झण्डै ५० हजार मारिएपछि गाजा युद्धविराम सम्झौता आइतबारदेखि लागू



प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

गाजा युद्धविराम सम्झौता आज आइतबारदेखि लागू भएको छ । अक्टोबर ७ , २०२३ मा हमासले इजरायलमाथी आक्रमण गरेपछि गाजामा इजरायलले आक्रमण सुरु गरेको थियो ।

सम्झौता अनुसार आउँदो केही साताहरूमा ३३ जना बन्धकहरू हमासबाट रिहा गरिनेछन् । १ हजार ८९० जना प्यालेस्टिनी कैदीहरू इजरायलले मुक्त गर्नेछ ।

सम्झौताअनुसार, इजरायलले गाजाबाट आफ्ना सेना पनि फिर्ता ल्याउन सुरु गर्नेछ ।

पहिलो बन्धकहरू कहाँ हस्तान्तरण गरिनेछ भन्ने स्पष्ट छैन। तर, इजरायली सेनाका एक वरिष्ठ अधिकारीले भनेका छन् कि गाजाको उत्तर, केन्द्र, र दक्षिणमा तीनवटा बन्धक स्वागत बिन्दु तयार पारिएका छन् ।

पहिलो चरणपछि, दोस्रो चरणको युद्धविराम वार्ता सुरु हुनेछ, जसले युद्धको स्थायी अन्त्य सुनिश्चित गर्ने लक्ष्य राखेको छ । तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण र सम्भावित रूपमा बाँकी रहेका बन्धकहरूको शव फिर्ता ल्याउने प्रक्रिया हुनेछ ।

हमासले गरेको आक्रमणमा करिब १ हजार २०० मानिसको मृत्यु भएको थियो । २५१ जनालाई हमासले बन्धक बनाइएको थियो ।

गाजाको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म गाजामा ४६ हजार ८९९ मानिस मारिएका छन् ।

२.३ मिलियन जनसङ्ख्याको अधिकांश विस्थापित भएका छन् । गाजामा विनाको अबस्था भयावह छ । खाद्य पदार्थ, इन्धन, औषधि, र आश्रयको तीव्र अभाव छ ।

झण्डै ५० हजार मारिएपछि गाजा युद्धविराम सम्झौता आइतबारदेखि लागू

हमाससँगको युद्धविरामको दोस्रो चरणको वार्ता असफल भए इजरायल फेरि युद्ध सुरु गर्न तयार रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले चेतावनी दिएका छन् ।

युद्धविराम लागू हुनु केही घण्टा अघि टेलिभिजन सम्बोधन गर्दै नेतान्याहुले यो युद्धविराम ‘अस्थायी’रहेको र इजरायलले गाजा क्षेत्रमा हमला पुनः सुरु गर्ने अधिकार सुरक्षित राखेको बताए ।

यसबारे अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत समर्थन गरेको उनले जनाएका छन् ।

शनिबार बेलुकी तेल अविवमा हजारौं प्रदर्शनकारीहरूले सरकारलाई सम्झौताको पहिलो चरणको पालना गर्न र थप बन्धकहरूको रिहाइ सुनिश्चित गर्न माग गरे।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School