तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल

तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल


तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ।

तनहुँको देवघाट गाउँपालिका– ५ घिनाटार र भरतपुर महानगरपालिका– १ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन्।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए। २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो। –रासस

प्रकाशित: १४ चैत्र २०८० ०८:२४ बुधबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School