नेपाली राष्ट्रिय क्रिकेट टिमले ट्वान्टी–२० विश्वकपअघि घरेलु मैदानमा टेस्ट राष्ट्र वेस्ट इन्डिजको ‘ए’ टोलीसँग क्रिकेट शृंखला खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ ९क्यान०ले वेस्टइन्डिज टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको हो। नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ।
वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्नेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो।
प्रकाशित: २६ चैत्र २०८० २१:४३ सोमबार