नयाँ वर्षमा ‘अन्तु पर्यटन महोत्सव’

नयाँ वर्षमा 'अन्तु पर्यटन महोत्सव'


सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०१८ अवसरमा महोत्सव आयोजना गरिने भएको छ। यही चैत ३० र वैशाख १ गते अन्तु पर्यटन महोत्सव तथा ‘दोस्रो सूर्याेदय आइडल’को ग्रान्ड फिनाले आयोजना गर्न लागिएको हो।

पर्यटकीय नगरी सूर्याेदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महोत्सव आयोजना गरिने भएको आयोजक समिति संयोजक तथा नगरका उपमेयर दुर्गाकुमार बरालले बताए। उनका अनुसार महोत्सवको पूर्वसन्ध्यामा चैत २८ गते बृहत् सरसफाइ कार्यक्रम राखिएको छ।

३० गते सूर्याेदय आइडलको प्रस्तुति, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम राखिएको नगरले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

नयाँ वर्षको दिन वैशाख १ गते अन्तुडाँडाबाट सूर्याेदय दृश्यावलोकन, शुभकामना आदानप्रदान, महोत्सव उद्घाटन, विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, सूर्योदय आइडलको विजेता घोषणालगायत कार्यक्रम राखिएको छ।

प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सूर्याेदय आइडलका अन्तिम आठ प्रतिस्पर्धीबाट विजेता घोषणा गरिने बताए। लागुपदार्थ, दुव्र्यसनी, मदिरा र सुर्तीजन्य वस्तुको नियमन, नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी सन्देशमूलक सचेतना कार्यक्रम पनि राखिएको उनको भनाइ छ।

नगरका अनुसार अन्तुडाँडामा गत साउनदेखि चैतसम्म करिब ६० हजार पर्यटकले भ्रमण गरेका छन्। तर, यो संख्या पनि सूर्याेदय दृश्यावलोकन गर्नेको मात्रै हो। अन्तुडाँडा पुग्ने तर सूर्याेदय दृश्यावलोकन नगर्नेको संख्या पनि धेरै हुनेगरेको छ।

महोत्सवमा चर्चित कलाकारहरू यम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश–यशोदा पराजुलीसहित फुटी शेर्पा, रवि रिमाललगायतको सांगीतिक प्रस्तुतिसमेत राखिएको छ।

सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि अन्तुडाँडा चर्चित छ। अन्तुडाँडामा बिहान सबेरै सूर्याेदय दृश्यावलोकन गरेपछि अन्तुपोखरीमा झरेर डुंगा चढ्नेको घुइँचो हुन्छ। मेची राजमार्गको कन्यामस्थित छिपिटारबाट अन्तुको बाटो छुट्टिन्छ। त्यहाँबाट करिब १३ किलोमिटरमा रहेको अन्तुडाँडामा अवलोकन गर्न लायक वस्तु धेरै छन्। सडक कालोपत्रे भएको छ।

जिप, कार, भ्यान र मोटरसाइकलमा कन्यामबाट अन्तु जान सकिन्छ। अन्तुको झुल्केघामको सिजन भदौ अन्तिममा सुरु हुन्छ। मौसम खुले पुस–माघ र वैशाखसम्म यो सिजन रहन्छ। अन्तुबाट देखिने सूर्याेदय चित्ताकर्षक मानिन्छ। यहाँबाट सूर्याेदय हेर्न बर्सेनि सयौं स्वदेशी र विदेशी आउँछन्। ग्रामीण पर्यटनमा पूर्वको खचाखच रहने पर्यटकीय क्षेत्र भएको छ, अन्तु।

अन्तुबाट उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि सिँगारिएको देखिन्छ। यहाँबाट झापा, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं लाग्छ।

झापा, मोरङ, सुनसरी, सप्तरीलगायत धेरै गर्मी हुने ठाउँबाट आउने पर्यटकका लागि अन्तु बढी आरामदायी छ। भारतको पश्चिम बङ्गालका सयौं पर्यटक बर्सेनि यहाँ आउँछन्, दुई–चार रात बिताउँछन् र जान्छन्। तराई क्षेत्रमा गर्मी बढेका बेला अन्तुको प्राकृतिक एयर कन्डिसनमा रमाउन आउनेको घुइँचो नै लाग्छ। नेपालकै पश्चिमी जिल्ला र भारतको पश्चिम बंगालबाट बढी पर्यटक आउँछन्। कतिपय स्कुलका विद्यार्थी समूहसमेत अध्ययन भ्रमणमा यहाँ आउँछन्।

प्रकाशित: १९ चैत्र २०८० ०९:०१ सोमबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School