धर्म प्रचारको आरोप लागेका १७ अमेरिकी नागरिक फर्किए, अव कारबाही के होला ?



प्रकाशित मिति : माघ २६, २०८१ शनिबार

पर्यटक भिसा दुरुपयोग गरेको आरोपमा पक्राउ परेका एकजना महिलासहितका १७ जना अमेरिकी नागरिक स्वदेश फर्किसकेका छन ।

उनीलाई कारवाहीको दायरमा ल्याउनका लागि अध्यागमन विभागले प्रकृया सुरु गरेको थियो ।

उनीहरुको साथमा एकजना भारतीय नागरिकलाई पनि सुनसरी प्रहरीले पक्राउ गरेको थियो । पर्यटक भिसामा आएर नेपालमा ईसाई धर्मको प्रचार गरेको आरोप लागेको थियो ।

धर्म प्रचारको आरोप लागेका १७ अमेरिकी नागरिक फर्किए, अव कारबाही के होला ?

उनीहरु अनुसन्धान पुरा नहुदै कतार एयरवेजको विमान मार्फत शुक्रबार अमेरिका फिर्ता भएका हुन । नेपालको अध्यागमन विभागले उनीहरुलाई निश्चित अबधिका लागि नेपाल आउन नपाउनेगरी निष्कासन गर्ने तयारी गरेको थियो ।

सुनसरीको धरान उपमहानगरपालिका ५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरुमाथि धर्म प्रचार गरेको आरोप प्रहरीले लगाएको थियो ।

प्रहरीले पक्राउ गरी स्थानीय प्रशासनलाई जिम्मा लगाएपछि प्रशासनले भने अध्यागमन विभागको जिम्मा लगाएको थियो ।

सुटुक्क स्वदेश फर्किएका उनीहरुमाथिको अबको कारवाही कसरी अगाडि बढाउने भन्ने बारेमा छलफल भइरहेको अध्यागमन बिभागले बताएको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School