ट्रम्प प्रशासनको पहिलो भिसा बुलेटिन: परिवारमा आधारित ग्रिनकार्ड भएन टसमस, प्रतिक्षा अवधि बृद्धि



प्रकाशित मिति : माघ ३०, २०८१ बुधबार

ट्रम्प प्रशासनको पहिलो भिसा बुलेटिन: परिवारमा आधारित ग्रिनकार्ड भएन टसमस, प्रतिक्षा अवधि बृद्धि

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले मार्च महिनाको भिसा बुलेटिन सार्वजनिक गरेको छ, जसले परिवारमा आधारित ग्रिनकार्डको फाइनल एक्सन मिति र फाइलिङ मितिमा कुनै टसमस भएको छैन । यो ट्रम्प प्रशासन आएपछिको पहिलो भिसा बुलेटिन हो । फाइनल एक्सन मिति र फाइलिङ मितिमा फेरबदल नभएपछि परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षामा रहेका धेरै आवेदकहरुलाई निराश बनाएको छ। मार्चका लागि फाइलिङ र फाइनल एक्सन मितिहरू अघिल्लो महिनाका जस्तै छन्, जुन अघिल्लो बुलेटिनको कपी पेस्ट जस्तो छ।

अमेरिकामा ग्रिनकार्ड वाहका दम्पत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानको लागि सेप्टेम्बर २०२३ देखि आई १३० पिटिसन र आई ४८५ ग्रिनकार्ड आवेदनको कन्करेन्ट फाइलिङ अनुमति दिइएको छैन। आवेदकहरूले पहिले आई १३० याचिका दर्ता गर्नुपर्नेछ र प्राथमिकता मिति सक्रिय भएपछि मात्र आई ४८५ आवेदन दर्ता गर्न सक्नेछन्। यस परिवर्तनले परिवारलाई पुनः एकत्रित गर्ने आशामा रहेका परिवारहरूमा ढिलाइ र निराशा थपिएको छ।

मार्चमा अमेरिकाभित्र हुने अमेरिकी नागरिकका अविवाहित वयस्क सन्तानहरु प्राथमिकता मिति सेप्टेम्बर १, २०१७ भन्दा पहिले भएको खण्डमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न योग्य हुनेछन् । प्राथमिकता मिति जुलाई १५, २०२४ भन्दा पहिले भएका ग्रिनकार्डवाहकका दम्पत्तिहरु र २१ वर्ष भन्दा कम उमेरका अविवाहित सन्तान,
प्राथमिकता मिति जनवरी १, २०१७ भन्दा पहिले भएका ग्रिनकार्ड वाहकका अविवाहित २१ बर्षकाटेका सन्तान, प्राथमिकता मिति जुलाई २२, २०१२ भन्दा पहिले भएका अमेरिकी नागरिकका विवाहित सन्तान, प्राथमिकता मिति मार्च १, २००८ भन्दा पहिले भएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरु अमेरिकाभित्रै भएको खण्डमा मार्चमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न योग्य हुनेछन् । युएसीआइएसले मार्चमा पनि भिसा बुलेटिनको फाइलिङ मितिलाई नै ग्रिनकार्ड आवेदन फाइल गर्ने मितिका रुपमा स्वीकार गर्ने पुष्टी गरेको छ ।

ट्रम्प प्रशासनको पहिलो भिसा बुलेटिन: परिवारमा आधारित ग्रिनकार्ड भएन टसमस, प्रतिक्षा अवधि बृद्धि

अमेरिकाबाहिरका आवेदकहरूले अमेरिकी दूतावासमा आप्रवासी भिसाको अन्तर्वार्ता पाउनका लागि फाइनल एक्सन मिति कुर्नुपर्छ । जस अनुशार मार्चका लागि अमेरिकी नागरिकका अविवाहित वयस्क सन्तानको प्राथमिकता मिति नोभेम्बर २२, २०१५ भन्दा पहिले रहेको छ भने ग्रिनकार्ड वाहकका दम्पपत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानको प्राथमिकता मिति जनवरी १, २०२२ भन्दा पहिले रहेको छ ।

त्यस्तै ग्रिनकार्ड वाहकका अविवाहित वयस्क सन्तानको प्राथमिकता मिति मे २२, २०१६ भन्दा पहिले रहेको छ भने अमेरिकी नागरिकका विवाहित सन्तानको प्राथमिकता मिति जुलाई १, २०१० भन्दा पहिले रहेको छ । अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीको प्राथमिकता मिति अगस्त १, २००७ भन्दा पहिले रहेको छ ।

अहिले ग्रिनकार्ड धारकका दम्पत्ति र २१ वर्षभन्दा कम उमेरका अविवाहित सन्तानले अमेरिकी दूतावासमा भिसा पाउनका लागि ३ वर्षभन्दा बढीको प्रतिक्षा गरिरहेका छन्। अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई भिसा वा ग्रिनकार्ड प्राप्त गर्नको लागि अहिले १७ वर्ष ६ महिना प्रतिक्षा गर्नु परेको छ । अमेरिकी नागरिकका अविवाहित वयस्क सन्तानलाई ९ वर्ष ४ महिना प्रतिक्षा गर्नु परेको छ भने ग्रिनकार्ड वाहकका अविवाहित वयस्क सन्तानलाई ८ वर्ष ९ महिना प्रतिक्षा गर्नु परेको छ। अमेरिकी नागरिकका विवाहित सन्तानलाई १४ वर्ष ७ महिना प्रतिक्षा गर्नु परेको छ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School