कसैको अस्वाभाविक एवं अप्रत्याशित मृत्यु अहिले राजनीतिक खिचातानीको विषय बन्ने गर्दछ । लासमा राजनीति गर्ने प्रवृत्तिले समान्यतया मृतक सम्बद्ध परिवारका सदस्यहरूबीचको पारस्परिक सम्बन्धको अवस्था उजागर गर्ने भए पनि यसलाई प्रतिशोधको रूपमा हेर्ने गरिन्छ । प्रायःगरी विवाहित महिलाको झुन्डिएर हुने मृत्यु बढी विवादास्पद बन्छ । यस्तो मृत्यु कहिलेकाहीँ माइती र घर दुई पक्षकै परिवारको प्रतिष्ठा प्रतिस्पर्धाको विषय बनेको देखिन्छ । झुन्डिएको लासमध्ये अत्यन्त न्यून मात्रै कर्तव्यबाट भएको पाइएको छ भने अधिकांश त व्यक्ति आफैं झुन्डिएको हुन्छ । सितिमिति कुनै पनि व्यक्तिले सामान्य अवस्थामा आत्महत्या गर्दैन ।
आफैं झुन्डिएर मृत्यु भएको भए पनि त्यसको कारकतत्व मानिने घटना सम्बद्ध पृष्ठभूमि वा पूर्वाधार सबै घटनामा हुन्छन् । यो पाटो विशेषगरी अनुसन्धानकर्ताले नै उजागर गर्नुपर्ने भए पनि छरछिमेकी, साथीसंगति, नातागोता र स्थानीय समाजले पनि यस’boutको संकेत वा जानकारी पाएका हुन सक्छन् । आत्महत्या र कर्तव्य छुट्याउन मद्दत गर्ने पूर्वपृष्ठभूमिका जानकार व्यक्तिहरूले आफूले बुझेको र थाहा पाएको कुरा अनुसन्धान अधिकृत वा प्रहरीलाई जानकारी गराउने दायित्वबाट पन्छनु हुँदैन । प्रायगरी मानसिक तनाव, कार्य असफलता, दीर्घरोग, दुव्र्यसन, शारीरिक अशक्तता, अनैतिक सम्बन्धको दुष्परिणाम एवं बेरोजगारीको कारणबाट निम्तने पारिवारिक समस्या आत्महत्याको कारण बनेको पाइन्छ । यसरी हुने आत्महत्याका घटनामध्ये सबैभन्दा बढी ८३ प्रतिशत आत्महत्या झुन्डिएर हुने गरेको पछिल्लो प्रहरीको तथ्यांकले देखाएको छ । यसलाई अझै खण्डीकृत गरी हेर्ने हो भने झुन्डिएर हुने आत्महत्यामध्ये पनि ७१ प्रतिशतले घरभित्र, १२ प्रतिशतले घरबाहिरको खुला एकान्त स्थानमा झुन्डिएर आत्महत्या गरेको देखिन्छ । झुन्डिएर हुने आत्महत्या पनि अक्सर गरी २५ देखि ३५ वर्षसम्मको उमेरभित्रका युवायुवतीबाट भएको पाइएको छ । त्यो उमेरका व्यक्तिहरू आत्महत्यातर्फ उन्मुख बन्ने कारण पनि अत्यधिक मात्रामा प्रेम वियोग, पारिवारिक खटपट, श्रीमान्श्रीमतीबीच विविध कारणबाट उत्पन्न हुने असमझदारी, एक अर्काप्रतिको विश्वासमा आएको ह्रास तथा व्यक्तिविशेषको चारित्रिक कमजोरी प्रमुख कारण बनेको देखिन्छ ।
स्वाभाविक होस् वा अस्वाभाविक मृत्यु कसैका लागि पनि सह्य हुँदैन । रोगव्याधिको कारण वा कालगतिले हुने मृत्युलाई क्रमशः बिर्सने प्रयास गर्नु बाध्यता हो भने आकस्मिक रूपमा हुन जाने अस्वाभाविक मृत्युलाई मृतकका पुस्तौंपछिका पिँढीहरूले समेत बिर्सन सक्तैनन् । अस्वाभाविक मृत्युको पछि लागिरहने तथा न्यायको ढोका ढकढक्याउने अवस्था पनि कहिलेकाहीँ समाजमा सिर्जना हुन सक्छ । अस्वाभाविक मृत्यु भन्नाले कर्तव्य एवम् आत्महत्याबाट हुने सबै प्रकारका मृत्युलाई जनाउँछ ।
अप्रत्याशित रूपमा हुने मृत्युमध्ये झुन्डिएर हुने आत्महत्या अरूको तुलनामा समाजमा बढी हुने गर्दछ । आत्महत्याको घटनाले समाजमा बढी मात्रामा चर्चा पाउँदै आएको छ । मृतक स्वयम्ले आत्महत्या गरेको भए पनि वैचारिक आस्था, प्रतिशोध, आपसी खिचातानी, प्रलोभनको भरमा आत्महत्याको घटनालाई कर्तव्यमा परिणत गर्ने दुष्प्रयास हुने गर्दछ । समाजको अस्वस्थ प्रतिस्पर्धाले पछिल्लो समयमा आत्महत्याको घटनाले बढी चर्चा पाउन थालेको सर्वविदितै छ । दबाब र प्रयासले वास्तविकतालाई बंग्याउन नसके पनि भ्रमित वातावरण उत्पन्न गर्न सक्छ, जसले परस्परको विश्वासमा ह्रास ल्याउँछ । साथै घटनालाई शंकास्पद बनाउने भएकाले सामाजिक वातावरण नै प्रतिकूल बन्न पुगेमा निर्दोष व्यक्तिले पनि फस्नुपर्ने, अनावश्यक झन्झटमा पर्ने अवस्था आउन पुग्छ । वास्तवमा यो प्रवृत्ति अत्यन्त निन्दनीय हो ।
झुन्डिएको लास आत्महत्याबाटै भएको हो वा कर्तव्य गरी मारेपछि झुन्ड्याइएको वा जबरजस्ती जिउँदै झुन्ड्याएर मारेको हो ? भन्ने कुरा प्रहरीले मात्र होइन लास देख्ने सर्वसाधारण नागरिकले समेत सजिलैसँग छुट्याउन सक्छन् । मृतक झुन्डिएरै मरेको हो भन्ने कुरा पुष्टि गर्ने अदृश्य र दृश्य दुई आधार हुन्छन् । लासलाई झट्ट हेर्दा टाउकोदेखि पैतालासम्मको भागमा देखिने प्रकृतिको आधारमा मृतक आफैं झुन्डिएर मरेको हो वा मारेपछि झुन्ड्याएको हो भन्ने कुरा छुट्टिन सक्छ । यस्ता आधारहरू दृश्य हुन् । जसलाई सबैले देख्न र अनुभूति गर्न सक्छन् । तर, आत्महत्याको अदृश्य आधार पत्ता लगाउन अनुसन्धान नै गर्नुपर्दछ । सजिलैसँग यस्तो आधारका ’boutमा पहिचान गर्न सकिँदैन ।
लासको विवादास्पद अवस्था स्पष्ट पार्ने मुख्य आधार नै लास प्रकृति मुचुल्का र पोस्टमार्टम रिपोर्ट हुन् । आत्महत्याको कारक प्रेम वियोग, पारिवारिक खटपट, श्रीमान्श्रीमतीबीच बेमेल, असमझदारी र विश्वासमा आएको ह्रास बन्दछन्
व्यक्ति आफैं झुन्डिएर मरेको हो भन्ने कुरा पुष्टि हुने दृश्य आधारका ’boutमा सर्वसाधारणले जानकारी राख्न सके आत्महत्याको घटना कर्तव्य भनी निस्कने आवाजमा स्वतः कमी आउन सक्छ तर हाम्रो समाजमा यो कुरोलाई गहिरिएर अवलोकन गर्ने परिपाटी बसिसकेको छैन । आफैं झुन्डिएर मरेको आत्महत्याको केसमा लासमा निम्न लक्षणहरू पाउन सकिन्छ जसले मृतक आफैंले आत्महत्या गरेको हो भन्ने कुरा पुष्टि गर्दछ । लासमा यस्ता लक्षणहरू छन्–छैनन् ? लासको प्रकृति मुचुल्का गर्दा नै सर्वसाधारण सबैले लास अवलोकन गरी मुचुल्कामा विवरण खुलाई लेखाउनुपर्दछ । यसो गरिएमा अर्काको बहकाउमा बहकिने अवस्था आउँदैन ।
आफैं झुन्डिएर मरेको लासमा हुने लक्षण :
लासको मुखबाट ¥याल चुहिएको हुन्छ । डोरी वा पासोको डाम लागेको भाग कडा हुन्छ । डोरी वा पासोको गाँठो प्रायःगरी टाउको लट्केको वा ढल्केको विपरीत दिशामा कानमुनि हुन्छ । झुन्डी मरेको लासको घाँटीमा भएको पासोको डाम गोलाकार हुँदैन, अर्धगोलो वा भी आकारको हुन्छ । गर्धनको भाग तन्केको हुन्छ साथै गर्धनको हड्डी भाँचिएको हुन सक्छ । नाक, मुख, गुदद्वार वा इन्द्रियको प्वालबाट रगत, ¥याल, लसादार पानी, मल, वीर्य निस्केको हुन्छ । जिब्रो बाहिर निस्केको वा ओठले च्यापेको हुन्छ । आँखा पहेँलो र मुख खुलेको हुन्छ । आँखाको गेडी साविकको
आफ्नो ठाउँबाट केही मात्रामा बाहिर निस्केको हुन्छ । ओठ फुस्रो हुनुको साथै आँखा खुलेको र आँखाको नानी फैलिएको हुन्छ । हात मुठी पारेको वा अर्धमुठी परेको हुन्छ । झुन्डी मरेको लासमा पोस्टमार्टम स्टेन (निलीमा) खुट्टामा, हातमा र अनुहारमा हुन्छ ।
त्यसैगरी घाँटीको हाड भाँचिएको वा जोर्नी खुस्किएर मृत्यु भएको भए घाँटी लुलो भई टाउको दाहिने बायाँ हल्लाउँदा सजिलैसँग हल्लन्छ । कहिलेकाहीँ झुन्डिएकै बेला शरीरको बोझले घाँटीमा दुईवटा डाम पनि पर्न सक्छ । यस्तो हुनुको कारण बोझले गर्दा डोरी सरेर हो । यस्तो अवस्थामा डोरीको गाँठोको अवस्था राम्रो हेर्नुपर्दछ । पासोमा प्रयोग गरेको डोरी खस्रो भए डोरीले बनाएको डाममा हल्का रगत देखिन सक्छ । यो हुनुको कारण शरीरको बोझले डोरीको भागसँग घर्षण गर्दा चिटचिट रगत आउन सक्छ । अनुहार पहेँलो र मुख खुलेको हुन्छ । पासो लागिसकेपछि पनि होस भएसम्म व्यक्तिले बाँच्ने प्रयास गर्ने भएकाले झुन्डिएको ठाउँनजिक हात खुट्टाले भेट्ने स्थानमा भित्ता पर्खाल वा रूखको फेद पर्न सक्ने भए छटपटिँदा हातखुट्टामा ठक्कर लागेको चोट, नीलो परेको, कोरिएको धर्सा हुन सक्छ ।
कहिलेकाहीँ जमिनको सतहमै उभिएरै वा कोठाभित्रको सतहमा उभिएरै सजिलैसँग भेट्न सकिने झ्याल, ग्रिल वा अन्य भागमा पासो बाँधी घाँटीमा कसेर उभिएकै स्थानबाटै झट्काको साथ शरीर छोडिदिँदा पनि मानिसको मृत्यु हुन सक्छ । यस्तो अवस्थामा अधिकांश लक्षणहरू आत्महत्याकै पाइन्छन् तर लासले घुँडा टेकेको वा खुट्टाले भुइँ छोएकै अवस्थामा हुने भएकाले प्रायः गरी यस्तो अवस्थामा पाइएको लास विवादास्पद बन्न पुग्छ । झट्ट हेर्दा नपत्याउने भए पनि यस्तो घटना आत्महत्या नै हुन सक्छ । कर्तव्य गरी मारेपछि झुन्ड्याइएको लासमा घाउ, चोट, नीलडाम तथा संघर्षका चिह्नहरू हुन्छन् । अर्काले मार्न खोज्दा प्रतिरक्षाको प्रयासै नगरी कोही पनि चुप लागेर बसिरहँदैन, अवश्य नै प्रतिरक्षाको प्रयास गर्छन् । यस क्रममा पीडितका सबै प्रयासहरू असफल बनेपछि मात्र आक्रमणकारीले पीडितलाई मार्न सक्छ । मार्ने क्रममा प्रयोग गरेको हातहतियार, औजार, लाठी तथा अन्य चीजवस्तुको नीलडाम, काटिएको घाउ, चोट, रोपिएको प्वाल, अँठ्याएको चिह्न केही नकेही लासमा हुन सक्छ । यसैको आधारबाट कर्तव्य गरी मारेपछि मृतकलाई झुन्ड्याइएको हो भन्ने कुरा पुष्टि हुन्छ ।
मृतक आफैं झुन्डिएर मरेको हो भन्ने कुरो पुष्टि हुने पर्याप्त आधार भएका कतिपय घटना विवादास्पद बनाइने क्रम बढेर आएको छ । यस्तो विवादास्पद अवस्थालाई स्पष्ट पार्ने मुख्य आधार नै लास प्रकृति मुचुल्का र पोसटमार्टम रिपोर्ट हो । पछिल्लो समयमा दबाबको भरमा विशेषज्ञले गरेको शव परीक्षण (पोस्टमार्टम) कार्यलाई समेत दोहो¥याएर गर्न थालिएको छ । वास्तवमा, दोहो¥याएर मात्र होइन, सुप्रसिद्ध विदेशी विशेषज्ञ झिकाई हजारौं पटक एउटै लाशको पोस्टमार्टम गरिए पनि वास्तविकतामा कुनै परिवर्तन हुँदैन । व्यक्तिको इच्छाअनुकूल वैज्ञानिक तथ्यमा कहिल्यै परिवर्तन हुन सक्दैन भन्ने कुरा आफूलाई मानवअधिकारवादी भनी चिनाउने विज्ञ एवम् राजनीतिक नेतृत्वसमेतले बुझेर पनि बुझ पचाएर बुझ पचाउँदा समस्या उत्पन्न हुन्छ । लास प्रकृति मुचुल्का भनेकै लास देख्ने–हेर्ने व्यक्तिले गरिदिएको मुचुल्का हो । यो मुचुल्का तयार पार्दा प्रहरी केवल कारिन्दा मात्र बनेको हुन्छ । यसर्थ सर्वसाधारण नागरिकहरूले लास जाँच गर्नु घटनास्थलमा प्रहरी टोली आएकै बेला लासको अवस्था कस्तो थियो ? भएको, देखिएको सम्पूर्ण लासको विवरण मुचुल्कामा स्पष्ट रूपमा खुलाइएको छ–छैन ? भनी केलाएर हेरी लास प्रकृति मुचुल्कामा सही गरिदिनुपर्दछ । आमनागरिकहरू नै यसरी सचेत भएमा पूर्वाग्रह र रिसइबीकै भरमा फँसाउने दुष्प्रयासमा कमी आउँछ । निर्दोषले झन्झटमा फँस्नु पर्दैन साथै दोषी पनि उम्कन सक्दैन । यसतर्फ हामी सबैले विचार पु-याऊँ ।
(Visited 1 times, 1 visits today)