नयाँ नेतृत्व चयनका लागि पत्रकार महासङ्घको निर्वाचन आज



प्रकाशित मिति : मंसिर २७, २०८१ बिहीबार

नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयन गर्न आज शुक्रबार निर्वाचन हुँदैछ ।

आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय अध्यक्षका लागि निर्मला शर्मा, रमेश विष्ट , देवीप्रसाद सापकोटा, र लालसिंह लामाको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपाध्यक्षमा रोसन पुरी , गोविन्दप्रसाद चौलागाईँ र दीपक आचार्यले उम्मेदवारी दिनुभएको छ ।

यसैगरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिनुभएको छ ।

आज केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School