प्रकाशित मिति : माघ ७, २०८१ सोमबार

राष्ट्रपति डोनाल्ड ट्रम्पका परराष्ट्रमन्त्रीमा मार्को रुबियोको नाम सिनेटबाट सर्वसम्मतिले अनुमोदन भएको छ । सिनेटले सोमबार मार्को रुबियोलाई ट्रम्पको विदेशमन्त्रीमा नियुक्तीका लागि अनुमोदन गरेको हो । नयाँ प्रशासनको लागि पहिलो उच्च स्तरीय क्याबिनेट अधिकारी चेम्बरले अनुमोदन गरेको हो ।
ट्रम्पले राष्ट्रपतिको रूपमा सपथ लिएको केही घण्टापछि मतदान भएको थियो। ९९ जनाले मनोनयनको पक्षमा मतदान गरेका थिए । कुनै पनि सिनेटरले मनोनयनको बिरूद्ध मतदान गरेनन्। रुबियोको मनोनयनले सिनेटमा डेमोक्र्याटहरूबाट बलियो समर्थन प्राप्त गरेको छ । धेरैले आफ्नो सहकर्मीलाई भूमिकाको लागि उच्च योग्य बताएका छन् । रुबियोले आफ्नो नाम सर्वसम्मतले मनोनयन हुनु आफ्ना लागि ठूलो सम्मान रहेको बताएका छन् ।
सन् २०११ देखि फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोले परराष्ट्र नीति सम्बन्धी चासो राख्दै आएका छन् । उनले चीन, इरान, भेनेजुएला, र क्युबाबारे कडा दृष्टिकोण लिएका छन्। उनी सुरुमा परराष्ट्र नीतिमा केही रिपब्लिकनहरूको विपक्षमा थिए, तर पछि युक्रेनमा रुसको युद्धलाई स्थिरताको अवस्थामा पुगेको र यसको समाधान आवश्यक भएको टिप्पणी गरेर ट्रम्पसँग मिल्दोजुल्दो धारणा व्यक्त गरेका थिए ।
रुसका लागि कडा टिप्पणी गर्ने रुबियोले ट्रम्पको अपेक्षा अनुशार युक्रेनलाई रुससँग मिलेर सम्झौतामा आउन र नेटो बाहिर रहन दबाब दिन सक्ने सम्भावना छ। यद्यपि युक्रेन वा रुसका नेताहरूले ट्रम्पको आग्रहलाई स्वीकार्ने कुरामा अझै अन्योल छ।
रुबियोले चीनप्रति अमेरिकालाई थप आक्रामक बनाउनु पर्ने कुरा जोड दिदै आएका छन्। उनले संसदमा रहेको बेला चीनको राज्य निर्देशित अर्थतन्त्रसँग प्रतिस्पर्धा गर्न मद्दत पुर्याउने औद्योगिक नीतिको वकालत गरेका थिए, जुन पछि मुलधारमा परिणत भएको थियो। २०२० मा उनले चीनको जबरजस्ती श्रम प्रयोग गरिएका सामानहरू रोक्न कानून पारित गराउन सहयोग गरेका थिए। राष्ट्रपति बाइडेनले उक्त कानूनलाई लागू गरेका थिए।
२०१९ मा रुबियोले भेनेजुएलामा निकोलस मदुरोको सत्तालाई हटाउन ट्रम्पलाई कडा प्रतिबन्ध नीतिमा सहमत गराएका थिए। उनले उक्त युद्ध जित्न नसक्ने बताउँदै मदुरोको गम्भीर आलोचना गरेका थिए। यद्यपि भेनेजुएलामा अमेरिकी प्रतिबन्धहरूको कारण जनताले कष्ट भोग्दै आएका छन् भने मदुरो अझै सत्तामा छन्।
रुबियोले इजरायलको गाजामा जारी युद्धप्रति अमेरिकी समर्थन व्यक्त गरेका थिए । उनलाई धेरै प्यालेस्टिनी नागरिकहरूको मृत्युबारे प्रश्न गर्दा, उनले हमास नै १०० प्रतिशत जिम्मेवार भएको बताएका थिए ।
रुबियोले सिनेटको परराष्ट्र सम्बन्ध र गुप्तचर समितिमा पार्टीको सिमाना काटेर काम गरेका छन् । अब उनले चीनलाई प्राथमिकता दिनका लागि विश्वका अन्य ठाउँहरूमा अमेरिकी हस्तक्षेप त्याग्नेबारे मुख्य प्रश्न उठ्न सक्छ। यो दृष्टिकोण ट्रम्पको अमेरिका फस्ट विचारसँग मेल खाए पनि उनको पहिलाको दृष्टिकोणसँग बाझ्न सक्छ।
रुबियो २०१६ को राष्ट्रपतीय चुनावको दौरान ट्रम्प प्रति वफादार रहेका थिए । जहाँ उनलाई उपराष्ट्रपति चयन नगरे पनि उनी ट्रम्पको समर्थनमा रहिरहे। रुबियो २०१० मा टि पार्टीको नयाँ पुस्ताका नेताको रूपमा सिनेटमा निर्वाचित भएका थिए। तर आप्रवासन सम्बन्धी मामिलामा केही रूढिवादीहरूले उनलाई ढुलमुल मान्थे, जसले २०१६ मा राष्ट्रपतिको चुनावमा ट्रम्पसँग प्रतिस्पर्धा गर्दा उनलाई चुनौती दिएका थिए ।
यो अभियानमा ट्रम्पले उनलाई लिटिल मार्को भन्दै व्यंग्य गरेका थिए । रुबियोले पनि यसको जवाफ दिएका थिए। तर २०१६ मा ट्रम्पको जितपछि रुबियोले उनलाई सघाएका थिए । ट्रम्पको पहिलो बाइडेनसँगको बहसको तयारीमा पनि उनले सहयोग गरेका थिए।