प्रकाशित मिति : मंसिर २०, २०८२ शनिबार

नयाँ कर कानुन लागू भएपछि सन् २०२६ मा धेरैजसो करदाताले आफ्नो ट्याक्स रिफण्ड पहिलेभन्दा करिब १,००० बढी पाउने अपेक्षा गरिएको छ।
गत वर्ष औसतमा ३,१५१ रिफण्ड भएकोमा, आगामी वर्ष यो रकम बढेर करिब ४,१५१ पुग्ने अनुमान गरिएको छ। जसका कारण नागरिकले करीव १००० डलर बढी ट्याक्स रिफण्ड पाउने भएका हुन् । अमेरिकी सरकारले लागू गरेको कर सम्बन्धी कानुनका कारण यो लाभ प्राप्त गर्ने अवसर बनेको हो ।
अब अतिरिक्त समयमा काम गरेबापत र टिप्स बापत हुने आम्दानीमा लाग्ने कर हटाइएको छ भने राज्य र स्थानीय कर कटौतीको सीमा १०,००० बाट बढाएर ४०,००० पुर्याइएको छ।
यो सुविधाले सबैलाई फाइदा पुर्याए पनि सबैभन्दा ठूलो फाइदा उच्च र मध्यम आय भएका परिवारलाई हुने छ । सबैभन्दा धेरै फाइदा वार्षिक ६०,००० देखि ४,००,००० कमाउनेहरूलाई पुग्नेछ भने निम्न आय भएका परिवारहरूलाई कम फाइदा हुनेछ ।
यो कानुन आउनु अघि अतिरिक्त आम्दानी र सेवाबापत् प्राप्त हुने टिप्समा कर छुट गरिएको थिएन । अहिले जारी भएको नयाँ कानुनले यसमा कर छुट उपलब्ध गराएको छ ।
वन, बिग, ब्युटिफुल बिल ऐन’ अन्तर्गत यस किसिमको अवसर प्राप्त हुने भएको हो । चालु सन् २०२५ को कर वर्षदेखि कर्मचारीहरूले योग्य टिप्स तथा योग्य ओभरटाइम पारिश्रमिकका लागि छुट्टै विशेष कर छुट दाबी गर्न सक्नेछन्।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
उपहार प्रदान गर्न क्लीक गर्नुहोला
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
मासिक डोनेसन गर्न यहाँ क्लिक गर्नुहोस्
