागरण कस्तो थियो ? भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ । यसैले यहाँ त्यही पहिलो जनजागरणकै सम्बन्धमा संक्षिप्त चर्चा गरिएको छ ।
स्मरण रहोस्, गोरखाको मनकामना मन्दिरमा सर्वप्रथम १६६६ सालदेखि पुजारीको रूपमा स्थानीय मगर जातिका व्यक्तिलाई राख्न थालिएको थियो । पहिलो पुजारीको नाम लखन थापा थियो । पहिलो पुजारी लखन थापाकै खलकका नवौं पुजारीको नाम जगजित थापा थियो । १९३३ सालमा मनकामनाका पुजारी जगजित थापा नै थिए । तर, स्थानीय बासिन्दा तथा भक्तजनहरूले लखन थापाकै खलकका भएकाले तत्कालीन पुजारी जगजित थापालाई पनि लखन थापा नै भन्दै आएका थिए । नवौं पुजारीको नाम जगजित थापाभन्दा लखन थापा नै चर्चित बन्न थालेपछि उनलाई लखन थापा ‘ख’ भनियो । पहिलो पुजारीको नाममा पछि ‘क’ जोडिएर लखन थापा ‘क’ मा परिणत भएको थियो ।
उनै पुजारी लखन थापा ‘ख’ लाई सपनामा मनकामना माईले ‘नेपालमा जंगबहादुर राणाले ज्यादै पाप र अत्याचार ग¥यो । त्यसलाई यसै तलबारले काटी त्यसको ठाउँमा तँ बस्नू भनिन् भन्ने भनाइले मान्यता पाउँदै आयो । मनकामना माईको कथनले मगरहरूले नेपाल दरबारबाट लखेटिनुपरेको कुण्ठालाई प्रतिनिधित्व गरेको देखियो । लखन थापा ‘ख’ जोसमनी सन्तको परम्पराउपर विश्वास गर्थे । यसलगत्तै पुजारी लखन थापा ‘ख’ को मानसिकता नै परिवर्तन भयो । उनले मनकामना माईले भनेअनुसारै जंगबहादुर राणालाई समाप्त पारेर आफू निजको ठाउँमा प्रधानमन्त्री बन्ने सपना देख्न थाले । त्यसताका गोरखा भेगमा नेपाली एवं ब्रिटिस भारतीय पूर्वसैनिकहरूको बसोबास बाक्लो थियो । लखन थापाले पनि छोटो समय सेनामा जागिर खाएका थिए । लखन थापा ‘ख’ ले पनि तत्कालै आवश्यक हातहतियारको चाँजोपाँजो मिलाएर पूर्वसैनिकहरूलाई एकत्रित गरिहाले ।
तर, प्रधानमन्त्री जंगबहादुर राणाले लखन थापाको षड्यन्त्रकारी योजनाका ’boutमा जानकारी पनि पाइहाले । किनकि जंगबहादुर राणाकै दाजुका खलकहरू त्यसबखत गोरखाकै बोर्लाङ भन्ने स्थानमा कुँवर थरबाट चर्चित भई बसोबास गरिरहेका थिए । उनीहरूमार्फतै जंगबहादुरले लखन थापाको योजना’boutमा जानकारी पाएका थिए । श्री ३ जंगबहादुर राणाले केही ब्राह्मण समुदायहरूले नै आफ्नोविरुद्ध लखन थापा ‘ख’ लाई भड्काएको आशंका गरे । त्यसपछि तत्कालै जंगबहादुरले मनकामनामा धर्म कृत्य गर्न जाने पण्डितहरूमाथि निगरानी गर्न आफ्ना दूतहरू खटाए । जंगबहादुरका दूतहरूले जंगबहादुरविरुद्धको षड्यन्त्रमा ब्राह्मणहरूको संलग्नता नभएको, सो कार्यमा लखन थापा ‘ख’ नै दोषी देखिएको प्रमाण पेस गरे । त्यसपछि जंगबहादुरले लखन थापाको गाउँ बुङकोटतर्फ मानिस खटाई विद्रोही गतिविधिमा संलग्न हुने सबैलाई पक्राउ गर्ने आदेश दिए ।
लखन थापा ‘ख’ को बसोबासस्थल बुङकोट नै थियो । उनी १८७० सालतिर बुङकोटमा जन्मेका थिए । लखन थापाको उमेर करिब ६० वर्षको हुँदा नै उनी गोरखाको मोक्षमण्डलका अनुयायी जोसमनी सन्तबाट प्रभावित भएका थिए । लखन थापा ‘ख’ ले खुलेरै श्री ३ जंगबहादुरको विरोध गर्न थालेपछि गोरखामा भित्रभित्रै राणा शासनविरुद्धको जनजागरण प्रारम्भ भयो । सन्त जोसमनीको भक्तिभावबाट प्रभावित भएका सर्वसाधारण सबैले लखन थापालाई साथ दिए । उनीहरू सबैले जंगबहादुरजस्तो दुराचारीको मृत्यु लखन थापाको तरबारमा देख्न थाले । बुङकोट गाउँका मात्र होइन आसपास र सदरमुकाम गोरखासम्मका थाहा पाउने सबै जनताले लखन थापालाई सहयोग गरे । गाउँमा भएका बन्दुक गोलीगट्ठा, खुँडा तरबार, धनुकाँडजस्ता हातहतियार संकलन गर्न गाउँलेहरू नै अग्रसर भए । एकै प्रयासमा राणा शासन समाप्त पार्ने धार्मिक योजना पनि तयार भयो ।
लखन थापा ‘ख’ र सन्त ज्ञानदिलदासको कर्मथलो भिन्न थियो । तथापि, यिनीहरू दुवै जोसमनी सन्तकै अनुन्यायी तथा उनकै शिक्षाद्वारा दीक्षित भएकै कारण दुवै जना जंगबहादुरको आशंकाको घेरामा परेका थिए
सबै कुराको तयारी भइरहेकै बेलामा त्यस्तो गलत अफवाहलाई फैलिनबाट तत्कालै रोक्न उचित ठानेर श्री ३ जंगबहादुर राणाले पनि आफ्नो विश्वासी मानिससहित सेना खटाएर बुङकोट गाउँका लखन थापाको मुख्य सहयोगीमध्येका ८ जनालाई ६० नाल बन्दुकसहित पक्राउ गराए । पक्राउ परेका लखन थापालाई उनकै घर बुङकोटअगाडि झुन्ड्याएर मारे । अन्य ७ जनालाई मनकामना मन्दिरअगाडि नै झुन्ड्याएर मारे । त्यसपछि लखन थापाद्वारा सञ्चालित जनजागरण समाप्त भएको थियो ।
तर, लखन थापाद्वारा स्थापित जनजागरणको तुस पूर्ण रूपमा मेटिएको थिएन । जनता राणाविरुद्ध एकत्रित हुने क्रम चली नै रह्यो । लखन थापासहितका ८ जना पक्राउ परेका व्यक्तिलाई फाँसी दिएपछि लगत्तै सो समूहका पचासभन्दा बढी मानिसलाई पक्री सोही अपराधमा जंगबहादुरले कैद गरे । सो घटना भइसकेपछि धार्मिक मठमन्दिर र धर्म प्रचारकहरूमाथि जंगबहादुरको शंका अझै बढ्दै गयो । यही समयमा पूर्वी नेपालको रुम्जाटारमा पनि लखन थापा ‘ख’ सँगै जोसमनी मतबाट दीक्षित भएका सन्त ज्ञानदिलदास धाार्मिक कृत्य कर्ममा समर्पित हुँदै आएका थिए । लगत्तै जंगबहादुर राणाको ध्यान रुम्जाटारनिवासी सन्त ज्ञानदिलदासमा केन्द्रित भयो । सन्त ज्ञानदिलदासलाई पनि जंगबहादुरले कुदृष्टिले हेर्न थाले । लखन थापा ‘ख’ लगायतलाई फाँसी दिइसकेपछि धर्मिक प्रचारककै रूपमा सन्त ज्ञानदिलदास जुनजुन ठाउँमा पुग्थे, त्यहाँ बुङकोट घटना सम्बद्ध जंगबहादुरविरुद्धका कुरा त सुन्थे तर पनि सन्त ज्ञानदिलदास जंगबहादुरको विरोधमा उत्रिसकेका थिएनन् ।
सन्त ज्ञानदिलदास गोप्य रूपले जंगबहादुरको चरित्रहीन, दयाहीन, आचारहीन व्यक्तित्वको निन्दा गर्दै ठाउँठाउँमा पुग्थे । सदवाणिलयमा एकतारेले गाउँथे, जनतालाई सुनाउँथे । त्यही कुरा जंगबहादुरको कानमा परेपछि सन्त ज्ञानदिलदासलाई पक्राउ गर्ने योजना जंगबहादुरले बनाए । सन्त ज्ञानदिलदासको जन्म १८७८ सालमा इलाम जिल्लाको फिक्कल गाउँमा भएको थियो । उनले साधुसन्तको सत्संगबाट औपचारिक रूपमा संस्कृत अध्ययन गरेका थिए । उनी अत्यन्त तीक्ष्ण बुद्धिका भएकाले जोसमनी सन्त सम्प्रदायकै गुरु श्याम दिलदासको पाँचथर जिल्लाको नाङ्गिन गाउँमा ज्ञानदिलदासलाई दीक्षित गराइएको थियो । गुरुद्वारा दीक्षामन्त्र लिएपछि नै ज्ञानदिलदास रुम्जाटारतर्फ लागेका थिए । ओखलढुंगाको रुम्जाटारमा बसेर ज्ञानदिलदासले जातिभेद र कर्मकाण्डविरोधी एवं मूर्तिपूजाको निन्दा गर्दै रुम्जाटारको गुरुङ गाउँमा प्रचार अड्डा नै स्थापना गरेका थिए । सो भेगका ब्राह्मणहरूबाहेकका अन्य व्यक्तिका निम्ति ज्ञानदिलदास आकर्षणको केन्द्र बन्दै गए । उनको व्यापक प्रचार–प्रसार हुन थाल्यो । उनले जंगबहादुर राणाको पनि विरोध गर्न थालेपछि भने सिपाहीले उनलाई पक्रे ।
पक्राउ परेका ज्ञानदिलदासलाई जंगबहादुरले काठमाडौं झिकाए । तत्कालै उनलाई रानीपोखरी छेउको राष्ट्रिय नाचघर भएको बाटोस्थित गेहेन्द्रशमशेरको हतियार निर्माण गर्ने प्रयोगशालाकै छिँडीको कोठामा ६ महिनासम्म नजरबन्द गरियो । उनलाई लखन थापा ‘ख’ सँग सम्मिलित भएको आशंकामा पक्राउ गरिएको भए पनि त्यस’boutमा खासै प्रमाण फेला नपरेपछि उनलाई जंगबहादुरले मत प्रचार गर्ने छुट दिए । उल्टै जंगबहादुरले आफ्ना भाइहरूलाई ज्ञानदिलदासको संगत गर्ने अनुमित दिएका थिए । ज्ञानदिलदास दोषी नदेखिएको कारण जंगबहादुरले उनलाई १९३३ साल मंसिरमा काठमाडौंबाट बिदाइ गरे पनि त्यसपछि हरेक काम कार्यमा ज्ञान दिलदास सर्तर्क रहे ।
सन्त ज्ञानदिलदास आफू जंगबहादुर राणाको कैदबाट मुक्त भएपछि पनि सत्य ज्ञान भजनबाट प्रचार गर्न छोडेनन् । ज्ञानदिलदासको धैर्य एवं पवित्र भावको परिणामस्वरूप नेपालमा भारदारहरूलाई श्री ३ जंगको कर्तुतप्रति घृणा र अनास्था बढ्दै गयो भने ज्ञानदिलदासको प्रभाव सकारात्मक प¥यो । माथि उल्लिखित लखन थापा ‘ख’ को जनजागरणको स्वरूप, उद्देश्य सन्त ज्ञानदिलदासको जनजागरणसँग मेल खाँदैन । यी दुईको कर्मथलो पनि भिन्न नै थियो । तथापि यिनीहरू दुवै जोसमनी सन्तकै अनुन्यायी तथा उनकै शिक्षाद्वारा दीक्षित भएकै कारण दुवै जना जंगबहादुरको आशंकाको घेरामा परेका थिए । सन्त ज्ञानदिलादासको जनजागरणको विशेषता फरक भए पनि दुवैलाई हेर्ने जंगबहादुरको समान दृष्टि तथा ज्ञानदिलदासमा लखन थापा ‘ख’ को प्रभाव बढ्दै गएको जंगबहादुर उपरको नकारात्मक दृष्टिकोणले भने ज्ञानदिलदासको जनजागरण कतै लखन थापा ‘ख’ कै परिपूरक त थिएन ? भन्ने आशंका पूर्ण रूपमा मेटिँदैन थियो । यसैले यसलाई पनि यहाँ चर्चाको विषय बनाइएको हो ।
राणा शासन अन्त्य गर्न मात्र होइन २००७ सालपछि निर्दलीय पञ्चायती व्यवस्था हटाउन, पूर्ण प्रजातन्त्र स्थापित गराउन, गणतन्त्र स्थापित गर्न र लोकतन्त्र स्थापित गर्नका लागि नै समयसम्ममा नेपालमा जनजागरण हुँदै आएको विदितै छ । विश्वमै लोकप्रिय मानिएको वर्तमान लोकतान्त्रिक व्यवस्थाका सञ्चालक नेताविरुद्ध नै नेपालीहरू अहिले जनजागरणउन्मुख भइरहेका छन् । तर, यसलाई हामीले व्यवस्थाविरुद्धको होइन सञ्चालक नेताको गलत व्यवहार र अनुदार कार्यशैलीविरुद्धको हो भन्ने ठान्नुपर्छ । माथि उल्लिखित सबै जनजागरणले यस्तै नजिर स्थापित गरेको छ, जुन यथार्थमा आधारित छ ।
(Visited 1 times, 1 visits today)