टुटफुटमा रमाउँदै कम्युनिस्ट नेताहरू : RajdhaniDaily.com


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवस मंगलबार देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको झन्डै आठ दशक पुग्नै लाग्दा कम्युनिस्ट पार्टीको एकता र टुटफुटको शृंखला पनि उस्तै छ ।

यसबीचमा कम्युनिस्ट पार्टीहरू जुट्ने र फुट्नेमा मात्रै रमाए । यो अवधिमा दुईतिहाइ बहुमतसहितको शक्तिशाली सरकार गठनदेखि एकअर्काविरुद्ध लाग्ने काम पनि भयो । नेपालमा कम्युनिस्ट आन्दोलनको ठूलो उपलब्धिको जगेर्ना गर्ने काममा भने नेताहरू चुकेका छन् ।

दुईतिहाइ बहुमतको शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिस्ट पार्टीले थुप्रै टुटफुट र एकताको शृंखला पार गर्नुपरेको छ । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रूपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

सिद्धान्ततः माक्र्सवाद र लेनिनवादमा विश्वास गर्ने भए पनि सुरुमा एउटै नाममा रहेको कम्युनिस्ट पार्टीमा समयक्रममा मतभेदसँगै अनेक विभाजन आए । नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशीको पहलमा २२ अप्रिल अर्थात् २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १५ सेप्टेम्बर १९४९ मा पहिलो घोषणापत्र जारी गरिएको थियो ।

‘पहाड, पर्वत, खोलानाला जग्गाजमिन सबको, मालिक हामी दास बनौं किन ? हिस्सा सबमा सबको’ भन्ने उद्घोषका साथ पहिलो घोषणापत्रले लोकजनवादी नेपालको निर्माण ग¥यो । पार्टीले सामन्तवाद, साम्राज्यवादविरोधी नेपाली क्रान्तिको दिशा अवलम्बन गरेको थियो । कम्युनिस्ट पार्टी स्थापनाको ४ वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । त्यस महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए ।

दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव भए । तर, सुरुदेखि रायमाझी दरबार निकट रहेकाले २०१७ सालमा पहिलोपटक पार्टी विभाजन भयो । १ पुस २०१७ सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले शासन सत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई कारावास पठाएको घटनालार्ई केशरजंग रायमाझीले स्वागत गरेका थिए ।

पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी रायमाझीको विपक्षमा उभिए, पार्टी विभाजनको रेखा त्यहीँबाट कोरियो । समयक्रममा पूर्व मेची कोशी प्रान्तीय कमिटी पनि बन्यो तर अर्कोतिर रायमाझी समूह तयार भयो । त्यसपछि २०२५ सालमा पार्टी पुनः विभाजनमा प¥यो ।

२०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस गरी दुइटा समूह बने । एउटाको नेतृत्व सीपी मैनाली र अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गरे । २०३८ सालमा रायमाझी समूह पनि विभाजन भयो । २०२८ सालतिर केपी शर्मा ओली झापाली समूहको सक्रिय युवानेता थिए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतिबेलाका कुनै धारमा नभए पनि पुष्पलालसँग राम्रो सम्बन्ध बनाएका थिए । तर, उनी पुष्पलालसँग बसेनन् । उनी मोहनविक्रम सिंहसँग रहेर काम गरे ।

यता, झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल को–अर्डिनेसन कमिटी बनायो । यही समूह मिलेर २०३५ मा सीपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो । २०३६ सालमा मनमोहन अधिकारीले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी जनमतसंग्रहमा बहुमतको पक्षमा लाग्यो । तर, त्यतिबेला गठन भएको मालेले जनमतसंग्रह बहिष्कार ग¥यो । पुष्पलालको निधनपछि उनको समूहलाई सम्हाल्दै आएका बलराम उपाध्याय र साहना प्रधानले २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बनाए ।

२०४६ सालको जनआन्दोलनमा मनमोहन सिंह नेतृत्वको पार्टी र सीपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाममोर्चा गठन गरेको थियो । जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि नेकपा माक्र्सवादी र नेकपा मालेबीच एकता कायम भयो । एकतापछि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एमाले) बन्यो र त्यसको महासचिवमा मदन भण्डारी निर्वाचित भए ।

३ जेठ २०५० मा मदन भण्डारीको निधन भएपछि माधवकुमार नेपाल महासचिव बने । महाकाली सन्धिलाई लिएर पार्टीमा विवाद हुँदा वामदेव गौतमले २०५४ सालमा पार्टी फुटाएर सीपी मैनालीसँग मिलेर माले गठन गरे । पछि वामदेव गौतम एमालेमै फर्किए । जनमतसंग्रहमै २०३६ मा मोहनविक्रम सिंहको चौथो महाधिवेशन पनि विभाजित भयो । त्यसबाट निर्मल लामा निस्केर नेकपा (चौम) गठन गरे ।

मोहनविक्रम सिंहको साथमा रहेका ‘प्रचण्ड’ सक्रिय नेता थिए । त्यसक्रममा २०४१ सालको पाँचौं महाधिवेशनबाट मोहन वैद्य (किरण) महामन्त्री भए । पछि सो पार्टीबाट फेरि मोहनविक्रम सिंह अलग भए । मोहन वैद्यले नेकपा ‘मशाल’ बनाए र मोहनविक्रमले ‘मसाल’ बनाए । प्रहरी बुथ आक्रमण गर्ने सेक्टर घटनापछि वैद्य नेतृत्वमा रहेनन् ।

२०४५ सालमा नेकपा मशालले प्रचण्डलाई महामन्त्री बनायो । पञ्चायतको अन्त्य र बहुदलको पुनःस्थापनपछि प्रचण्ड नेतृत्वको पार्टी नेकपा मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाउने निर्णय ग¥यो ।

एकताको दुई वर्ष नबित्दै सशस्त्र युद्धको विषयलाई लिएर सो पार्टीमा मतभेद सुरु भएको थियो । त्यही मतभेदका कारण २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेललगायतले नेकपा (एकता केन्द्र) गठन गरे । पछि प्रचण्ड पार्टीको नामसँग माओवादी जोडेर सशस्त्र आन्दोलनको घोषणा गरे । ‘जनयुद्ध’ चलिरहेकै बेला २०५९ सालमा मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्रबीच एकता भयो ।

तर, त्यो पार्टी धेरै दिनसम्म एकसाथ रहन सकेन । २०६३ सालमा फेरि विभाजित भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठको समूहले त्यसैसँग एकीकरण ग¥यो भने चित्रबहादुर केसी, साध्यबाहदुर भण्डारी, सीपी मैनाली, मोहनविक्रम सिंह अलगअलग पार्टी बनाएर नेतृत्व गरे । पछि संसदीय व्यवस्थालाई लिएर माओवादीबाट मोहन वैद्य अलग भए । ३ जेठ २०७५ मा दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भयो । एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । तर, यो नेकपा पनि अदालतको निर्णयसँगै ३ वर्षपछि पुनः एमाले र माओवादी ब्युँत्यायो ।

नेकपा बन्नेक्रममा विश्वभक्त दुलाल (आहुति), गोपाल किराँती अलग भए । २०४७ सालपछि सबभन्दा बलियो सरकारको रूपमा गठन भएको नेकपाको सरकारलाई वास्तविक कम्युनिस्ट सरकार नभएको भन्दै परम्परागत अवधारणालाई पछ्याइरहेका केही समूह अझै पनि छुट्टै कम्युनिस्ट पार्टीको रूपमा क्रियाशील छन् । नेकपाका नेताहरूले एउटै कम्युनिस्ट पार्टी बन्नुको विकल्प नरहेको बताउँदै उनीहरूलाई पनि बदलिँदो परिस्थितिअनुसार नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउने गरी मूलधारमा एकीकृत हुन आग्रह गरिरहेका छन् ।

जनमतको हिसाबले अहिले पनि देशको धेरै मानिस कम्युनिस्ट पार्टीप्रति आस्थावान् छन् । तर, को वास्तविक कम्युनिस्ट, को नक्कली कम्युनिस्ट भन्ने पुरानो आरोप–प्रत्यारोप अहिले पनि विभिन्न टुक्रामा विभाजित कम्युनिस्टहरूबीच जारी नै रहेको छ ।

मंगलबार एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दर्जनौं कम्युनिस्ट पार्टीले स्थापना दिवस भव्य रूपमा मनाउँदै कम्युनिस्ट पार्टीहरूका बीचमा एकताको आवश्यकता औंल्याएका छन् । कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवस मनाउँदै गर्दा कम्युनिस्ट नेताहरू विचार, सिद्धान्त, रणनीति र कार्यनीतिभन्दा आफ्नो स्वार्थमा लाग्दा कम्युनिस्ट आन्दोलन नै कमजोर बन्दै गएको छ ।

कम्युनिस्ट पार्टीका नेताहरूको रहनसहन उठबस र विचारधाराका आधारमा किन यति धेरै विचलन भनेर प्रश्न ग¥यो भने, अहिले यहाँ को कम्युनिस्ट छ र भनेर उल्टै प्रतिप्रश्न गर्दै गल्ती ढाकछोप गर्ने प्रयास पनि हुने गरेको छ ।

२०७४ सालको संसदीय चुनावमा कम्युनिस्टका मुख्य ठूला दल एमाले र माओवादी केन्द्रले अप्रत्याशित एकता गरेर दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी बनाए । झन्डै दुईतिहाइको जनमत प्राप्त गरी स्थिर सरकार बनाए । तर, त्यो टिकाउन सकेनन् । नेताहरूको व्यक्तिगत स्वार्थ र टकराबले साढे ३ वर्षमै अलगअलग भए ।

नाम कम्युनिस्ट नभई नहुने तर व्यवहारमा कम्युनिस्ट बन्नै नचाहने, वामपन्थी विचारधारा भनेर सामूहिकताको कुरा गर्ने तर व्यवहारमा मिलेर बस्नै नसक्ने, सर्वहाराको राज्यसत्ता भनेर वकालत गर्ने तर व्यवहारमा दलाल पुँजीवाद र बिचौलियाको एजेन्ट बनेर हिँड्ने नेताहरूको दोहोरो चरित्रकै कारण कम्युनिस्ट आन्दोलन बदनाम भएको छ भने जनमतको समेत ख्याल नगरी नेतृत्व फुटमा रमाइरहेको छ । आफ्नै स्वार्थ र व्यवहारले टुटफुटमा रमाउँदै आएका ती नेताहरूले पार्टी फुटको आरोप भने विदेशीलाई लगाउँदै आएका छन् ।

(Visited 10 times, 1 visits today)





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School