ट्रम्पलाई गोप्य पैसा प्रकरणमा सजाय सुनाउन न्यायाधीशले ढिलाइ नगर्ने

ट्रम्पलाई गोप्य पैसा प्रकरणमा सजाय सुनाउन न्यायाधीशले ढिलाइ नगर्ने



प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

अमेरिकाको न्यूयोर्कका न्यायाधीशले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको गोप्य पैसा प्रकरणमा यसै शुक्रबार हुने सजाय सुनुवाइ ढिलाइ नगर्ने निर्णय गरेका छन् ।

न्यायाधीश हुआन मर्चनले ट्रम्पका तर्कहरू धेरै हदसम्म विगतमा बारम्बार उठाइएका तर्कहरूको पुनरावृत्ति मात्रै हुन् भन्दै फौजदारी सजाय सुनुवाइ अगाडि बढ्ने बताए।

अदालती दस्तावेजहरूमा ट्रम्पका वकिलहरूले यस राजनीतिक रूपमा प्रेरित मुद्दालाई खारेज गर्न अनुरोध गरेका थिए ।

उनका वकिलहरूले यस मामिलामा अपील अदालतसँग सुनुवाइको माग गरेका छन् ।

मे महिनामा ट्रम्पलाई ३४ वटा फौजदारी आरोपमा व्यावसायिक रेकर्डहरू गलत रुपमा प्रस्तुत गरेकोमा दोषी ठहर गरिएको थियो । जसले उनलाई अपराधमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बनाएको छ ।

जसमा १० जनवरी २०२५ मा तोकिएको सजाय सुनुवाइ पनि समावेश छ । यी आरोपहरू ट्रम्पले वयस्क फिल्म स्टारलाई १लाख३०हजार डलर पैसा गोप्य रुपमा भुक्तानी गरेको पनि समाबेस छ ।

ट्रम्पले कुनै गल्ती नगरेको बताउँदै आफूलाई निर्दोष घोषित गरिरहेका छन् । उनका वकिलहरूले अपील दर्ता गर्दा आपराधिक कारबाही रोक्नुपर्ने तर्क गरेका छन् ।

सजाय सुनुवाइलाई २०२४ को राष्ट्रपति चुनाव र राष्ट्रपतिको उन्मुक्तिको दाबीको आधारमा मुद्दा खारेज गराउने ट्रम्पको प्रयासले बारम्बार ढिलाइ भएको थियो ।

ट्रम्पलाई गोप्य पैसा प्रकरणमा सजाय सुनाउन न्यायाधीशले ढिलाइ नगर्ने

न्यायाधीश मर्चनले डिसेम्बरमा उन्मुक्ति दाबीलाई अस्वीकृत गरे ।

जनवरी ३ मा, न्यायाधीश मर्चनले २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गर्नु अघि सजाय सुनुवाइ अगाडि बढ्ने आदेश दिएका थिए ।

तर ट्रम्पलाई कुनै जेल सजाय वा जरिवाना हुने संभावना भने छैन ।

न्यायाधीश मर्चनले ट्रम्पलाई भौतिक वा भर्चुअल रूपमा सुनुवाइमा उपस्थित हुन आदेश दिएका छन् । ट्रम्पको टोलीले शुक्रबार अदालतमा उपस्थित हुने वा नहुनेबारे सार्वजनिक रूपमा केही टिप्पणी गरेको छैन ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School