प्रकाशित मिति : कार्तिक १२, २०८१ सोमबार
पूर्व राष्ट्रपति बराक ओबामाले राजनीतिक लाभका लागि समस्या झनै बढाउने राष्ट्रपति अमेरिकालाई आवश्यक नरहेको बताउनु भएको छ ।
फिलाडेल्फियामा भएको एक चुनावी अभियानको क्रममा उहाँले भन्नुभयो:हामीलाई यस्तो राष्ट्रपति चाहिंदैन, जसले आफ्नो राजनीतिक लाभका लागि समस्या झन् बढाउँछ । हामीलाई यस्तो राष्ट्रपति चाहिन्छ, जसलाई समस्या समाधान गर्ने वास्तविक चासो छ, समस्याको फाइदा उठाउने होइन।
रिपब्लिकन उम्मेदवारले यसै वर्षको सुरुमै द्विपक्षीय बोर्डर प्रस्ताव डोनाल्ड ट्रम्पको विरोधका कारण प्रस्ताव पारित हुन सकेको थिएन । ओबामाले भन्नुभयो कि ट्रम्पको व्यवहारको लागि बहाना बनाउने मानिसहरू देखेर उनी थाकिसकेका छन् ।
उहाँले ट्रम्पलाई कर्तव्य र सम्मानमा विश्वास नगर्ने व्यक्ति भएको आरोप लगाउनु भयो । उहाँले कमला ह्यारिसको पक्षमा मतदान गर्न आव्हान गर्नुभयो ।
स्विङ राज्य पेन्सिल्भेनियाको फिलाडेल्फियामा पूर्व राष्ट्रपति ओबामाले भन्नुभयो यो चुनाव नजिक हुनु हुँदैन, यो स्पष्ट हुनु पर्छ । ओबामाले ट्रम्पको रणनीति मानिसहरूलाई विभाजित गर्ने रहेको दावी गर्नुभयो ।
ओबामाले भन्नुभयो : ह्यारिस मध्यमवर्गीय परिवारबाट आएकी हुन् र आफ्नो पढाइ खर्च जुटाउन म्याकडोनाल्ड्समा काम गर्नुभएको थियो ।