दक्षिण कोरियाको राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात

दक्षिण कोरियाको  राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात



प्रकाशित मिति : मंसिर १२, २०८१ बुधबार

दक्षिण कोरियाको  राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात

दक्षिण कोरियाको राजधानी सियोल यस वर्षको पहिलो हिमपातसँगै हिउँले छोपिएको छ। मौसम विभागका अनुसार यो सन् १९०७ देखि सुरु भएको रेकर्डयताकै सबैभन्दा धेरै नोभेम्बरमा भएको हिमपात हो ।

दक्षिण कोरियाको राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात
मध्य सियोलमा भारी हिमपातको बीचमा ग्वाङ्वामुन स्क्वायरमा १५औँ शताब्दीका कोरियाली राजाप्रति समर्पित राजा सेजोङ द ग्रेटको प्रतिमाको छेउमा हिंड्दै एक व्यक्ति। (तस्बिर:  एन्थोनी वालेस /एएफपी)

कोरिया मौसम विज्ञान प्रशासनका अनुसार बुधबार बिहान ७ बजेसम्म सियोलमा १६ दशमलव ५ सेन्टिमिटर हिउँ परेको थियो । योसँगै सन् १९७२ को २८ नोभेम्बरमा परेको १२ दशमलव ४ सेन्टिमिटर हिउँ परेको रेकर्डलाई तोडेर नयाँ कीर्तिमान बनेको छ।

दक्षिण कोरियाको राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात
 (एन्थोनी वालेस / एएफपी )

सियोलको प्रसिद्ध ग्याङबोकगुङ दरबार हिउँले सेताम्मे भएको छ। दरबारमा हिउँ परेको दृश्य हेर्न आएका माकाओका पर्यटकहरू कोरियन परम्परागत हानबोक पोशाक लगाएर तस्बिर खिचिरहेका थिए।

दक्षिण कोरियाको राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात
सियोलमा भारी हिमपातको बीचमा मानिसहरू ग्वाङ्घवामुन स्क्वायरमा हिंड्दै। 

यस भारी हिमपातले देशभर व्यापक अवरोध पुर्‍याएको छ। स्थानीय सञ्चारमाध्यमहरूले विमानस्थलका उडानहरू स्थगित गरिएको, सडकहरू बन्द गरिएको, र यातायात सेवामा ढिलाइ भएको रिपोर्ट गरेका छन्। सियोल नजिकै हिउँका कारण भएको सवारी दुर्घटनामा कम्तीमा एकजनाको ज्यान गएको बताइएको छ।

दक्षिण कोरियाको राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात
दक्षिण कोरियाको राजधानी  सबैभन्दा ठूलो नोभेम्बर हिमपातले ढाकेको छ।  (तस्बिर: एन्थोनी वालेस / एएफपी)

यस भारी हिमपातका कारण देशभरका विमानस्थलमा कम्तीमा २२० उडानहरू स्थगित गरिएका छन् भने करिब ९० वटा फेरीहरूलाई बन्दरगाहमा रोक्न निर्देशन दिइएको छ। साथै, सयौं पदमार्गहरू बन्द गरिएको छ।

सियोलका चिसो र चिप्ला सडकहरूका कारण बिहानको यात्रा प्रभावित भएको थियो। देशभर आपतकालीन कामदारहरूले ढलेका रुखहरू, साइनबोर्डहरू, र अन्य सुरक्षा जोखिमहरूलाई हटाउने काम गरेका छन्।

दक्षिण कोरियाको राजधानी सियोलमा शताब्दीकै ठूलो नोभेम्बरको हिमपात
सियोलमा भारी हिमपातको बीचमा ग्योङबोकगुङ प्यालेसको मैदानमा परम्परागत हानबोक लुगा लगाएका आगन्तुकहरू ।  (एन्थोनी वालेस / एएफपी )

सियोलको मौसम पूर्वानुमान विभागले हिमपातको कारण पाश्चात्य हावाको उच्च दबाब र समुद्री सतह र चिसो हावाबीचको ठूलो तापक्रमको फरक रहेको बताएको छ । हिमपात बिहीबार बिहानसम्म जारी रहने अपेक्षा गरिएको छ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School