ट्रम्पद्वारा ग्रीनल्यान्डमाथि अमेरिकाको नियन्त्रण हुनुपर्ने दाबी, नेटो शिखर सम्मेलनमा तनाव



प्रकाशित मिति : २३ असार २०८३, मंगलबार

ट्रम्पद्वारा ग्रीनल्यान्डमाथि अमेरिकाको नियन्त्रण हुनुपर्ने दाबी, नेटो शिखर सम्मेलनमा तनाव

टर्कीमा मंगलबार, जुलाई ७, २०२६ मा आयोजित नेटो शिखर सम्मेलनमा सहभागी हुन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले सम्मान गार्डको निरीक्षण गराउँदै।तस्बिरः एपी /एलेक्स ब्रान्डन/रासस

टर्कीमा नेटो नेताहरूको शिखर सम्मेलन चलिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ग्रीनल्यान्डमाथि डेनमार्कको नभई अमेरिकाको नियन्त्रण हुनुपर्ने बताएका छन्।

डेनमार्कको अर्ध-स्वायत्त क्षेत्रका रूपमा रहेको ग्रीनल्यान्डलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिनुपर्ने ट्रम्पको यस दाबीले वासिङ्टन र कोपेनहेगनबिच तनाव बढाएको छ। दुवै देश नेटोका संस्थापक सदस्य हुन्। यो विवादका कारण समग्र युरोपभरि नै तरङ्ग पैदा भएको छ, यद्यपि अहिले यो मुद्दा कूटनीतिक छलफलको माध्यमबाट सुल्झाउने प्रयास भइरहेको छ।

टर्कीका राष्ट्रपति तय्यप एर्दोगानसँगको बैठकका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, त्यसमाथि संयुक्त राज्य अमेरिकाको नियन्त्रण हुनुपर्छ, डेनमार्कको होइन।

ट्रम्पले ग्रीनल्यान्ड नियन्त्रणको यस मुद्दाले नेटोसँगको अमेरिकी सम्बन्धमा समेत असर पुर्‍याएको दाबी गरे।

यसले गर्दा नेटोसँगको मेरो सम्बन्धमा समस्या आएको हो, किनकि ग्रीनल्यान्डले डेनमार्कलाई कुनै फाइदा पुर्‍याइरहेको छैन। डेनमार्कले ग्रीनल्यान्डको विकासका लागि वास्तवमै पैसा खर्च गरिरहेको छैन। तर, यो अमेरिकाका लागि एउटा महत्त्वपूर्ण रणनीतिक क्षेत्र हो, ट्रम्पले थपे, अहिले यो क्षेत्र चिनियाँ र रुसी जहाजहरूद्वारा घेरिएको छ, जुन हामी हुन दिने छैनौँ। रुसबाट बच्नका लागि हामीले डेनमार्कलाई यति धेरै आर्थिक सहयोग गरिरहेका छौँ, तैपनि उनीहरू हाम्रो प्रस्तावमा सहमत भएनन्।

यसैबिच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत जुन महिनामा डेनमार्क र ग्रीनल्यान्डसँग यस विषयमा प्रत्येक महिना संवाद भइरहेको जानकारी दिएका थिए।





Source link

Leave a Comment