नाउपामा रेशम र रञ्जिताले नै एकअर्कालाई कारबाही गर्ने

नाउपामा रेशम र रञ्जिताले नै एकअर्कालाई कारबाही गर्ने


पार्टीको बैठकमै दुई पक्षबिच कुटाकुट भएको घटना पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की  अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबिच आरोप प्रत्यारोप सुरु भएको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले घटनामा संलग्न सबै व्यक्तिलाई कारबाही गर्ने बताएकी छिन्। यस घटनामा श्रेष्ठ पक्षले चौधरी पक्षका काराकर्ताहरूको हात रहेको जनाएका छन् भने चौधरी पक्षले रञ्जिता पक्षका कार्यकर्ताहरू जिम्मेवार रहेको बताएका छन्।

कुटपिट घटना पछि प्रतिक्रिया दिँदै रञ्जिताले यस विषयमा पार्टीले छानबिन गर्ने र कुटपिटको घटनामा संलग्न सबै व्यक्तिलाई कारबाही गर्ने बताएकी छिन्।  ‘कुटपिट भइरहेको बेला म बैठकमा थिइन। तर यस घटनाको  छानबिन हुन्छ। घटनामा संलग्न सबै व्यक्तिलाई कारबाही हुनेछ’ उनले भनिन, ‘कुटपिटमा संलग्न व्यक्ति पार्टी भित्रकै मान्छे रहेको पाइएको छ।’

सोमबार भएको  घटना पछि पनि पार्टीको  आधिकारिक लाइन परिवर्तन नभएको उनको भनाइ छ। ‘हाम्रो लाइन स्पष्ट छ। हामी अहिलेको सत्तारुढ गठबन्धनमा सहभागी छौ। सुदूर पश्चिम सरकारबाट भने बाहिरिने निर्णय हामीले गरीसकेका छौ’ उनले भनिन।

पार्टी स्रोतका अनुसार सोमबार अनामनगरस्थित पार्टीको बैठक चलिरहेको बेला पार्टी चौधरीले अध्यक्ष रञ्जितता इङ्गित गर्दै रञ्जिता अर्कै पक्षबाट परिचालित भएको र  पार्टीको लाइन विपरीत गएको धारणा राखेका थिए। त्यस पछि रञ्जिता पक्ष आक्रोशित भएको थियो। यस विषयमा विवाद बढ्दै गई कुटपिटको अवस्था आएको हो।

पार्टी स्रोतका अनुसार श्रेष्ठका पक्षका दुई कार्यकर्ता टिकापुर नगरपालिकाका मेयर रामलाल डगौरा र रमेश विकमाथि चौधरी पक्षका कार्यकर्ता दीप तामाङ र राजन गुरुङले हातपात गरेका थिए। कुटपिट भइरहेको बेला बाहिरबाट चुकुल लगाइ कसैलाई बाहिर जान नदिएको  आरोप श्रेष्ठ पक्षको छ। कुटपिटको घटना लगत्तै श्रेष्ठ पक्षले पत्रकार सम्मेलन गरी चौधरीमाथि गम्भीर आरोप लगाएको छ।

पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूहरूमाथि ज्यान मार्नेसम्मको  धम्की आएको बताएका छन्। उनले सुदूरपश्चिम प्रदेश सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्छ भनेर पार्टीका संरक्षक रेशम लाल चौधरीले धम्की दिएको बताए।

‘सुदूर पश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमीहरू चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले म माथि भौतिक आक्रमण भएको छ। त्यसैले यस घटनालाई मैले  सामान्य लिएको छैन,’ उनले भने।

आफूलाई केन्द्रीय कार्यालयका सबै ढोकाहरू थुनेर कुटपिट गरिएको उनले बताए। कुटपिटमा संलग्न सबै मानिसहरू नयाँ व्यक्ति भएको भन्दै उनीहरु कसरी र कहाँबाट बैठकमा आए आफूलाई कुनै जानकारी नभएको उनको भनाई छ।

पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बने पछि रेशम र रञ्जिताको विवाद उत्कर्षमा पुगेको हो। रेशम अहिलेको गठबन्धनमा सहभागी हुन चाहेका छैनन्। गठबन्धनबाट बाहिर निस्केर प्रतिपक्षको भूमिका निभाउन उनले लबिङ गरिरहेका छन् तर रञ्जिता भने अहिलेकै गठबन्धनमा सहभागी हुन चाहेकी छन्। उनले भनिन ‘यो गठबन्धनमा हामी सहभागी भएका छौ । हामी गठबन्धनमै छौ ।’ यसैगरी सुदूर पश्चिम सरकारको विषयमा पनि रेशम र रञ्जिता बिच विवाद छ।

नेपाली कांग्रेसले नेतृत्व गरेको सुदूर पश्चिम सरकारबाट बाहिरिन रञ्जिताले हिृप नै जारी गरेकी छिन भने  चौधरी सुदूर पश्चिम सरकारमै बस्न चाहेका छन्। रञ्जिता र रेशम पक्षबिचको विवादमा पार्टीका कार्यकर्ताहरू दुई भागमा बाँडिएका छन्। एकथरी रेशम र अर्को थरी रञ्जिताको पक्षमा  छन्। रेशमका पिता लालविर चौधरी  जो प्रतिनिधि सभा सदस्य पनि छन् उनले भने रेशमलाई सक्रिय साथ दिएका छन्। 

प्रकाशित: १९ चैत्र २०८० १९:५१ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School