नयाँ भवनमा मुख्यमन्त्री बानियाँले लिइँदै विश्वासको मत : RajdhaniDaily.com


मकवानपुर । बागमती प्रदेश सभाको लागि नयाँ भवन निमाणार्थ शिलान्यास गरिएको ४ वर्ष ८ महिनापछि प्रयोगको लागि तयार भएको छ । बागमती प्रदेश सभाको बहुप्रतिक्षित भवन आज २७ साउनदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ ।

४ वर्ष ९ महिना चिटिक्क प्रदेश सभा

प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार २७ साउनमा बस्ने प्रदेश सभाको बैठक पहिलो पटक नयाँ भवनमा आयोजना हुने भएको हो । आजै बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सचिव पौडेलले बताए अनुसार सभा हलको भित्री सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको छ । सोमबार साँझसम्म माइक जडान र परिक्षण कार्य सकिएको छ भने मंगलबार बिहानसम्म जेनेरेटर जडानको काम सकिने तयारी गरिएको छ ।

यो भवनको शिलान्यास १० मंसिर २०७७ मा भएको थियो । झन्डै साढे पाँच वर्षको प्रतीक्षापछि निर्माण सम्पन्न भएको यो अस्थायी भवन सञ्चालनमा आएसँगै प्रदेश सभाको बैठक र कार्यसञ्चालन थप सहज हुने सचिवालयको विश्वास छ । हेटौंडा उपमहानगरपालिका–१०, स्थित हाल अस्थायी रुपमा सञ्चालित प्रदेश सभा सचिवालयको जग्गाभित्रै प्रिफ्याबबाट अस्थायी संरचना निर्माणको हो ।

तत्कालिन क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयलाई मोडिफाइ गरेर निर्माण गरिएको भवनमा हाल सचिवालय सञ्चालन गरिदै आएको थियो । जुन धेरै साँघुरो भएको कारण पत्रकारहरुलाई समेत प्रवेश दिने गरिएको थिएन । अब सञ्चालन हुने भवनमा भने पत्रकारहरुको लागि समेत छुट्टै दिर्घाको व्यवस्था गरिएको छ । भवन अपाड्डमैत्री छ । हाल रहेका ११० मध्ये १ सांसाद ह्वील चियर प्रयोगकर्ता भएको थाहा पाएपछि राताराता मर्मत गरेर ¥याम राखिएको भए पनि रोस्ट्रममा जान सहज नभएको भन्दै सांसद लक्ष्मी घिमिरेले अपाड्ड मैत्री संरचना नभएसम्म आफू रोस्ट्रममा नै नजाने भनेर सरकारको ध्यानाकर्षण गराउँदै आएकी थिइन् । रामेछाप जिल्लाबाट समानुपातिक संसदमा निर्वाचित भएकी राप्रपाकी सांसद लक्ष्मी घिमिरेले नीति निर्माण गर्ने तहमै अपाङ्मैत्री संरचनाप्रति चासो नहुनुमा दुख प्रकट गर्दै आएकी छिन् ।

अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने भनेर १९ कात्तिक २०७७ मा ४ करोड ९४ लाख ९ हजार ९ रुपैयाँमा प्रदेश सभाको अस्थायी भवन बनाउने ठेक्का पाएको थियो । तर समयमा काम सकिएन । ठेकदार कम्पनीले झण्डै ५ वर्ष वर्ष लगाएर प्रिÇयाबको अस्थायी संरचना तयार गरेको छ ।

भवन संरचना निर्माणमै दुईपटक ठेक्का
अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले ढिलो गरी प्रिÇयाबको संरचना निर्माण गरेपछि थप कमका लागि डेढएक वर्ष अघि मात्रै २३ फागुन २०८० मा सिउडी निर्माण सेवासँग ३ करोड ५३ लाख ६१ हजार ५ सय ८३ रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो । उसले पनि समयमै काम नसकेपछि एकपटक म्याद थप गरिएको थियो ।

प्रदेश सभा सचिवालयले २०८० पुस २२ मा फर्निचरका लागि खुलाएको ठेक्कामा कानुनी जटिलता देखिएको भन्दै रद्द गरेको थियो ।

त्यसपछि नयाँ ठेक्का आह्वान गरेर सिउडी इन्टरनेशनल प्रालिसँग भवनमा फर्निचर÷फर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा ४ फागुन ०८१ मा ठेक्का सम्झौता भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिवालयले साउण्ड सिष्टम जडानका लागि २२ फागुन २०८१ भित्र प्रस्ताव पेस गरिसक्नु पर्ने गरि आव्हान गरेको थियो। साउण्ड सिष्टमको ठेक्का रकम २ करोड बढीको रहने प्रदेश सभा सचिवालयले जनाएको छ।

शहरी भवन कार्यालयले संरचना निर्माणमा एउटैले गर्न सक्ने कामलाई पनि दुुई वटा कम्पनीलाई ठेक्का दिएर काम गर्दा भवन तयार हुन ढिलाइ भएको हो ।

१८ माघ २०७४ मा स्थापित प्रदेश सभा संघीय सरकार मातहतको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा सञ्चालन भइरहेको छ । प्रदेश सभाको हालको सभाहल ११० जना प्रदेश सभा सदस्यका लागि साँघुरो छ । नयाँ भवनको क्षमता २५० जना रहेको छ ।

मर्मतको लागि लाखौ खर्च
मकवानपुर । प्रदेश सभाको नयाँ भवन निर्माण सम्पन्न नभएपछि हाल रहेको कार्यालयमा मर्मतको नाममा लाखौं खर्च भएको छ । अघिल्लो कार्याकाल बिताएका सांसदहरुलाई बिदाइ गरेपछि नयाँ सांसदको स्वागतताका सचिवालय हल पुरै नयाँ जस्तै रुप दिइएको थियो । त्यतिबेला अनावश्यक मर्मत कार्यमा १० लाख बढी खर्च गरिएको थियो ।

फेरि हालमा सभामुख भुवनकुमार पाठकले आफ्नो कर्यकक्ष मर्मत सुधारको नाममा झण्डै १० लाख रुपैया लाख खर्च गरेका छन् । प्रदेश सभाको दोस्रो सभामुखका रूपमा गत पुसमा निर्वाचित भएका पाठकले आफ्नो कार्यकक्षलाई अत्याधुनिक रुपमा मर्मत गर्न लगाए । फर्निचर, कार्पेट, वाल फिनिसिङदेखि गलैँचासम्म सुधारको नाममा उक्त खर्च भएको सचिवालयले जनाएको छ । सचिवालय भवनमा संरचना निर्माण तथा मर्मतसुधार शीर्षकको बजेटबाट ९ लाख ८८ हजार ११ सय रुपैयाँमा आर.बी.एस. कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो। जसमा पुराना संरचना पुरै हटाएर नयाँ डेकोरेसन बनाएइको छ ।

नयाँ भवनमा मुख्यमन्त्री बानियाँले लिइँदै विश्वासको मत : RajdhaniDaily.com

यसैगरी आवासमा ४४ लाख खर्च भएको छ । पाठकले हेटौँडा–१०, राप्तीरोडमा रहेको सरकारी आवास मर्मतका लागि पनि झण्डै ४५ लाख रुपैयाँमा ठेक्का दिइसकेका छन् । कम्पाउन्ड वाल निर्माण, रंगरोगन तथा भित्री सजावट गर्न ४४ लाख ६२ हजार ३० रुपैयाँमा ठेक्का लगाएर काम सुरु भइसकेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । आवास मर्मत पनि सचिवालय सभा भवनमा संरचना निर्माण तथा मर्मत सुधार शीर्षकको बजेटबाट भइरहेको हो ।

काँग्रेसमा विवाद अझै बाँकी
बागमतीका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मंगलबार संसदबाट विश्वासको मत लिदैछन्, तर उनी मुख्यमन्त्री हुँदा भएको सहमति कार्यान्वयनमा नहुँदा अझै केही विवाद र उल्झनहरु भ्ने उस्तै छन् ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउने प्रयास भइरहेको छ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षमा देखिएको तिक्तता अन्त्य गरी सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले जानकारी गराएका छन् ।

पूर्वमुख्यमन्त्री लामाले सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षको विचार राखिका छन् । लामासँगै सभापति देउवालाई भेटेका नेताहरुका अनुुसार मिलेर अघि बढ्न देउवाले निर्देशन दिएका थिए ।

लामाले नियुक्त गरेका छन् सपथ ग्रहण नभएका तीन मन्त्रीहरुलाई बानियाँले पहिलो चरणमा नै मन्त्री परिषदमा समेट्ने सहमति भएको थियो, तर बानियाँले व्यवहारमा त्यो देखाएनन् । उनले आफू मुख्यमन्त्री भए लगत्तै आफ्नो पार्टीबाट २ जनालाई मन्त्री नियुक्त गरे, तर अघिल्ला ३ जनालाई पाखा लगाए । उद्यापि उनले अझै ६ जना मन्त्रीहरु आफ्नो दलबाट नियुक्त गर्न बाँकी छ । मन्त्री परिषद विस्तार नै नगरी विश्वासको मत तर्फ लागेकाले बानियाँप्रति लामा पक्षको विश्वास घटेको हो ।

आज (२७ साउनमा) मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु अघि नै दुईपक्षमा सहमति जुटाउन लामा पक्षको माग छ ।

लामा विरुद्ध संसदीय दलको नेतामाथि अविश्वासको प्रस्ताव दर्ता भपछि उनले धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए । तर उनीहरुले सपथ लिएर कार्यभार जिम्म लिन पाएनन् ।

असन्तुष्ट पक्षले आÇना मागहरु सम्बोधन नभए मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने र सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् । कुरा मिलेन भने विश्वासको मत दिनलाई सोच्नुपर्छ कि भन्ने कुरा छ” काँग्रेस सांसद तथा सामाजिक विकास पूर्वमन्त्री हरिप्रभा खड्कीले बताइन् । प्रदेश सभामा कांग्रेसका ३७ सांसदमा लामा पक्षका १४ जना छन् ।

सांसदलाई व्हिप जारी
सत्ता साझेदार कांग्रेस र एमाले दुबै दलले मुख्यमन्त्री बानियाँलाई मंगलबार विश्वासको मत दिन व्हिप जारी गरेका छन् । कांग्रेसको संसदीय दलको निर्वाचनमा लामाको पक्षमा मत दिएका एक सांसदले व्हिप जारी भएको हुँदा विश्वासको मत प्रदान गर्ने जानकारी गराए ।

“हामीले मुख्यमन्त्री बानियाँको विश्वासको पक्षमा मत दिन आफ्ना सबै सांसदलाई व्हिप जारी गरेका छौ” नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतक एकालाल श्रेष्ठले भने “हाम्रा सबै माननीय ज्यूहरु सहभागी भएर पक्षमा नै मत दिनु हुनेछ ।” बागमती प्रदेश सभामा ११० सांसद छन्, विश्वासको मतको लागि ५६ जना सांसदको मत चाहिन्छ । एमाले र काँग्रेसको गरी ६४ जना सांसद हुन्छन् ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment