देशमा डेमोक्रेसी छ कि काकिस्टोक्रेसी ? : RajdhaniDaily.com


सिद्धान्ततः देशमा डेमोक्रेसी छ । व्यवहारमा काकिस्टोक्रेसी छ । डेमोक्रेसी’bout नेपाली जनताले धेरै अगाडिदेखि सुन्दै र पढ्दै आएका छन् । तर, काकिस्टोक्रेसीका ’boutमा आम जनतालाई थाहा नहुन सक्छ । जनताले व्यवहारमा प्रजातन्त्रिक मूल्य, मान्यता र व्यवहार महसुस गर्न सकेका छैनन् । जानकारहरू भन्छन्, ‘देशमा आवरणमा प्रजातन्त्र भए तापनि राज्यको व्यवहारमा काकिस्टोक्रेसी छ । अब काकिस्टोक्रेसी भनेको के हो ? भन्ने’boutमा जिज्ञासा हुन सक्छ । राजनीतिमा खराब तथा अक्षम शासकले राज गर्ने व्यवस्थालाई काकिस्टोव्रmेसी भनिन्छ ।

प्रजातन्त्र जनताले जनताबाट जनताका लागि गरिने राज्य व्यवस्था हो । जनताले देश र जनहितमा काम गर्लान् भनेर पटकपटक मतदान गरेर सरकार बनाउनका लागि अवसर दिए । देशमा सुशासन, विधिको शासन, विकास गर्नुको सट्टा मनपरीतन्त्र चलाउन थाले । प्रजातन्त्रका लागि नेपाली समाजले इतिहासको कालखण्डमा लामो संघर्ष गरेको छ । इतिहासको कालखण्डमा प्रजातन्त्रका लागि धेरै आन्दोलन भए । प्रजातन्त्र विश्वव्यापी रूपमा नै स्वीकृत राज्य व्यवस्था हो । परन्तु हाम्रो देशको सन्दर्भमा प्रजातन्त्रलाई राजनीतिक व्यवस्थाको आधार बनाएर केही अदूरदर्शी नेता पालैपालो सत्तामा जाने र सत्ताभोग गर्ने कामले जनता वाक्कदिक्क भएका छन् । देशले निकास पाउन सकेको छैन । सत्तामा जाने कुनै पनि दलको प्रधानमन्त्रीले न विधिको शासनमा देशलाई चलाउन सकेको छ, न त रोजगारीको सिर्जना गर्न नै ।

प्रजातन्त्र पुनःस्थापना २०४६ सालपछाडि समाजमा केही पनि हुँदै भएन भन्ने दृष्टिकोण पनि अतिवादी हुन्छ । केही सकारात्मक कुरा पनि भएका छन् । तर, जनताको चुलोचौकामा प्रजातन्त्र आउन सकेको छैन । काम गर्ने कालु मकै खाने भालु भनेझैं नेपाली समाजको संघर्ष र बलिदानबाट आएको प्रजातन्त्रमा सीमित मानिसको समूहले देशको ढुकुटीलाई सित्तैको धन फुपूको श्राद्ध गरेका छन् । प्रजातान्त्रिक सिद्धान्तविपरीत देशको ढुकुटी र सुविधालाई संस्थागत गरी दोहन गर्ने काम गरिरहेका छन् । अर्थात् राजनीतिक नेतृत्व संस्थागत रूपमा आर्थिक दोहन एवं भ्रष्टाचारमा संलग्न हुँदै आएका अनेक प्रकरण छन् । सत्ताको दुरुपयोग गरी राजनीतिक छाताभित्र आर्थिक चलखेल हुने गरेका छन् । राजनीतिक संयन्त्र नातावाद, कृपावाद, कमिसनतन्त्र, आर्थिक चलखेलजस्ता धन्दामा अभ्यस्त छ । नेतागणले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्र जे नाम दिए तापनि वास्तवमा राजनीति भ्रष्ट नेताको हातमा परेकाले देश थला परेको छ । लोकतन्त्र सीमित नेतागण र उनका वरिपरिका नातागोतालाई कमाइ खाने स्रोत भएको छ ।

नेताहरू आफू र आफ्नो दलका लागि तत्काल फाइदा चाहन्छन् । तत्काल फाइदा खोज्ने, देशलाई वास्ता नगर्ने, लोभी, लालची, षड्यन्त्रकारी नेतृत्व मूर्ख हुन्छ । अदूरदर्शी हुन्छ । यस्तै भइरहेको छ । यस अर्थमा मुलुकमा आवरणमा डेमोक्रेसी भए पनि व्यवहारमा काकिस्टोक्रेसी छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । जनताका लागि तन्त्र । लोकका लागि तन्त्र । लोकतन्त्रमा नेपाली समाजको विरोध होइन । तर, अहिलेको लोकतान्त्रिक मोडेल अवैज्ञानिक छ । मूर्खहरूको हातमा छ । कमजोर शासकको कब्जामा छ । होइन भने नेपालजस्तो देशमा यति धेरै सांसद किन चाहियो ? अनावश्यक प्रदेश सरकार किन चाहियो ? ऋण खोजेर प्रदेश सरकार चलाउनेजस्तो अविवेकी कार्य के हुन सक्छ ? लोकतन्त्र भन्ने तर आधा दर्जन व्यक्तिको स्वार्थको षड्यन्त्रमा देश कब्जामा छ । शीर्ष भनिने नेताले दलभित्र डिक्टेटर चलाएका छन् । अनि कसरी लोकतन्त्रको अभ्यास हुन सक्छ ? नेतृत्व नै कमजोर छ । कमजोर शासकको सत्ता नै काकिस्टोक्रेसी हो । यी काकिस्टोक्याट्सको अक्षमताको भुमरीमा देश कहिलेसम्म तहसनहस हुने ?

देश विकासका लागि भिजन, मिसन र एक्सन भएको दूरदर्शी नेतृत्व चाहिन्छ । प्रशासनलाई चुस्त, दुरुस्त एवं विकासमुखी बनाउनका लागि सक्षम नेता चाहिन्छ । विकास निर्माणको प्रस्ट मार्गचित्र चाहिन्छ । अर्जुनदृष्टि चाहिन्छ । भीष्मप्रतिज्ञाको खाँचो हुन्छ । देश र जनता नै सबैभन्दा माथि हुन्छ भन्ने चेतनाले प्रशिक्षित शासक चाहिन्छ । तर, उल्लिखित गुणहरू अहिलेको नेतृत्वमा छैन । उनीहरू आफू र आफनो दलका लागि तत्काल फाइदा चाहन्छन् । तत्काल फाइदा खोज्ने, देशलाई वास्ता नगर्ने, लोभी, लालची, षड्यन्त्रकारी नेतृत्व मूर्ख हुन्छ । अदूरदर्शी हुन्छ । यस्तै भइरहेको छ । यस अर्थमा मुलुकमा आवरणमा डेमोक्रेसी भए पनि व्यवहारमा काकिस्टोक्रेसी छ । काकिस्टोक््रयास्ट्सले देशका हरेक क्षेत्र तहसनहस पारेका छन् ।

प्रशासनतन्त्रमा सक्षम र राम्रा मान्छेभन्दा पनि जस्ता भए पनि हाम्रा मान्छे राम्रा भन्ने नातावाद, कृपावाद, झोलावाद र चिनजानवाद हावी छ । संस्थान, प्राधिकरण, निगम, आयोग, अख्तियार, न्यायालयलगायतका कार्यालयमा राजनीतिक भागबन्डा गर्ने र आफ्नो मान्छे नियुक्ति गर्ने काम भइरहेको छ । नाता र पैसाको भरमा आफ्ना राजनीतिक आस्था भएका व्यक्तिहरू भर्ना गर्ने, सरुवा, बढुवा, पदमिलान गर्ने राजनीतिक अभ्यास कसरी प्रजातान्त्रिक हुन सक्छ ? विश्वविद्यालयहरूको अवस्था नाजुक छ । उल्लिखित कामहरू मूर्ख नेतृत्वले मात्र गर्छ । यस्ता हरकतहरू प्रजातान्त्रिक आचरणमा पर्दैनन् । देशको प्रशासनतन्त्रलाई भ्रष्ट एवं लथालिंग बनाएर लोकतन्त्रको गफ गर्दै समय कटाउने राजनीतिक ठूल्दाइहरू काकिस्टोक््रयास्ट्स हुन् । डेमोक्याट्स होइनन् । कमजोर शासक हुन् । अदूरदर्शी राजनीतिकर्मी हुन् ।

देशमा अहिलेको नेतृत्वसँग आमजनता असन्तुष्ट छन् । समाजले नेतृत्व परिवर्तन गर्न र भ्रष्टलाई कारबाही गर्नका लागि विकल्प खोजिरहेको अवस्था छ । तर, समाजको शैक्षिकस्तर कमजोर भएकाले जनता विभिन्न राजनीतिक कित्तामा बाँडिएका छन् । भाँडिएका छन् । राजनीतिक आस्थाका आधारमा भ्रष्ट तथा कमजोर शासकलाई छाता ओढाइरहेका छन् । यसो गर्नु हुँदैन । देश हामी सबैको साझा हो । हरेक नेपालीले देशप्रतिको साझा जिम्मेवारी बोध गर्ने बेला आएको छ । नेपालमा प्रजातन्त्र ल्याउनका लागि जसरी जनता एक ठाउँमा उभिएका थिए, त्यसरी नै देशमा हुने गरेका भ्रष्टाचार, बेथिति, कुशासन र अत्याचारका विरुद्धमा एकपटक समाज जाग्नुपर्ने बेला आएको छ ।

हरेक डेमोक्रेटिक देशको विकास निर्माणको मेरुदण्ड सुशासन हो । त्यहाँको गुणस्तरीय शिक्षा हो । शिक्षित जनशक्ति हो । देशमा न शिक्षित जनशक्ति देश निर्माणमा लागेको छ न त सुशासन छ, न त शिक्षा गुणस्तरीय छ, न त युवामा देशभित्र भविष्य खोज्ने विश्वास । अहिले शिक्षित युवा पुस्ता पलायन भएको छ । नेपाल विश्वमा युवा निर्यात गर्ने देशको रूपमा परिचित छ । दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भएको छ । कृषि क्षेत्र ध्वस्त छ । खाद्यान्न आयात नगरी नेपालीको चुलोचौको चल्ने अवस्था छैन । वैदेशिक ऋणले देश उठ्नै नसक्ने गरी थला पर्दै छ । रोजगारीको ठूलो समस्या छ । गाउँघरका खेतबारी बाँझिएका छन् । उद्योगधन्दा खोलिएका छैनन् । आर्थिक तरलता व्याप्त छ । देशलाई यो गतिमा पु-याउने नेतृत्व अक्षम नभएर के हो त ?

देश मियोबिनाको दाइँजस्तो भएको छ । विधिको शासन नभएको देशमा यस्तै हुन्छ । विधिभन्दा बढी व्यक्तिको शासन हुने गरेकाले मुलुक सकारात्मक दिशामा अगाडि बढिरहेको छैन । प्रजातन्त्रका मूल्यमान्यताको आधारमा देश चलेको भए राजनीतिक दल र राज्यप्रति जनता खुसी हुने थिए । प्रजातन्त्रमा जनचाहनालाई प्राथमिकता दिइन्छ तर यो मुलुकमा कुनै पनि राजनेताको जन्म भएन । सत्तामा जति नेता पुगे पनि जुन जोगी आए पनि कानै चिरेका जस्ता प्रमाणित भए । पालैपालो सत्तामा जाने नेता कुशासनका मतियार भए । कस्तो विडम्बना † कमजोर शासकको हातमा शासनसत्ताको बागडोर अल्झिरह्यो ।

प्रजातान्त्रिक मुलुकमा राज्यले जनतालाई आयआर्जनको अवसर प्रदान गरेर आम्दानीबाट कर लिन्छ । देशलाई उद्योगिकीकरण गरी नागरिकलाई रोजगार दिएर जनतालाई समृद्ध बनाउँछ । उद्योगधन्दाबाट कर उठाउँछ । व्यापार, व्यवसाय तथा उत्पादनबाट राजस्व उठाउँछ । तर, हाम्रो देशमा लागू भएका करका दायराहरू हेर्दा गरिब, बेरोजगारलगायत विपन्न वर्गले साहु, महाजनबाट ऋण खोजेर सरकारलाई कर तिर्नुपर्ने अवस्था छ । अहिले जनताले चरम दुःख पाएको अवस्था छ । जनतालाई जन्म दर्ता गराउँदा कर, बसाइसराइमा कर, घरसम्पत्तिमा कर, विवाह दर्ता कर, आर्यघाटमा कर, शिक्षामा कर, स्वास्थ्यमा कर लगाएर गरिब जनताले तिरेको रकममा भ्रष्टाचार गर्नेहरू कसरी प्रजातान्त्रिक हुन सक्छन् ? हुँदैनन् । यस अर्थमा यो मुलुकमा डेमोक्रेसी होइन, काकिस्टोक्रेसी छ ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School