डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त

डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त



प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार

डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त

डिभी २०२४ का लागि उपलब्ध लगभग सबैभिसा जारी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । कुल उपलब्ध ५४ हजार ८ सय ४३ भिसाहरुमध्ये सेप्टेम्बर २४ सम्म ५३ हजार ९ सय ८८ भिसा जारी गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो । जसमध्ये विदेशमा रहेका दूतावास र कन्सुलेटहरुबाट ५२ हजार ८ सय ९५ जनालाई भिसा जारी गरिएको छ भने अमेरिकाभित्र हुने १ हजार ९३ जनाले युएससीआईएसमार्फत स्टाटस एडजस्ट गरेका छन् ।

सेप्टेम्बर ३० मा चालु आर्थिक बर्ष समाप्त हुने भएकाले डिभी २०२४ का विजेताहरुले त्यसपछि भने भिसा पाउने छैनन् । अर्थात् सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त हुनेछ भने अक्टोबर १ देखि डिभी २०२५ का विजेताहरुले भिसा पाउन सुरु गर्नेछन् । नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा १३ हजारसम्म केस नम्बरसम्मको सिमाबन्दी तोकिएकाले १३ हजारभन्दा बढी केस नम्बर हुने डिभी विजेताको डिभी २०२४ मार्फत अमेरिका आउने सपना समाप्त भएको छ ।

विगतका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो । तर यो बर्ष भने सिमाबन्दी कायम गरिएको थियो । सन् २०२२ मा अगस्तदेखि नै केसनम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्ने प्रावधान रहेको छ । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए ।

डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त

१० महिनामा डाइभर्सिटी भिसा पाउने नेपालीहरु २५०५

जुलाई महिनामा २७२ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेसँगै आर्थिक बर्ष २०२४ को १० महिनामा अमेरिकाको डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या २५०५ पुगेको छ । अगस्तमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको यकिन संख्या सार्वजनिक नभएपनि सेप्टेम्बरको अन्त्यसम्म नै २०२४ का डिभी विजेताहरुले भिसा प्राप्त गर्न सक्नेछन् ।

चालु आर्थिक बर्ष २०२४ का नेपाली डिभी विजेताहरुका लागि सेप्टेम्बरमा समेत सिमाबन्दी तोकिएको छ । सेप्टेम्बरका लागि नेपाली डिभी विजेताहरुका लागि १३ हजारसम्म केस नम्बर तोकिएकाले अब १३ हजारभन्दा बढी केस नम्बर हुने डिभी विजेताको यसबर्षको डिभीमार्फत अमेरिकी सपना समाप्त भएको छ ।

डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त

१३ हजारभन्दा बढी केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा नपाउने भएका हुन् । सेप्टेम्बर ३० पछि यसबर्षको डिभी समाप्त हुने र अक्टोबर १ देखि आर्थिक बर्ष २०२५ को डिभी सुरु हुने भएकाले आज प्रकाशित भिसा बुलेटिनसँगै १३ हजारभन्दा माथि केस नम्बर हुनेहरु निराश भएका छन् । विगतका बर्षहरुमा सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो ।

मार्चमा डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या अनपेक्षित रुपमा घटेपनि अप्रिलमा यो संख्यामा उल्लेख्य प्रगति भएको थियो ।  अप्रिलमा कुल ३९९ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । मे महिनामा २९३ जना र जुन महिनामा ८६ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा प्राप्त गरेका थिए ।

डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त

डिसेम्बरदेखि डाइभर्सिटी भिसा पाउने नेपालीहरुको संख्या घट्दो क्रममा थियो । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएका थिए ।

मार्चमा यो संख्या अझ घटेर १९८ मा झरेको थियो । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए । सन् २०२२ मा डिभी भरेकाहरुले अहिले भिसा पाइरहेका हुन् । २०२३ मा भरेकाहरुले आगामी अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् ।

आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ । २०२४ को डिभी लोटरी कार्यक्रम अन्तरगत नेपाल धेरै डिभी लोटरी पार्नेमा एसियामा तेश्रो रहेको छ । २०२४ को डिभी लोटरीका लागि एसियामा सबैभन्दा धेरै इरानका ५ हजार ७७ जनाले र दोश्रोमा अफगानिस्तानका ४५३६ जनाले डिभी पारेका थिए ।

डिभी २०२५ का विजेतालाई अक्टोबरदेखि भिसा, २९५० सम्म केस नम्बर हुने नेपाली पहिलो महिना योग्य

डिभी २०२५ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२५ को पहिलो महिना नेपालीहरुलाई २९५० केस नम्बरको सिमाबन्दी लगाइएको छ ।

विगतका बर्षहरुका तुलनामा यो केस नम्बरको सिमाबन्दी नेपालीका सन्दर्भमा केही खुकुलो हो । गतबर्षको अक्टोबरमा १३ सय सम्म केस नम्बर हुने नेपालीहरुले भिसा पाउनसक्नेगरी सिमाबन्दी लगाइएको थियो भने २०२२ को अक्टोबरमा यो सिमाबन्दी १४५० रहेको थियो । २०२१ को अक्टोबरमा यो सिमाबन्दी ९ सय रहेको थियो भने २०२० को अक्टोबरमा यो सिमाबन्दी १०५० थियो ।

डिभी २०२४ का लागि उपलब्ध झण्डै ५४ हजार भिसा जारी, सेप्टेम्बर ३० पछि डिभी २०२४ समाप्त

अक्टोबर १ देखि सुरु हुने आगामी आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा परेका छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।

५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए । आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।

गत अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् । डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ ।

डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।

यदि तपाई डिभीका लागि छनौट हुनुभएन भने तपाई छनौट नहुनुभएको सुचना स्क्रीनमा देख्न सक्नुहुनेछ । यदि तपाई छनौट हुनुभएको खण्डमा त्यसपछिको प्रकृयासहितको पत्र स्क्रीनमा देख्न सक्नुहुनेछ ।

अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।

चिठ्ठा पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो । एन्ट्रेन्ट स्टेटस चेक ई– डिभीको वेबसाइटमा मे ४  देखि  सन् सेप्टेम्बर ३०, २०२५ सम्म उपलब्ध हुनेछ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School